Category: विविध

  • मध्यपुर थिमि नगरपालिका वातावरण, सँस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित

    भक्तपुर, चैत्र ७
    मध्यपुर थिमि नगरपालिका वातावरण, सँस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा बिहिवार मध्यपुर थिमि नगरपालिकालाई वर्ष २०८०÷०८१ को वातावरण, सँस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषणा गर्दै सम्मान गरेको हो ।
    ‘हाम्रो कला हाम्रो संस्कृती, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ भन्ने नारा आत्मसाथ गर्दै अघि बढेको मध्यपुर थिमि नगरपालिकाले कला सँस्कृतीको जगेर्ना, वातावरणीय संरक्षण र उत्थानशीलतामा बहुआयामिक दृष्टिले परिवर्तनीय अभ्यास गरिरहेकोले यसवर्षको वातावरण, सँस्कृति र पर्यटन शिर्षकमा ८० प्रतिशत अंक हासिल गरी उत्कृष्ट नगरपालिका बन्न सफल भएको हो ।
    मौलिक कला संस्कृती र सम्पदा, वातावरणमैत्री स्थानीय शासन, जलवायु उत्थानशील योजना, जलाधार क्षेत्र, जैविक पोखरीहरुको संरक्षण, फोहोर मैला र ढलको उचित व्यवस्थापन, ढल रहित मनोहरा करिडोर निर्माण, सडकको सौन्दर्यकरण, खानेपानी तथा सरसफाई सेवामा प्रविधिको प्रयोग, वोटानिकल बगैंचा, हरियाली उद्यान, पर्यटन क्षेत्र बिस्तार र प्रवद्र्धन, सरसफाई गुरुयोजना निर्माण तथा कार्यान्वयन, मठमन्दीर, इनार ढुंगेधारा, पाटी पौवा जस्ता साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, नगरको मौलिकता र सौन्दर्यताको सम्वद्र्धन जस्ता पाटोमा मध्यपुर थिमि नगरपालिकाले उल्लेख्य कार्य गरिरहेको संघको मूल्यांकनमा उल्लेख छ ।
    हालसम्म बनेको योजना, गरेको अभ्यास र देखिएका परिणामले मध्यपुर थिमि एउटा पूर्ण वातावरण मैत्री सफा र हराभरा साँस्कृतिक नगरको रुपमा विकास भइरहेको आभास गर्न सकिने संघले जनाएको छ ।
    संघको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्नुभयो ।
    सो अवसरमा शहरी योजना तथा पूर्वाधार विकासमा सिद्धार्थ नगर नगरपालिका, सामाजिक विकासतर्फ कलैया उपमहानगरपालिका बारा कलैया, संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा ठाकुरबाबा नगरपालिका, स्थानीय आर्थिक विकासमा गैडाकोट नगरपालिका नवलपरासी र घोडाघोडी नगरपालिका कैलाली देशकै उत्कृष्ट नगरपालिका घोषित भएका छन । उत्कृष्ट सबै नगरपालिकालाई प्रधानमन्त्री ओलीले सम्मान गर्नुभयो ।
    संघले नगरपालिकाहरुको मूल्यांकनका लागि एक सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले विभिन्न मापदण्डहरुलाई सुक्ष्म ढंगले मूल्यांकन गरी सिफारिस गरेको आधारमा उत्कृष्ट नगरपालिका घोषणा गरिएको हो ।


    कार्यक्रममा प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको बताउनुभयो । उहाँले नेपाली जनताको लामो संघर्ष र वलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गर्नुभयो ।
    “संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन । जनतालाई सेवा दिने नजिकको सरकार यही हो’’, उहाँले भन्नुभयो, “स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ । यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’’
    प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्षित गर्दै राजतन्त्रकालमा लादिएका निरकुङ्शतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
    नगरपालिका उत्कृष्ट घोषणा भएपछि प्रतिक्रिया दिँदैं मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यो उपलब्धी सबैको साझा प्रयासबाट सम्भव भएको बताउनुभयो । उहाँले कुनै पनि योजना कार्यान्वयनमा योजना निर्माता, कार्यान्वयन गर्ने निकाय र सरोकारवाला सबैको उत्तिकै महत्वपूर्ण जिम्मेदारी हुने बताउँदैं यो उपलब्धी हासिल गर्न योगदान दिने सबैलाई आभार व्यक्त गर्नुभयो ।

     

  • श्रीलंकामा पुरुषोत्तमले सिएम उपाधि प्राप्त गरे

    भक्तपुर, चैत्र ५
    नेपाल च्याम्पियनका उपविजेता पुरुषोत्तम सिलवालले श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टर (सिएम)को उपाधि जितेको छ । आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे युवा पुरुषोत्तमले उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मार्फत ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गर्न सफल भएका हुन ।
    वल्र्ड चेस फेडेरेसन (फिडे) र एसियन चेस फेडेरेसन (एसिएफ)को समन्वयमा श्रीलंका चेस फेडेरेसनको आयोजनामा सम्पन्न एसियन जोनल ३.२ चेस प्रतियोगितामा पुरुषोत्तमले मध्यम स्तरको खेल पस्केका छन्।
    आयोजक श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडी बिच प्रतिस्पर्धा भएको एसियन जोनल ३.२ कोलम्बोस्थित फ्याकल्टि अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा ११ मार्च देखि १८ मार्च सम्म सञ्चालन भएको हो ।
    २५ औं नेपाल च्याम्पियन तथा १० औं महिला नेपाल च्याम्पियनको हैसियतमा एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीलाई हवाई टिकट सहित अन्य सम्पूर्ण खर्च उपलब्ध गराउदै नेपाल बुद्धिचाल महासंघले सहभागी गराएका थिए ।
    स्पर्धामा नेपाल च्याम्पियन फिडे मास्टर रुपेशले ५ अंक जोडेका छन् भने महिला च्याम्पियन सिन्दिराले कमजोर खेल खेल्दै ३.५ मात्र जोडिन ।
    दक्षिण एसियाली देशको प्रतिष्ठित चेस खेलमा बंगलादेशका २४३१ रेटेड अन्तर्राष्ट्रिय मास्टर आईएम मनुन रेजा नीरले ७ अंक बनाउदै एकल अग्रता सहित पहिलो स्थान हासिल गरे ।
    प्रतियोगितामा समान ६.५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा बंगलादेशका २३२७ रेटेड फिडे मास्टर जिया तहसिन तज्वार द्वितीय, श्रीलंकन २४०२ रेटेड आईएम लियानागे रानिन्दे दिलसान तृतीय, बंगलादेशका २४३१ रेटेड आईएम मोहमद फहाद रहमान चौथो, २११३ रेटेड एफएम रहमान साहिद महफुजुर पाँचौ र ६ अंक जोडेर श्रीलंकाका पेसान्दु रस्मिथा छैटौं स्थानमा रहे ।
    महिलातर्फ बंगलादेशका २०९७ रेटेड अहमेद वादिफाले ७ अंक प्रोग्रेसिभ ४६ प्वाइन्ट बनाउदै पहिलो स्थान हासिल गरे । उनले महिला उपाधि सँगसँगै अन्तर्राष्ट्रिय मास्टरको आईएम टाइटल पनि पाउन सफल भए ।
    समान ७ अंक जोडे पनि प्रोग्रेसिभ ४२.५ प्वाइन्टमा सिमित बन्दै श्रीलंकाका २१२१ रेटेड डेभिण्ड्या गुरुवर्धने दोश्रो स्थान प्राप्त गरे । प्रतिस्पर्धामा श्रीलंकाका १७८१ रेटेड एएफएम दुलिन्मा हेमाल्नी र २०५३ रेटेड डब्लूसिएम दाहाम्दि समान ६.५ अंक सहित तेस्रो र चौथो भईन् । यस्तै ६ अंकमा १८०१ रेटेट एम ईशान्दि र १७७६ रेटेड सेथुम्ली डेभहारा पाँचौ र छैटौं बनीन् ।
    वल्र्ड चेस फिडेको अफिसियल बुद्धिचाल प्रतियोगितामा शीर्ष ६ पुरुष र ६ जना महिला खेलाडीहरुले ६ हजार १५० युएस डलर बराबरको पुरस्कार एक आपसमा बाँडे । जसमा पुरुषतर्फ क्रमशः १ हजार ५ सय, १ हजार, ५ सय, ३ सय, २ सय र १ सय ५० डलर प्राप्त गरे भने महिलातर्फका विजेताले १ हजार, ६ सय, ४ सय, २ सय ५० र १ सय डलर पुरस्कार प्राप्त गरे ।
    यसैबीच सम्पन्न फन खेलको अर्को विधा ब्लिट्ज् चेस प्रतियोगितामा नेपालका २१५९ रेटेट एफएम रुपेश जैसवालले ५.५ अंक जोडेर चौथो स्थान प्राप्त गर्न सफल भएका छन् भने २१३५ रेटेड युवा पुरुषोत्तम सिलवालले ५ अंक जोडेर छैटौं स्थान हासिल गरेका छन् ।

     

  • २५ करोड रुपैंया बराबरको अवैध विदेशी मुद्रा सहित एक जना पक्राउ

    भक्तपुर, चैत्र ५
    प्रहरीले नेपाली २५ करोड रुपैंया बराबरको अवैध अमेरिकी डलर र युरोपियन युरोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–२ बस्ने ४३ वर्षि फुच्चे भन्ने कुसाङ लामा हुन ।
    उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सोमवार राती ९ बजे टोखा नगरपालिका २ झोरबाट पक्राउ गरिएको हो । प्रहरीले अवैध विदेशी मुद्रा लुकाउन प्रयोग गरिएको कन्टेनर ट्रक समेत नियन्त्रणमा लिएको छ ।


    ठुलो परिमाणमा अमेरीकी डलर र युरो लगायतका विभिन्न देशका मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसारपसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले लामालाई पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले बताउनुभयो ।
    “गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झोरमा ना ७ ख १६५२ नं.को मालबाहक कन्टेनर ट्रकमाथि शंका लागि नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त ट्रकको ‘वोनट’ ड्राईभर बस्ने कोठा (क्याविनको बायाँ तर्फ)को माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरीकी डलर, युरो लगायतका मुद्राहरु फेला पारी सवारी चालक कुसाङ लामा सहित सवारी साधन नियन्त्रणमा लिएको हो,” एसी आचार्यले भन्नुभयो ।


    प्रहरीले लामाको साथबाट अमेरीकी डलर १०० दरका ३ हजार ११९ थान र ५० दरका १७९ थान गरी कुल ३ लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको आचार्यले बताउनुभयो ।
    यसैगरी ५ सय दरका ११ हजार थान, २ सय दरका ४८० थान, एक सय दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान युरो प्रहरीले बरामद गरेको छ । प्रहरीले लामाको साथबाट मोवाइल २ थान समेत बरामद गरिएको आचार्यले जानकारी दिनुभयो । प्रहरीका अनुसार लामाको साथबाट बरामद भएको डलर र युरो नेपाली २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैंया बराबरको रहेको छ ।
    प्रहरीले उक्त रकम कुन प्रयोजनका लागि लगिएको हो भन्ने अझै नखुलेको र थप यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ । लामा उक्त रकम बोकेर रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


    पक्राउ परेका लामालाई अवैध तरिकाबाट भन्सार तथा राजस्व छली अवैध विदेशी मुद्राको कारोवार गरेको कसुरमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाएको आचार्यले बताउनुभयो ।
    अनुसन्धानको क्रममा लामा यसअघि २०७३ साल पौष १३ गते ७ किलो सुन तस्करीमा पक्राउ परी ५ वर्ष कैद भुक्तान गरेको व्यक्ति भएको खुल्न आएको आचार्यले जानकारी दिनुभयो । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाण्डौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

  • मध्यपुर थिमिमा ५ वटा पसलमा आगलागी हुँदा १२ लाखको क्षती

    भक्तपुर, चैत्र ३
    भक्तपुरको मध्यपुर थिमि–४ स्थित मध्यपुर अस्पतालनजिक जस्ताको टहरामा भएको ५ वटा पसलमा आगलागी हुँदा करिव १२ लाख रुपैंयाको क्षती गरेको छ ।
    काभे्रपलान्चोक बेथानचोक गाँउपालिका–४ घर भई हाल मध्यपुर थिमि बस्ने २३ वर्षिय सनिस श्रेष्ठले जग्गा भाडामा लिई सञ्चालन गरिरहेको दुनोट उद्योगमा लागेको आगो सँगै रहेका अन्य पसलहरुमा पनि सल्किँदा ११ लाख ७२ हजार ७ सय रुपैंया बराबरको क्षती गरेको हो
    सनिसको दुनोट उद्योगमा दिउँसो करिव पौने १ बजे करेन्टसर्ट भई आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो । दुनोट पसलबाट लागेको उक्त आगोले सँगै रहेको खाजा पसल, मोटरसाइकल वर्कसप, मसला पसल र तोफु पसलमा समेत क्षती गरेको प्रनाउ नेउपानले जानकारी दिनुभयो ।
    आगलागीबाट सनिसको दुनोट उद्योग भित्र रहेको करिव एक लाख ३८ हजार ७ सय रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको नेउपानेले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ का २० वर्षिय समित बाँनियाले सञ्चालन गरेको खाजा पसलमा ३ लाख २ हजार २ सय रुपैयाको क्षती गरेको छ ।
    यसैगरी भक्तपुरको सूर्यविनायक नगरपलिका–४ शिकारीटारका २४ वर्षिय सुमन श्रेष्ठले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा ८ हजार, सूर्यविनायक नगरपालिका–१ सिरूटारका ४५ वर्षिय यम विक्रम कार्कीले सञ्चालन गरेको मसला पसलमा ३ लाख १९ हजार र बाँकेको नेपालगंज नगरपालिका–२ का ४५ वर्षिय राजेन्द्र कुमार श्रेष्ठले सञ्चालन गरेको तोफु पसलमा ४ लाख ४ हजार ८ सय रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको हो ।
    आगलागी प्रहरी, स्थानीय बासिन्दा र जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको दमकलको सहायताले करिव साढे १ बजे नियन्त्रणमा आएको प्रनाउ नेउपानेले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

     

  • केएसएलका कार्यकारी निर्देशक संग्रौलामाथि लागेको आरोप छानविन गर्न समिति गठन

    भक्तपुर, चैत्र ३
    काठमाण्डौं स्कुल अफ ल (केएसएल)का कार्यकारी निर्देशक डा. युवराज संग्रौला जोडिएको यौन दुव्र्यवहार सम्बन्धी आरोपका विषयमा छानविन गर्न व्यवस्थापन समितिले जाँचबुझ समिति गठन गरेको छ । केएसएलले आइतवार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
    समितिको संयोजकमा पुर्व जिल्ला न्यायधिश डा. श्रीकृष्ण भट्टराई रहेका छन भने सदस्यहरुमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सिमा धामी रहेका छन । समितिलाई काम शुरु भएको मितिले १५ दिनको समयावधी दिईएको छ ।
    केएसएलले भट्टराई संयोजकत्वको समितिलाई ‘तटस्थ जाँचबुझ समिति’को संज्ञा दिईएको छ । समितिको कार्यालय केएसएलमा नै रहने र सदस्य सचिव कलेजको आन्तरिक उजुरी तथा गुनासो समितिका संयोजक हुने पत्रकार सम्मेलनमा जानकारी दिए ।
    समितिलाई १५ दिनभित्र उजुरीबारे छानबिन गरेर व्यवस्थापन समिति समक्ष राय पेश गर्ने जिम्मेवारी दिईएको छ । समितिलाई प्राप्त निवेदनहरूमाथि छानबिन गर्ने, सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरेर तथ्य प्रमाण बुझ्ने र प्रतिवेदन बुझाउने जिम्मेवारी समितिलाई दिईएको छ ।
    केएसएलको पाँचौं वर्षमा अध्ययनरत एक छात्राले सामाजिक सञ्जाल इन्स्ट्रागाम मार्फत पूर्वमहान्यायाधिवक्ता समेत रहेका कार्यकारी निर्देशक संग्रौलालगायतका प्राध्यापकहरुले कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको सार्वजनिक गरेकी थिइन् । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरूप्रति कलेज अनुदार रहेको आरोप समेत लगाएका छन ।
    गत फागुन २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भिडियो सामग्रीमा ती छात्राले आफु माथि भएको दुव्र्यवहारको सम्बन्धमा गत डिसेम्बर २५, २०२४ मा कलेज प्रशासन समक्ष छानविन गर्न माग गर्दै निवेदन दिएको तर त्यसको कुनै सुनुवाई नभएको दावी गरिएको छ ।
    त्यसपछि केएसएलका अरु विद्यार्थीले पनि आफूहरू पनि त्यस्तै खालको दुव्र्यवहारका पीडित भएको भन्दै सार्वजनिक गर्न थालेका छन् । शुक्रबार मात्रै यस घटनाबारे ऐक्यबद्धता जनाउँदै सन् २००५ यता केएसएलमा पढेका १०३ जना पूर्वविद्यार्थीले आफ्नो परिचयसहित र ४७ जनाले परिचय गोप्य राख्ने सर्तमा हस्ताक्षरसहितको विज्ञप्ति जारी गरेका छन् ।
    जसमा उनीहरूले हालै एक विद्यार्थीले कलेजभित्र हुने दुव्र्यवहार, यौन उत्पीडनबारे खुलेर आवाज उठाउने साहस देखाएको भन्दै उनले अघि सारेका मुद्दाहरूमा ऐक्यबद्धता जनाउने बताएका छन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अपमानजन्य, हेपाइजन्य र यौनजन्य टिप्पणीका अलवा यौन तथा लैंगिक अल्पसंख्यकविरुद्धका अभिव्यक्ति र व्यवहारहरू कुनै पनि संस्थामा स्वीकार्य हुन सक्दैन । ती छात्राले उठाएको आवाज व्यक्तिगत प्रतिसोध मात्रै नभएर न्याय, समानता र पारदर्शीतामा विश्वास राख्ने सबैको आह्वान हो ।’
    पूर्वविद्यार्थीहरूले समेत यो घटनामा स्वतन्त्र छानबिन गर्न माग गरेपछि बसेको केएसएलको व्यवस्थापन समितिको बैठकले जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको हो ।
    पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक संग्रौलाले स्वतन्त्र छानविनलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । “यो समितिले काम गरुञ्जेलसम्म म न्यूट्रल बस्छु । यो काममा मेरो कुनै हस्तक्षेप हुँदैन”, उहाँले भन्नुभयो ।
    उहाँले आफूलाई लागेको यौन दुव्र्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको समेत बताउनुभयो । उहाँले कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरूपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
    उहाँले यदि साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताउनुभयो । कसैले सञ्जालमा लेखेको विषयलाई मिडियाले ट्रायल गर्ने हो भने राम्रा मान्छेहरू पीडित हुने उहाँको भनाइ छ ।


    उहाँले भन्नुभयो, “राज्यको कुनै अनुसन्धान निकायले त्यस्तो सूचना प्राप्त गर्छ र अनुसन्धान गर्छ भने मलाई हतकडी लगाएर लैजान सक्छ । यो देशमा खुला र स्वतन्त्र न्यायपालिका छ, अनुसन्धान गर्ने प्रहरी प्रशासन छ‚ महान्यायाधिवक्ताको कार्यालय छ, जसमाथि मेरो विश्वास छ । यसमा मिडिया ट्रायल हुन थाल्यो भने युवराज संग्रौला मात्रै समाप्त हुँदैन, तर नराम्राहरूको त उन्नति हुँदै जाला तर राम्रा जति सिद्धिन्छन् ।”
    उहाँले छानविनको लागि स्वतन्त्र समिति गठन भइसकेको र त्यसमा कलेजका व्यक्तिहरू नभएको बताउँदैं भन्नुभयो, “उहाँहरूले सोधेको कुरा मलाई जानकारी दिने अधिकार छ, केही दर्जन विद्यार्थीले दुव्र्यवहार भएको भनेको छ, त्यो भए कलेजमा अहिले ११०० विद्यार्थी छन्, उनीहरूलाई पनि सोध्नुपर्छ ।”
    केएसएलका ती छात्राले २५ डिसेम्बर २०२४ मा उजुरी दर्ता गराएपनि त्यसको केही दिन पछि नै परीक्षा शुरु भएकोले कलेजको आन्तरिक उजुरी तथा गुनासा समितिले विद्यार्थीका हकमा सोधपुछ गर्न सम्भव नभएको तर शिक्षक र कर्मचारीका हकमा जाँचबुझको प्रक्रिया शुरु गरिसकेको दावी कलेजका सूचना सञ्चार तथा विद्यार्थी कल्याण विभागका प्रमुख सहायक प्राध्यापक रुविन श्रेष्ठले पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख छ ।
    विज्ञप्तीमा ती छात्राले आफुले दिएको उजुरीका विषयमा के भइरहेको छ भन्ने विषयमा कलेजमा सम्पर्क नै नगरी आफ्नो परीक्षा सकिएपछि सामाजिक सञ्जालमा सिधै पोष्ट गरेको आरोप लगाएको छ ।
    कलेजका एक छात्राले कलेज र शिक्षकहरु उपर गलत नियतले एकपक्षीय रुपमा सामाजिक सञ्जालमा पोष्ट गरेर लगाएका आक्षेपहरुलाई नै आधार बनाएर कलेज र शिक्षकहरुको प्रतिष्ठामा आँच पु¥याउने गरी अतिरञ्जित गरेको विज्ञप्तीमा उल्लेख छ ।
    विज्ञप्तीमा आरोप लगाउने छात्रा कलेजको उत्कृष्ट मध्येको एक रहेको उल्लेख छ । कलेजले उनलाई कलेजकै खर्चमा हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतले आयोजना गर्ने नुरेम्वर्ग अभ्यास अदालत (मुट कोर्ट) र अन्य विभिन्न प्रतियोगितामा सामेल गराएको र सार्वजनिक कार्यक्रम आयोजना गरी अभिनन्दन समेत गरेको जनाउँदैं कलेज ती छात्राप्रति पुर्वाग्रही नरहेको दावी गरेको छ ।
    विज्ञप्तीमा कलेजले नेपालमै पहिलो पटक सन् २०२० मा एलजिबिटिक्यूको मानवअधिकार सम्बन्धमा अभ्यास अदालत (मुट कोर्ट) प्रतियोगिता आयोजना गरेको स्मरण गराउँदैं छात्राले लगाएको एलजिबिटिक्यू सम्बन्धी आरोप सफेद झुठ भएको दावी गरिएको छ ।
    विज्ञप्तीमा कलेजले स्थापनाको २५ वर्षको दौरान संस्थापक, सयौं प्राध्यापक र हजारौं विद्यार्थीलगायतको मेहनत, पसिनाले राष्ट्रिय÷अन्त्राष्ट्रिय रुपमा गर्विलो इतिहास बनाएको केएसएललाई नियोजित रुपमा एक जना व्यक्तिले लगाएको आरोपकै आधारमा समाचार प्रकाशित नगरी दिनुहुन अनुरोध समेत गरिएको छ ।
    सामाजिक सञ्जालमा एक जना व्यक्तिले अभिव्यक्त गरेको विषयलाई तथ्यगत जाँचबुझ नगरी एकतर्फी समाचार बनाउने कार्य मिडिया ट्रायल हुने र जसबाट निर्दोषहरु समेत आहातित हुन पुग्ने भन्दै एक जना व्यक्तिका कारण १४ जना शिक्षकको परिवार आहातित भइरहेको विज्ञप्तीमा उल्लेख छ ।
    “सामाजिक सञ्जालहरुबाट आरोपहरु लगाउने र त्यसकै आधारमा मिडिया ट्रायल हुने हो भने सामाजिक मर्यादा र स्थापित न्याय प्रणाली खल्बल्याउने निश्चित छ,” विज्ञप्तीमा भनिएको छ ।

     

  • भक्तपुरमा स्कार्पियो अनियन्त्रित भई पल्टिँदा ८ जना घाइते

    भक्तपुर, फागुन २९
    भक्तपुरमा स्कार्पियो पल्टिँदा ८ जना घाईते भएका छन । सूर्यविनायक नगरपालिका–७ मा गुण्डुतर्फ जाँदै गरेको स्कार्पियो आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ८ जना घाईते भएको हो । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला पूहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपाने बताउनुभयो । घाइतेको थिमिस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
    दुर्घटनामा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी घाइते भएको प्रहरीले जनाएको छ ।

     

  • रंगहरुको पर्व फागु, भक्तपुरमा प्रेमको प्रतिकको रुपमा पृथक ढंगले मनाईंदैं

    लक्ष्मी गारु, भक्तपुर, २९ फागुन
    रंगहरुको पर्व फागु अर्थात होली आज (बिहिवार) काठमाण्डौं उपत्यकासहित पहाडी जिल्ला र भोली (शुक्रवार) तराई मधेशका जिल्लाहरुमा हर्षोल्लासका साथ धुमधामले मनाइँदै छ ।
    एक आपसमा आत्मीयताका साथ रंग दलेर खुसियालीका साथ फागु पर्व मनाईन्छ । सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभावका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने पर्व भएकाले फागुलाई आपसी मेलमिलाप र सद्भावनाको पर्वको रुपमा पनि लिईन्छ । फागुलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको पर्वको रुपमा समेत लिईन्छ ।
    फागु पर्व सम्बन्धी विभिन्न धार्मिक कथन, किंवदन्ती पाईएता पनि नेवार समूदायले भने फागु पर्वलाई पृथक ढंगले मनाउने गर्दछन । नेवार समूदायमा प्रचलित फागु सम्बन्धी लोकभाकाहरुले फागु पर्वलाई नेवार समूदायले प्रेम र यौनको प्रतिकको रुपमा मनाउने गरेको पाईन्छ । साथै यस दिन नेवार समूदायमा प्रचलित दाफा भजन खलः, धिमे, बाँसुरीलगायतका विभिन्न बाजा खलः एवम् गुठीहरुले आफ्ना बाजागाजाहरुको पुजा गरी फागु पर्व मनाउने प्रचलन पनि रहेको छ ।
    होलीया मेला, मय्जू मस्युला
    अविर भचाः नः, तये मज्युला
    नेवारी समुदायमा सर्वाधिक लोकप्रिय र प्रख्यात फागु सम्बन्धी उल्लेखित लोकभाकाले ‘होलीको बेलामा सुन्दरी युवतीहरुलाई अविर अलिकति पनि दल्न नहुने हो र ?’ भन्ने भाव झल्काउँछ ।


    त्यसैगरी
    ‘अबिरया होली, तचँयाला ल्यासे
    अबिरं छंगु ख्वाः हिसि दय्काबि’
    लोककथामा आधारित नेपाल भाषाको चलचित्र ‘सिलु’ को यो गीतको अंशले पनि राम्री युवतीलाई ‘अबिरको होली खेल्दा पनि किन रिसाएको, अबिरले तिम्रो अनुहार झन् राम्रो बनाई दिन्छु’ भन्ने अर्थ बोकेको छ ।
    फागु पर्व बसन्त ऋतुको आगमनसँगै मनाईने रंग र खुसीको पर्व हो । विशेष गरी सप्तरंगी रंगमा रंगिएर एक आपसमा खुसी साटासाट गर्ने र आपसको वैरभाव एवम् रिस राग बिर्सेर मनाउने यो पर्व वास्तवमा एउटा उन्मत्त पर्व हो ।
    फागुन शुक्ल पूर्णिमाको दिन धुमधामले मनाउने यो पर्वको शुरुवात भने फागुन शुक्ल पक्ष अष्टमीको दिन शुरु हुन्छ । अष्टमीको दिन काठमाण्डौंको बसन्तपुर डबली अघिको चोकमा सप्तरंगी कपडाका ध्वजापताका सहितको चीर ठड्याएर गुठियारहरुले एक आपसमा अविर दलेर फागु पर्व शुरु भएको जनाउ दिन्छ ।


    सोही दिन भक्तपुरको तचपालस्थित भिमसेन मन्दिरको पाटीमा काठको बडेमानको पुरुष जनईन्द्रिय अंग लिङ्गको प्रदर्शन गरेर फागु पर्व शुरु भएको जनाउ दिन्छ । लिङ्गको प्रदर्शनसँगैं गुठियारहरु पाटीमा बसेर
    ‘भिसीँ द्यः या लजः ख्वगं, लव् वान ला ल्यासे,
    बिस्यू वने म्वायेक स्वः झायाः लाः’
    अर्थात ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भन्ने भावको परम्परागत नेवारी लोकभाका गाएर बस्नुले भक्तपुरमा मनाईने फागु पर्वलाई झन पृथक बनाएको छ । यसले फागु पर्वलाई यौनसँग जोड्ने गरेको पाईन्छ । त्यसैले भक्तपुरमा फागु पर्वलाई प्रेम र यौनको प्रतिकको पर्वको रुपमा मनाउने गर्दछ भन्नु अतिशयोक्ति हुन सक्दैन ।
    बसन्त ऋतुको आगमनसँगै बोट बिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फुलहरु फुल्न थालेसँगै मानिसको मन मष्तिस्क समेतमा एक खालको तरंग पैदा गर्ने बेलामा एक आपसमा रंगको होली खेलेर मनाउने पर्व फागु प्रेम र यौनको प्रतिक बन्नु स्वभाविक भएको संस्कृतिविदहरुको भनाई रहेको छ ।
    बसन्त ऋतुको आगमनसँगै रुख बिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागु पर्वमा यौनरसयुक्त गित प्रचलनमा आएको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । उहाँका अनुसार १७ औं शताव्दीदेखी नै कृषि पेशामा संलग्न उपत्यकावासी बसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुसर्दमा मनोरञ्जनतर्फ आकृषित हुने तर तत्कालिन समयमा मनोरञ्जनको साधन स्रोत भनेकै चाडपर्व हुने भएकाले फागुलाई प्रेम र यौनको प्रतिकका् रुपमा मनाउन थालेको हो । फागुमा बढी यौनरस युक्त संगित गुञ्जनु पनि यसैको उदाहरण भएको उहाँले बताउनुभयो ।
    उहाँले फागुमा यौनरसयुक्त लोकभाका गुञ्जने भएता पनि फागु अस्लिल पर्व भने नभएको बताउनुभयो । उहाँले यसलाई विशुद्ध जिवन्त साँस्कृतिक पर्वको रुपमा लिनुपर्ने बताउनुभयो । फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी धौभडेलले केटाकेटी, युवा युवती, सबै जातजाती फागुको रंगमा रंगिने र सबैले खुसीको रंग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाड समेत भएको बताउनुभयो ।
    यसैगरी अर्का संस्कृतिविद् एवम् ईतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले प्राचिनकालदेखी नै समाज पुरुष प्रधानको रुपमा विकास भएसँगै महिलालाई यौनको प्रतिकका रुपमा लिने र महिलालाई यौन चाहना पुरा गर्ने साधनको रुपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा प्रेम र यौनरसयुक्त लोकभाका गुञ्जन गरेको बताउनुभयो ।
    फागु विजयको हर्षोल्लासको रुपमा एक आपसमा रङ्ग दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैभित्र हराउने पर्व तथा तनमन रङगाउने पर्वको रुपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ–आफ्ना बाजाको पुजा गर्ने र बाजा गाजा सहित एक आपसमा अविर दलेर टोल छिमेक परिक्रमा गर्ने प्रचलन पनि रहेको छ । यसले भक्तपुरमा मनाईने फागु पर्वलाई साँस्कृतिक पर्वको रुपमा पनि विकास गरेको छ ।
    शास्त्रानुसार हिरण्यकश्यपु नामका राक्षसको छोरा प्रल्हाद असाध्यै विष्णु भक्त थिए । उनको विष्णु भक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रल्हादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछ । तर प्रल्हादलाई केही हुँदैन । हिरणकश्यपुकी बहिनी होलीकालाई उनको तपस्याबाट प्रसन्न भएर अग्नी देवले आगोले छुन नसक्ने वरदान दिएको थियो । यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रल्हादलाई अग्नीमा दहन गर्ने योजना बनाउँछ । सो योजना अनुसार होलीका प्रल्हादलाई काखमा राखी अग्नीमा बस्दछ तर प्रल्हादको सच्चा भक्तिले गर्दा होलीका जलेर मृत्यु भएको तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको खुसियालीमा होली पर्व मनाउन थालिएको हो । कतै फागु पर्वलाई भगवान कृष्णसँग पनि जोडिएको पाईन्छ ।
    फागु पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदैं आएको छ, जसअनुसार आज पहाडी जिल्लामा र भोली तराई मधेशका जिल्लाहरुका सार्वजनिक बिदा दिईएको छ ।


    यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरले फागु पर्वको नाममा उच्छृङखल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले प्रेस विज्ञप्ती जारी गर्दै फागु पवृको नाममा कसैको इच्छा विपरित फोहोर पानी वा केमिकल सहितको रङ्ग दल्ने÷छ्याप्ने, प्लाष्टिकको लोला हान्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख÷हैरानी दिने, बाटो ढुकेर बटुवालाई जबरजस्ती रङ्ग लगाउने, बाटो अवरोध हुने गरी सवारीसाधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृङखल एवम् अवाञ्छित कार्य तथा गतिविधिहरु नगर्न र नगराउन आग्रह गरेको हो ।
    त्यस्ता गतिविधिहरु गर्नु प्रचलित कानून विपरित हुने भन्दै प्रजिअ अर्यालले कोही कसैबाट कानून विपरितका त्यस्ता गतिविधि भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिनुभएको छ ।

     

  • साथीको हत्याको आरोपमा बादल करागार चलान

    भक्तपुर, फागुन २८
    भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका युवक निरज लामा (निरोज)को हत्या आरोपमा पक्राउ परेका उनका साथी बादल तामाङ कारागार चलान भएका छन् ।
    बादललाई भक्तपुर जिल्ला अदालतका न्यायाधिश दिलिपराज पन्तको इजलासले गत फागुन २६ गते सोमवार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
    गत फागुन ५ गते निरज आफ्ना साथी बादलको घरमा गएका थिए । खाना खाएर त्यही सुतेका निरज भोलीपल्ट फागुन ६ गते दिउँसो ३ बजेसम्म नउठेपछि बादल बोलाउन जाँदा निरज अचेत अवस्थामा फेला परेको थियो । सो घटनामा प्रहरीले अनुसन्धानका लागि बादललाई नियन्त्रणमा लिएको थियो ।
    मृतक निरजका परिवारले पनि बादल विरुद्ध ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले बादललाई कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाएको थियो ।

  • सानोथिमिमा अचेत अवस्थामा फेला परेका युवकको मृत्यु

    भक्तपुर, फागुन २७
    भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आर्मी व्यारेक नजिकको ओरोलोमा मंगलवार बिहान अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
    प्रहरीका अनुसार बिहान ५ः३० बजे बाटोको किनारमा लडेर अचेत अवस्थामा युवक फेला परेको थियो । उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा मृत्यु भएको प्रहरी वृत्त थिमिले जनाएको छ ।
    उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि तत्काल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेमसागर केसीले बताउनुभयो । मृतकको शव परीक्षणको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पठाएको छ ।
    मृतकको परिचय खुल्न सकेको छैन । प्रहरीले सामाजिक सञ्जालमार्फत मृतकको हुलिया सार्वजनिक गरेपछि मृतक आफन्त भएको दावी गर्दै केही व्यक्ति प्रहरी वृत्त थिमिको सम्पर्कमा आएको प्रनाउ केसीले बताउनुभयो ।
    “केही व्यक्ति मृतकको आफन्त भएको दावी गर्दै सम्पर्कमा आएका छन । बुधवार शिक्षण अस्पतालमा पठाएर मृतको सनाखत गराईनेछ,” उहाँले भन्नुभयो ।
    यसैगरी मंगलवार नै मध्यपुर थिमि–८, बोदेस्थित वृद्धाश्रम नजिकको खाली जग्गामा एक बृद्ध मृत अवस्थामा फेला परेको छ । नविन लोक्चन नाम बताउने उनको सनाखत हुन सकेको छैन । प्रहरीले उनको पनि हुलिया सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको छ ।
    प्रहरीले शव परीक्षणको लागि काठमाण्डौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाईएको छ । प्रहरीले दुवै घटनाको थप अनुसन्धान गरिरहेको प्रनाउ केसीले बताउनुभयो ।

     

  • स्थापनाको २७ वर्षपछि मध्यपुर थिमि नगरपालिका प्रशासनिक भवन निर्माण गर्दै

    भक्तपुर, फागुन २६
    भक्तपुरको मध्यपुर थिमि नगरपालिका स्थापना भएको २७ वर्षपछि आफ्नै प्रशासनिक भवन बन्ने भएको छ । स्थापनाकालदेखी वडा नं. ६ स्थित पुरानो स्वास्थ्य चौकी भवनबाट सेवा सञ्चालन गरिरहेको मध्यपुर थिमि नगरपालिकाले वडा नंं ५ स्थित जल्खुमा नयाँ भवन निर्माण गर्न लागेको हो ।
    नगरपालिकाको प्रस्तावित नयाँ प्रशासनिक भवन निर्माणका लागि सोमवार बोलपत्र आह्वान गरेको छ । बोलपत्रकमा कम कबोल गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिइने भएकाले भवनको लागत घट्ने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
    करिव ३ रोपनी १३ आना क्षेत्रफलको जग्गामा निर्माण हुने नयाँ प्रशासनिक भवन परम्परागत र मौलिक शैलीको सुविधा सम्पन्न हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    भवन वेसमेन्टसहित ८ तलाको हुनेछ । ९५० वर्ग मिटरको वेसमेन्टमा पार्किङको व्यवस्था हुनेछ । भवनमा अत्याधुनिक सुविधा सम्पन्न करिव ५५ जनाको क्षमता भएको कार्यपालिका बैठक कक्ष, १५० जनाको क्षमता भएको मल्ती प्रपोज सभाहल, न्यायपालिकाको इजलाश, मेलमिलाप केन्द्र कक्ष, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाको विभिन्न विषयगत महाशाखा, शाखा, स्टोरलगायतको छुट्टाछुट्टै कक्ष हुनेछ ।
    अपाङ्गतामैत्री भवनमा दुई वटा लिफ्ट हुनेछ । भवनको बाहिरी भागमा परम्परागत र मौलिक शैली झल्काउन डाँची अप्पा प्रयोग गरिनेछ भने काठका १५ वटा भन्दा बढी सँझ्या हुनेछ, जसले भवनलाई आकर्षक बनाउने नगर प्रमुख श्रेष्ठले दावी गर्नुभयो । नयाँ भवनमा यथेस्त खुल्ला क्षेत्र र आकर्षक उद्यान पनि नगरपालिका ई. कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
    हाल नगरपालिकाले पुरानो र साँघुरो भवनका साथै अन्य दुई वटा भाडाको भवनबाट सेवा प्रवाह गर्दै आइरहेको छ । प्रशासनिक भवन नहुँदा सेवाग्राहीलाई विभिन्न सेवा लिनको लागि अलग अलग भवनमा जानुपर्ने समस्या रहेको र नगरपालिकाको आन्तरिक कार्यसम्पादनमा समेत सकस पर्ने गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
    जग्गा नहुँदा भवन निर्माणमा केही समय लागेको जानकारी दिँदैं उहाँले भवन निर्माणका लागि आवश्यक जग्गा खरीद गरेको बताउनुभयो ।