Category: राजनीति

  • मध्यपुर थिमिमा लगभग हारको नजिक पुग्यो – एमाले नेता बस्नेत

    भक्तपुर, जेठ ३
    नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले मध्यपुर थिमिमा हारको नजिक पुगेको बताउनुभएको छ । उहाँले भक्तपुरका नगरपालिकाहरुको पछिल्लो मत परिणामका बारेको आप्mनो धारणा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै मध्यपुर थिमिमा प्रमुख र उपप्रमुखको मत घटेसँगै हारको नजिक पुगेको बताउनुभएको हो ।
    “एमाले बिरुद्ध सबै दलहरु गठबन्धन बनाएर लागेको बेलामा पनि हामी भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उदेश्यले लागेका थियौं । टिकट बितरण प्रक्रियामा देखिएका असन्तुष्टि मिलाउन नसक्दा, जनतामा हाम्रा बारेमा फिजाइएका भ्रमहरुलाई समयमा चिर्न नसक्दा, निर्वाचित जन प्रतिनिधिहरुको बारेमा गरिएका कु–प्रचार तोड्न नसक्दा, हामीप्रति जनताको अपार समर्थनलाई संगठित रूपमा पार्टीकरण गर्न नसक्दा, इतिहासमै नभएको बिकास र गतिबिधि गर्दा पनि मध्यपुर थिमि नगरपालिकामा जित्ने वार्ड नं.१, २ र ५ वडामा अध्यक्ष पराजित भएका छन र मिश्रित परिणाम आएको छ,” उहाँले फेसबुकमा लेख्नुभएको छ, “प्रमुख र उप प्रमुखमा हाम्रो मत घटेको छ । लगभग हारको नजिक पुगिएको छ ।”
    उहाँले सूर्यविनायक नगरपालिकामा पनि विगतमा कांग्रेसले जितेको वडाहरु यो पटक एमालेले जित्ने आशा गरिएको तर नसकिएको उल्लेख गरेका छन । “योपटक हामीले जित्ने आशा गरेको वार्ड नं २ र ३ झिनो मतले जित्न सकिएन,” उहाँले लेख्नुभएको छ । उहाँले अघिल्लो पल्ट जितेको वडा नं. ४ दधिकोटमा थोरै मतले पराजित भएर मिश्रित परिणाम आएको उल्लेख गर्दै लेख्नुभएको छ, “अब मत गन्न बाँकी ५, ६, ७, ८, ९ र १० सबै वडाहरू र मेयर उपमेयर राम्रैसँग जितिने सम्भावना रहेको छ ।”
    चाँगुनारायण नगरपालिकामा पनि विगतमा कांग्रेसले जितेको १ र २ नं वडा जित्ने लक्ष्यमा झिनो मतले पराजित भएको र पहिला जितेको वार्ड नं ६ मा पराजित भएको उल्लेख गर्दै मेयर उपमेयर जित्ने आशा व्यक्त गर्नुभएको छ ।
    “अब मेयर र उपमेयरको अग्रता बढेको छ । बाँकी वडाहरू ७, ८ र ९ को परिणाम राम्रो आउने र मेयर उपमेयर जित्ने सम्भावना छँदैछ”, उहाँले लेख्नुभएको छ, “जे होस् यो परिणाममार्फत जनताले दिएको आदेश स्वीकार गरेर हामीभित्र जान अन्जानमा भएका भएका कमजोरी हटाएर अझ सशक्त ढंगले अगाडि बढ्दै जनताको सेवामा आउनेछौँ ।”

  • मध्यपुर थिमि ७ मा नेकपा एमालेका प्रजापति विजयी, प्रमुखको श्रेष्ठको अग्रता कायम

    भक्तपुर, जेठ ३
    मध्यपुर थिमि वडा नं. ७ को वडा अध्यक्षमा नेकपा एमालेका कृष्णकुमार प्रजापति निर्वाचित भएको छ । वडा नं. ७ को अन्तिम मत परिणाम अनुसार प्रजापति नेपाली कांग्रेसका दिनेश घजुलाई ३२ मतले पछि पार्दै वडाअध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रजापतिले १ हजार २६६ र घजुले १ हजार २३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत मैंयाँ कँडेलले जानकारी दिनुभयो ।
    प्रजापति यसअघि पनि वडाअध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०७४ मा एमालेको बागी उम्मेदवारको रुपमा स्वतन्त्रबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसबेला पनि प्रजापतिले घजुलाई नै पराजित गरेको थियो ।
    वडा सदस्यमा मिश्रित परिणाम आएको छ । चार वडा सदस्यहरु मध्ये दुई जना नेपाली कांग्रेस र दुई जना नेकपा एमालेका विजयी भए । वडाको महिला सदस्यमा नेपाली कांग्रेसका सुजाता बाडे १ हजार १६१ र दलित महिला सदस्यमा कांग्रेसका शर्मिला विश्वकर्मा १ हजार १८१ मत ल्याएर निर्वाचित हुनुभयो भने खुल्ला दुई सदस्यमा नेकपा एमालेका भक्तराज खत्री १०५० र योगेन्द्र कुमार दुवाल १०७८ मतका साथ निर्वाचित हुनुभयो ।
    यसैगरी मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले फराकिलो अग्रता लिएको छ । वडा नं. ७ सम्मको मत गणनामा सुरेन्द्रले १२ हजार ७१८ मतका अग्रता लिनुभएको छ । उहाँले निवर्तमान प्रमुख समेत रहनुभएका नेकपा एमालेका मदनसुन्दरु श्रेष्ठले ९ हजार १०८ मतका साथ पछ्याई रहनुभएको छ । उहाँहरु बीचको मतान्तर ३ हजार ६१० रहेको छ । अब वडा नं. ८ को ३ हजार ३ र वडा नं. ९ को २ हजार ७४७ मत मात्र गन्न बाँकी रहेको छ ।
    त्यस्तै उपप्रमुखमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले आप्mनो अग्रतालाई कायम राख्नुभएको छ । उहाँले १० हजार ५१२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिष्पर्धी नेकपा एमालेकी उत्तरा नेपालले ७ हजार ५८२ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर २ हजार ९३० रहेको छ ।

  • मध्यपुर थिमिमा गठबन्धनलाई फराकिलो अग्रता, वडा नं. ५ र ६ मा कांग्रेस विजयी

    भक्तपुर, जेठ ३
    मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनले फराकिलो अग्रता बनाएको छ । मध्यपुर थिमि नगरपालिकाको ९ वटा वडा मध्ये हालसम्म ६ वटा वडाको मतगणना सकिएको छ । नगरको ३ वटा वडाको मत गणना बाँकी छँदैं गठबन्धनले फराकिलो अग्रता बनाएको हो ।
    मध्यपुर थिमिमा कुल खसेको ३१ हजार ४१० मत मध्ये वडा नं. १ देखी ६ सम्मको २२ हजार मत गणना भइसकेको छ । अब गणना गर्न बाँकी करिव ११ हजार मत रहेको छ । वडा नं. ६ सम्मको मत गणनामा गठबन्धनका प्रमुख उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ३ हजार ४९८ मतको अग्रता लिनुभएको छ । उहाँको ११ हजार ३०५ मत भएको छ भने उहाँलाई निवर्तमान नगर प्रमुख समेत रहनुभएका नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले ७ हजार ८०७ मतका साथ पछ्याई रहनुभएको छ ।
    त्यस्तै गठबन्धनका उपप्रमुख उम्मेदवार नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ९ हजार ६५९ मतसहित अग्रता लिनुभएको छ । उहाँलाई नेकपा एमालेकी उत्तरा नेपालले ६ हजार ४८५ मतले पछ्याई रहनुभएको छ ।
    यसैबीच मध्यपुर थिमि नगरपालिकाको वडा नं. ५ र ६ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । गएराती सम्पन्न मतगणनाको परिणाम अनुसार मध्यपुर थिमि वडा नं. ५ मा नेपाली कांग्रेसका बालकृष्ण श्रेष्ठ र वडा नं. ६ मा ज्ञानदास प्रजापति वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले २ हजार ३६२ मत ल्याए भने उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका राधेश्याम प्रजापतिले १ हजार ३९३ मत प्राप्त गर्नुभयो ।

    वडा नं. ५ को वडा सदस्यहरु मध्ये महिला सदस्यमा नेकपा एमालेकी कमला प्रजापति १५८८, खुल्ला सदस्यमा कांग्रेसका राजभाई प्रजापति १९३० र एमालेका सुरेन्द्र भासिमा १९२१ मतका साथ निर्वाचित हुनुभयो । यहाँ दलित महिला सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएको थियो ।
    त्यस्तै वडा नं. ६ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका ज्ञानदास प्रजापति १ हजार ७२३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले १ हजार २९ मत ल्याएनुभयो । वडा सदस्यहरुमा नेपाली कांग्रेसका अरुणा नकर्मी १६४५, रामचन्द्र थापामगर १३७०, दलित महिला सदस्यमा सिता विश्वकर्मा १७१५ र एक सदस्यमा माओवादी केन्द्रका तुलसीराम प्रजापति ११६४ मतका साथ निर्वाचित भए ।

     

  • अहिलेसम्म अन्तिम परिणाम घोषणा भएका मध्ये कांग्रेसले जितेका पालिकाहरु

    वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अहिलेसम्म १३१ पालिकाको अन्तिम मतपरिणाम आएको छ । जसमध्ये नेपाली कांग्रेसले ५० पालिकामा प्रमुख÷अध्यक्ष जित्दै पहिलो दल बनेको छ । कांग्रेसले ९ नगरपालिका प्रमुख र ४१ गाउँपालिकामा अध्यक्ष जितेको हो ।
    नेपाली कांग्रेस विजयी भएका पालिकाहरू ः
    १. मनाङको नार्पा भूमी गाँउपालिकाः कोन्जो तेन्जीङ लामा

    २. मनाङको नासोँ गाउँपालिकाः धनबहादुर गुरुङ
    ३. मुस्ताङको घरपोझङ गाउँपालिकाः मोहनसिंह लालचन

    ४. गुल्मीको रेसुङ्गा नगरपालिकामाः खिलध्वज पन्थी

    ५. गन्यापधुरा गाउँपालिका– अध्यक्ष ईन्द्रबहादुर कार्की

    ६. गुल्मीको गुल्मीदरबार गाउँपालिकाः अध्यक्ष सरोजकुमार थापा

    ७. डोटीको बडीकेदार गाउँपालिकाः अध्यक्ष भैरवबहादुर साउद

    ८. हुम्लाको खार्पुनाथ गाउँपालिकाः अध्यक्ष कर्णबहादुर रावल

    ९. बागलुङको तमानखोला गाउँपालिकाः अध्यक्ष जोकलाल बुढा

    १०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाः अध्यक्ष भरत रोकाया

    ११. सोलुखुम्बुको लिखु पिके गाउँपालिकाः अध्यक्ष मीनादेवी कार्की

    १२. संखुवासभाको सभापोखरी गाउँपालिकाः अध्यक्ष भीमबहादुर लिम्बू

    १३. सल्यानको कुमाख गाउँपालिकाः अध्यक्ष मानबहादुर बुढाथोकी

    १४. बैतडीको शिवनाथ गाउँपालिकाः अध्यक्ष कर्णसिंह साउद

    १५. दैलेख भैरवी गाउँपालिकाः अध्यक्ष रिता शाही

    १६. लमजुङको दूधपोखरी गाउँपालिकाः अध्यक्ष धनप्रसाद गुरूङ

    १७. बागलुङको गलकोट नगरपालिकाः मेयर भरत शर्मा

    १८. तेह्रथुमको फेदाप गाउँपालिकाः अध्यक्ष केशवप्रसाद भेटवाल

    १९. पाँचथरको कुम्मायक गाउँपालिकाः अध्यक्ष वंमप्रसाद लावती

    २०. कास्कीको माछापुच्छ्रे गाउँपालिकाः अध्यक्ष मीनबहादुर गुरूङ

    २१. सोलुखुम्बुको सोताङ गाउँपालिकाः अध्यक्ष खिलराज बस्नेत

    २२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाः अध्यक्ष निमा ग्याजेङ शेर्पा

    २३. डडेल्धुराको नवदुर्गा गाउँपालिकाः अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी

    २४. अछाम ढाकरी गाउँपालिकाः अध्यक्ष प्रकाशबहादुर साउद

    २५. ताप्लेजुङको मेरिङदेन गाउँपालिकाः अध्यक्ष युक हां वीर हांगाम

    २६. रसुवाको आमाछोदिङ गाउँपालिकाः अध्यक्ष बुचुङ तामाङ

    २७. म्याग्दीको रघुगंगा गाउँपालिकाः अध्यक्ष भवबहादुर भण्डारी

    २८. अछामको कमलबजार नगरपालिकाः मेयर यज्ञप्रसाद ढकाल

    २९. प्युठानको ऐरावत गाउँपालिकाः नवीलविक्रम शाह

    ३०. डोटीको आदर्श गाउँपालिकाः अध्यक्ष गणेशबहादुर खड्का

    ३१. धनकुटाको सागुरीगढी गाउँपालिकाः अध्यक्ष जीतेन्द्र राई

    ३२. सल्यान त्रिवेणी गाउँपालिकाः अध्यक्ष खिमबहादुर राउत

    ३३. बझाङको मस्टा गाउँपालिकाः अध्यक्ष ज्ञानबहादुर बोहरा

    ३४. सर्लाहीको धनकौल गाउँपालिकाः अध्यक्ष रामाश्रेय साह

    ३५. खोटाङको केपिलासगढी गाउँपालिकाः समिर राई

    ३६. गोरखाको आरूघाट गाउँपालिकाः अध्यक्ष राजु गुरूङ

    ३७. भोजपुरको अरूण गाउँपालिकाः अध्यक्ष शालिकराम खत्री

    ३८. दक्षिणकाली नगरपालिकाः मेयर मोहन बस्नेत

    ३९. दाङको बंगलाचुली गाउँपालिकाः अध्यक्ष तुलसीराम पुन

    ४०. तेह्रथुमको आठराई गाउँपालिकाः अध्यक्ष दिलकुमार पाहिम
    ४१. रोल्पाको गंगादेव गाउँपालिकाः अध्यक्ष हरीबहादुर पुन

    ४२. कालिकोटको तिलागुफा नगरपालिकाः अध्यक्ष शंकरप्रसाद उपाध्यय

    ४३. सर्लाहीको हरिपुर नगरपालिकाः मेयर गोपाल पञ्जियार

    ४४. अछाम बान्नीगढी जयगढ गाउँपालिकाः अध्यक्ष टेकबहादुर साउँद

    ४५. बझाङ बुंगल नगरपालिकाः मेयर जयबहादुर धामी

    ४६. संखुवासभा खाँदबारी नगरपालिकाः मेयर महेश थपलिया

    ४७. दैलेख महाबु गाउँपालिकाः अध्यक्ष लक्ष्मण गुरूङ

    ४७. डोल्पा ठूलोभेरी नगरपालिकाः मेयर स्वर्णबहादुर बुढा

    ४८. दाङको राजपुर गाउँपालिकाः अध्यक्ष सरद बुढाथोकी

    ४९. जुम्ला हिमा गाउँपालिकाः अध्यक्ष लक्ष्मण शाही

    ५०. गुल्मी मदाने गाउँपालिकाः अध्यक्ष महेन्द्रबहादुर कुँवर

  • भक्तपुर नगरपालिकामा नेमकिपाको क्लिन स्विप

    भक्तपुर, जेठ २
    भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पुनः क्लिन स्विप गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नगर प्रमुख र उपप्रमुख सहित नगरको १० वटै वडाका वडा अध्यक्ष र सदस्यहरु समेत जितेर नेमकिपाले दोस्रो पटक भक्तपुर नगरमा क्लिन स्विप गरेको हो । यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि नगरका सबै जनप्रतिनिधि निर्वाचित गरेर नेमकिपाले भक्तपुर नगरपालिकामा क्लिन स्विप गरेको थियो ।
    नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २ सय मतका निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राम कासुलाले ३ हजार ३५२ मत ल्याएनुभयो भने भक्तपुर नगरपालिकाले सञ्चालन गरेको मेवा देको ईटापाके जग्गा एकिकरण पिडित संघर्ष समितिका तर्फबाट प्रमुखमा उम्मेदवार बनेका सत्यराम त्वायनाले २ हजार ३४५ मत प्राप्त गर्नुभयो ।


    त्यस्तै नेकपा एमालेका रविन्द्र लाछिमस्यूले २ हजार ८३७, राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले १ हजार १३८ र नेकपा माओवादी केन्द्रका तुलसीभक्त सुवालले ७४२ मत प्राप्त गर्नुभयो ।
    त्यसैगरी उपप्रमुखमा नेमकिपाकी रजनी जोशी २९ हजार ६९५ मतसहित निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी रञ्जना चापागाईं खर्वुजाले २ हजार ७८४ मत प्राप्त गर्नुभयो ।
    त्यस्तै वडा नं. १ मा श्यामकृष्ण खत्री २१४३, वडा नं. २ मा हरि प्रसाद बासुकला २६२५, वडा नं. ३ मा राजकृष्ण गोरा २४४०, वडा नं. ४ उपेन्द्र सुवाल ३५६२, वडा नं. ५ मा योगेन्द्रमान बिजुक्छें २७७६, वडा नं. ६ मा हरि राम सुवाल ३२२९, वडा नं. ७ मा उकेश कवाँ ३९६९, वडा नं. ८ मा कृष्ण प्रसाद कोजू २२८०, वडा नं. ९ मा रविन्द्र ज्याख्व ४२२८ र वडा नं. १० मा लक्ष्मी प्रसाद ह्यौंंमिखा २६२६ मतका साथ विजयी हुनुभयो ।

     

  • मध्यपुर थिमि वडा नं. ४ मा नेकपा एमालेका बालकृष्ण विजयी, उपप्रमुखमा विजयकृष्णले उत्तरालाई पछि पारे

    भक्तपुर, जेठ २
    मध्यपुर थिमि वडा नं. मा नेकपा एमालेका बालकृष्ण श्रेष्ठ वडाअध्यक्षमा विजयी हुनुभएको छ । वडा नं. ४ को कुल गणना भएको ४८११ मत मध्ये बालकृष्ण १९३५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पूर्णकृष्ण श्रेष्ठले १६६५ मत ल्याउनुभएको निर्वाचन अधिकृत मैंया कँडेलले जानकारी दिनुभयो ।
    त्यसैगरी वडा सदस्यहरुमा पनि नेकपा एमालेका दुई जना निर्वाचित हुनुभएको छ भने एक सदस्य भने कांग्रेसका विजयी हुनुभएको छ । वडा सदस्यहरु मध्ये महिला सदस्यमा नेकपा एमालेकी रामकेशरी श्रेष्ठ १८७५ र खुल्ला सदस्यमा मदनकृष्ण श्रेष्ठ १८३१ मत ल्याई निर्वाचित हुनुभयो भने अर्का सदस्यमा नेपाली कांग्रेसका उमेश बोडे श्रेष्ठ १७७४ मत ल्याई निर्वाचित हुनुभयो ।


    यसैगरी वडा नं. ४ को अन्तिम परिणामसँगै नगर प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले अग्रता थप बजबुद बनाएको छ । पछिल्लो मत परिणाम अनुसार सुरेन्द्रले ७४३२ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले ४९१५ मत प्राप्त गर्नुभएको छ ।
    त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले आप्mनो गृह वडाको रुपमा रहेको वडा नं. ४ बाट भारी मत ल्याएपछि नेकपा एमालेकी उत्तरा नेपाललाई पछि पार्नुभएको छ । श्रेष्ठले ५९१८ मतका अग्रता लिनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी नेपालले ४५१३ मत प्राप्त गर्नुभएको छ । वडा नं. १, २ र ३ को मत परिणाम अनुसार उपप्रमुखमा नेपालले ६७८ मतले अग्रता लिइरहनुभएको थियो । वडा नं. ४ बाट मात्रै ३०२७ मत ल्याएपछि उपप्रमुखका उम्मेदवार श्रेष्ठले नेपाललाई १४०५ मतले पछि पार्नुभएको हो ।

     

  • ललितपुर महानगरमा चिरिबाबुलाई दोब्बर अग्रता

    ललितपुर, जेठ २
    ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको दोब्बर अग्रता बनाएका छन् । पछिल्लो मतगणनामा महर्जनले ३३६२ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्याञ्जनकारले १२७५ मत प्राप्त गरेका छन ।
    ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच जारी मतगणनामा उपमेयरका नेकपा एमालेकी मञ्जली शाक्यले ८४४ मतले अग्रता लिनुभएको छ भने गठबन्धनका बाबुराज बज्राचार्यले ४९७ मत प्राप्त गर्नुभएको छ ।

  • एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानल विजयी

    भक्तपुर, जेठ २
    नेकपा एमाले अध्यक्ष के पी शर्मा ओलीको गृह वडा सूर्यविनायक नगरपालिका वडा २ बालकोटमा प्यानलै नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन । गएराती सम्पन्न सूर्यविनायक २ को मतगणनाको अन्तिम मत परिणाम अनुसार वडा अध्यक्षमा नेपाली कांग्रेसका प्रदिप कार्की १ हजार ५११ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका विश्वराज बिष्टले १ हजार ३०५ मत प्राप्त गर्नुभयो ।
    वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी हुनुभयो । प्राप्त मत परिणाम अनुसार महिला वडा सदस्यमा कल्पना खतिवडा १ हजार ५२१, दलित महिला सदस्यमा रञ्जिता त्रिखत्री १ हजार ५१७, खुल्ला सदस्यमा जनार्दन खड्का १ हजार ४७६ र भगत रानाभाट १ हजार ४२४ मतका साथ विजयी हुनुभयो ।
    यस वडामा २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका कमलनाथ आचार्य झिनो मतले वडाअध्यक्षमा विजयी हुनुभएको थियो ।
    यसैगरी सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । यहाँ कांग्रेसका निशान ढुंगेलले ३ हजार १३१ मतका साथ अग्रता कायम राखेको हो । नेकपा एमालेका बासुदेव थापाले २ हजार ७६० मतका साथ ढुंगेललाई पछ्याई रहनुभएको छ ।
    उपप्रमुखमा भने नेकपा एमालेकी सरिता भट्टराई ले अग्रता लिनुभएको छ । उहाँले २ हजार ८२३ मत पाउँदा नेकपा एकिकृत समाजवादीका श्यामसुन्दर बस्नेतले १ हजार ९४८ मत पाउनुभएको छ ।

     

  • मध्यपुर थिमि ३ मा कांग्रेस विजयी, नगरप्रमुखमा कांग्रेसका श्रेष्ठ अग्रता बढाउँदैं

    भक्तपुर, जेठ १
    मध्यपुर थिमि नगरपालिका वडा नं. ३ मा पनि नेपाली कांग्रेस विजयी भएको छ । बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार वडा नं. ३ मा कांग्रेसका कृष्णहरी आचार्य अत्याधिक बहुमतका साथ निर्वाचित हुनुभएको छ ।
    कुल ३ हजार ५६८ मत खसेको यस वडामा आचार्यले २ हजार २५२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका होमनाथ ढुंगेलले ८५० मत प्राप्त गर्नुभयो ।
    यस्तै वडा सदस्यहरुमा कांग्रेसका गणेशराम कुटु १६३१, महिला सदस्यमा कांग्रेसकी विनु केसी १७५६, दलित महिला सदस्यमा कांग्रेसकी निर्मला परियार १३५१ मत सहित निर्वाचित हुनुभयो भने एक सदस्यमा नेकपा एमालेका रविन्द्रनाथ न्यौपाने ११३३ मतले निर्वाचित हुनुभयो ।
    यसअघि कांग्रेसले १ र २ वडामा पनि विजय हासिल गरिसकेको छ । मध्यपुर थिमि–१ को वडाअध्यक्षमा काँग्रेसका बाबुकाजी डंगोल र २ वडामा श्रीकृष्ण श्रेष्ठ विजयी भइसकेका छन् । अहिले नगरको वडा नं. ४को मतगणना शुरू भएको छ ।
    यसैबीच मध्यपुर थिमि नगर प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले अग्रता बढाएका छन् । नगरको तीन वडाको मतगणना सकिँदा श्रेष्ठले ४८११ मत र उनका निकटम प्रतिद्धन्द्धी एमालेका मदन सुन्दर श्रेष्ठले ३०९० मत ल्याउनुभएको छ ।
    यस्तै उप प्रमुखमा एमालेकी उत्तरा नेपालले ३५६९ मत ल्याउनुभएको छ भने माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले २८९१ मत पाउनुभएको छ । मध्यपुर थिमिमा कुल खसेको ३१ हजार ४५३ मत मध्ये हालसम्म तीन वटा वडाको ९ हजार १६८ मत गणना भएको छ ।

     

  • भक्तपुर नगरपालिका २ मा नेमकिपाको प्यानल निर्वाचित

    भक्तपुर, जेठ १
    भक्तपुर नगरपालिकामा–२ मा नेमकिपाको प्यानलनै जीत भएको छ । गत बैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम अनुसार भक्तपुरको वडा नं. २ को अध्यक्षमा नेमकिपाको हरिप्रसाद बासुकलाको प्यानलै जीत भएको हो ।
    बासुकलाले २ हजार ५९९ मत ल्याई विजयी हुँदा उहाँका निकटम प्रतिद्धन्द्धी देको मिवा ईंतापाके जग्गा एकीकरण संघर्ष समितिकातर्फबाट स्वतन्त्र उठेका सन्चज्ञान याकामीले ८ सय ५३ मत ल्याएको भक्तपुरका सुचना अधिकारी भिम बिसीले जानकारी दिनुभयो ।
    त्यसैगरी भक्तपुर नपाको मतगणनामा नेमकिपाले अग्रता कायम गरेको छ । जसमध्ये नेमकिपाको नगरप्रमुखमा सुनिल प्रजापतिले ११ हजार ४०१ मत प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले २०३६, नेकपा एमालेका रविन्द्र्र लाछिमस्युले १३४४, नेकपा माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ३८८ र स्वतन्त्रतर्फबाट सत्यराम त्वायनाले १२२५ मत प्राप्त गरेका छन ।
    उपप्रमुखमा नेमकिपाका रजनी जोशीले ११ हजार ५९५ गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टीका ओमचरण अमात्यले ११९९, नेकपा माओवादी केन्द्रका इन्द्रमाया सुवालले ४५३, नेकपा एमालेका रञ्जना चापागाई खर्बुजाले १४५२ मत प्राप्त गरेको छ ।