सुनीता तुलाधर, काठमाण्डौं, मंसिर १८
लुम्बिनी नेप्लिज् बुद्धधर्म सोसाइटी, युके र युवक बौद्ध समूह काठमाण्डौले संयुक्त रुपमा आयोजना गरेको ‘मानसिक स्वास्थ्यको लागि बुद्ध शिक्षा’ विषयक निबन्ध प्रतियोगिताका विजयीहरुलाई शनिवार काठमाण्डौको भृकुटीमण्डपस्थित बुद्ध विहारमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा पुष्प रत्न तुलाधर प्रथम हुनुभयो भने दोश्रो दीना कंसाकार, तेश्रो जमुना गोसाईं र सरोज कुमार बज्राचार्यले सान्त्वना पुरस्कार जित्नु भएको थियो ।
कार्यक्रममा बुद्ध विहारका विहार प्रमुख भिक्षु कोण्डन्य महास्थविरले विजयी सबै प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । साथै सोसाईटीका उपाध्यक्ष अमृत रत्न स्थापितले विजयीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
सो अवसरमा भिक्षु कोण्डन्य महास्थविरले बुद्ध शिक्षालाई “जीवन जिउने कला”का रुपमा हामीले दैनिक जीवन सफलतापूर्वक, सुखी भई अघि बढाउन महत्वपूर्ण हुने बताउनुहुँदै मानसिक स्वास्थ्य वा मानसिक विकास वा मानसिक संस्कार जुनसुकै अवधारणामा काम गरेतापनि हामीले मनलाई सम्हालेर कसरी अघि बढ्ने, मनलाई कसरी नियन्त्रणमा राखी अघि बढ्ने आदि कुराहरुलाई प्रतियोगीहरुले आ–आफ्ना निवन्धमा राम्ररी नै प्रस्तुत गरेको बताउनुभयो ।
निर्णायक मण्डलका सदस्य अमिता धाख्वाले कसरी प्रतियोगीतामा सम्मिलित निवन्धहरुको मूल्यांकन गरियो भन्ने विषयमा प्रकाश पार्नुहुँदै केही अंकले मात्रै प्रथम दुतिय भएको उल्लेख गर्नुभयो । कार्यक्रममा निर्णायक मण्डल लगायत विजयी प्रतियोगीहरुले पनि आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।
Tag: भगवान बुद्ध
-
बाैद्ध निबन्ध प्रतियोगितामा पुष्प रत्न प्रथम
-
२५६६ औं बुद्ध जयन्ती विविध कार्यक्रमका साथ देशभर भव्य रूपमा मनाईंदै
भगवान बुद्ध महापरिनिर्वाण हुनुभएको २५६६ वर्ष पुगेको अवसरमा विश्वभर विभिन्न कार्यक्रम भइरहँदा नेपालमा पनि विविध कार्यक्रमका साथ भव्य रुपमा बुद्ध जयन्ती मनाईंदै छ ।
जन्म, बुद्धत्व र परिनिर्वाण त्रिसंयोगको दिन परेको यस बुद्ध पुर्णिमा (स्वाँया पुन्हि) को अवसर पारी सिद्र्धाथको जन्मस्थल लुम्बिनीमा एक भव्य कार्यक्रमको आयोजना हुँदैछ । यसका लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाका साथै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत लुम्बिनी पुगिसक्नु भएको छ ।


यसै अवसरमा ललितपुरको न्हाय्कंबही स्थित सुरश्चन्द्र महाविहारमा आज विहान सबेरै देखि हजारौं श्रद्धालु उपासकउपासिकाहरु लामबद्ध भई भगवान बुद्धको दर्शन र पुजा गरिरहेका छन । उक्त महाविहार यसवर्षको ललितपुरको बुद्ध जयन्ती मूल समारोह समिति हुन ।
उक्त अवसरमा यस विहारमा श्रद्धेय भिक्षु भद्दिय महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई धर्मदेशना गर्नुभएको थियो ।
साथै आजै मन्ध्यान्हमा भगवान बुद्धको प्रतिमालाई खतमा राखी बाजागाजासहित श्रद्धालु उपासकउपासिकाहरुका साथ ललितपुर नगरभित्र भव्य शोभायात्रा निकाल्ने तयारी भैरहेको कुरा आयोजक संस्थाले जनाएको छ ।बुद्ध जयन्तीकै अवसर पारी आनन्दकुटी विहार, स्वयम्भू , काठमाण्डौ र हिरण्यवर्ण महाविहार, क्वाल्खु, ललितपुरमा बुद्धको अस्थिधातु पनि दर्शनका लागि राखिएका छन ।
-
बुद्ध जयन्तीकाे अवसरमा मणिमण्डप विहारमा बुद्ध पुजा, धर्मदेशना र प्रमाणपत्र वितरण
२५६६ औं बुद्ध जयन्ती (स्वाँया पुन्हि) काे अवसरमा ललितपुरकाे पट्काे स्थित मणिमण्डप विहारमा बुद्ध पुजा, धर्मदेशना र प्रमाणपत्र वितरण गरीयाे ।
उक्त विहारका विहारप्रमुख श्रद्धेय भिक्षु शीलभद्र महास्थविरले धर्मदेशनाकाे क्रममा कुनै पनि अतिवादलाइ छाडेर सम्यक मार्ग अपनाउने शीक्षा भगवान बुद्धले दिएर जानुएकाे बताउनुभयाे । नेपालकाे लुम्बिनीमा आजकै दिन कपिलवस्तुका राजकुमार सिद्धार्थका रूपमा महामायाकाे काेखबाट जन्मिनु भइ बाेधगयामा बाेधिज्ञान प्राप्त गरेपश्चात बुद्धका नामबाट प्रख्यात हुनुभयाे, आजकै दिन कुशीनगरमा महापरिनिर्वाण हुनुभयाे । यसरी आजकाे दिन त्रि–संयाेग परेकाे दिनका रूपमा पनि लिइन्छ ।

उक्त विहारमा उपस्थित भिक्षुहरू र उपासकउपासिकाहरूद्वारा बुद्धपुजा र प्राथना पनि गरिएकाे थियाे ।
साथै उक्त विहारकाे संरक्षणार्थ र विहारमा बस्नु हुने भिक्षुहरुका लागि चतुप्रत्यय व्यवस्थापनकाे अक्षय काेषका लागि आर्थिक सहयाेग गर्नुहुने दाताहरूलाइ पनि सम्मानका साथ प्रमाणपत्र श्रद्धेय भिक्षु शीलभद्र महास्थविरले वितरण गर्नुभएकाे थियाे ।


-
बुद्ध जयन्तीमा नगर परिक्रमा गराइने भगवान बुद्धकाे प्रतिमा आयाेजक संस्था सुरश्चन्द्र महाविहारमा पुर्याइयाे (फाेटाे फिचर)
सप्ताहब्यापीरूपमा विभिन्न कार्यक्रम गरी २५६६ औं बुद्ध जयन्ती मनाइरहेकाे ललितपुर, न्हायकंबही स्थित सुरश्चन्द्र महाविहारमा आज विहान भगवान बुद्धकाे प्रतिमालाइ बाजागाजा सहित श्रद्धालु भक्तजनहरूका साथ ललितपुरकै हिरण्यवर्ण महाविहारबाट नगर परिक्रमा गरी न्हायकंबहीमा स्वागत गरी भित्र्याइयाे ।
आयाेजकका अनुसार आजै दिउँसाे बृहत बाैद्ध सभा, साँझ मैनत्रत्ती बालेर नगर परिक्रमा गरीने छ ।








