Category: राजनीति

  • भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा थापामगर, २ मा श्रेष्ठ विजयी

    भक्तपुर, मंसिर ८
    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका किरण थापामगर र २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ ।
    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मा डा. श्रेष्ठ ८ हजार ३४१ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठले ८ हजार ३१ मत प्राप्त गर्नुभयो । डा. श्रेष्ठलाई चन्दनकृष्णलाई ३१० मतले पराजित गरेको हो । डा. श्रेष्ठ यसअघि २०७४ मा एमालेका उम्मेदवारका रुपमा प्रदेश सभामा निर्वाचित भएका थिए ।
    यस्तै नेमकिपाका रमेश वैद्यले ६ हजार ८३१, राप्रपाका पञ्चकृष्ण श्रेष्ठले ३ हजार ७५०, स्वतन्त्र उम्मेदवार प्रेमनाथ श्रेष्ठले ५०६, राप्रपा नेपालका श्रीकृष्ण नेपालले ३२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।


    यसैगरी भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका किरण थापामगर विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विष्णुराज कार्कीलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको हो ।
    थापामगरले १५ हजार २४२ र कार्कीले ११ हजार ९३५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै राप्रपाका विक्रम थापाले ४ हजार २७०, नेमकिपाका सरोजराज गोसाईंले ३ हजार ८६, हाम्रो नेपाली पार्टी लौरो चिन्हका उद्धवकुमार घिमिरेले ५०३ र राप्रपा नेपालका उमेश बिष्टले २०० मत प्राप्त गरेको छ ।

     

  • भक्तपुर २ मा लोकतान्त्रिक बाम गठबन्धनका थापा विजयी

    भक्तपुर, मंसिर ८

    भक्तपुर क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा विजयी हुनुभएको छ । गएराती सम्पन्न मतगणनामा थापा २४ हजार २ सय ३९ मतका विजयी हुनुभएको हो ।
    उहाँका निकतम प्रतिष्पर्धी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गर्नुभयो । थापाले बस्नेतलाई ९५७ मतान्तरले पछि पार्नुभएको हो । त्यसैगरी नेमकिपाका अनुराधा थापामगरले ७ हजार १२७, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४ हजार ९८, राप्रपाका मोहन केसीले २ हजार ५६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    २०७४ को निर्वाचनमा बस्नेत नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतान्तरले पराजित गरी भक्तपुरमा पहिलो पटक एमालेको विजयको झण्डा फहराउन सफल भएको थियो । त्यतिबेला बस्नेतले ३६ हजार ४१२ मत पाउनुभएको थियो ।
    बस्नेत २०७० को संविधानसभा निर्वाचनमा पनि पराजित हुनुभएको थियो । २०७० मा बस्नेतले १६ हजार २८ मत पाउँदा तेस्रो हुनुभएको थियो भने कांग्रेसका रामेश्वर ढुंगेल २१ हजार १२१ मतले विजयी हुनुभएको थियो ।
    बस्नेतको पराजयसँगै भक्तपुर क्षेत्र नं. २ मा एउटै व्यक्ति र पार्टीले लगातार जित हासिल गर्न नसकेको इतिहास कायम भएको छ । २०४६ मा प्रजातन्त्र पुनःस्थापनासँगै सम्पन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा दलहरुले आलोपालो जित्दै आएका छन । त्यसैगरी एउटै उम्मेदवारले दोहोर्याएर जित्न सकेको छैन ।
    २०४८ मा कांग्रेसका जगन्नाथ आचार्यले जितेको भक्तपुर क्षेत्र नं. २ मा २०५१ मा नेमकिपाका आशाकाजी बासुकलाले जिते । २०५६ मा पुनः कांग्रेसका लेखनाथ न्यौपानेले जितेको थियो भने २०६४ मा नेमकिपाका सुनिल प्रजापतिले जित्नुभयो । । प्रजापतिले कांग्रेसका लेखनाथ न्यौपानेलाई पराजित गर्नुभएको थियो । २०७० मा कांग्रेसका रामेश्वर ढुंगेलले नेमकिपाका सुनिल प्रजापतिलाई पराजित गरेका थिए ।

  • भक्तपुर क्षेत्र नं. २, थापा र बस्नेतबीच मतान्तर ७७७

    भक्तपुर, मंसिर ७
    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभाको निर्वाचन परिणाम रोचक बन्दै गएको छ । बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा र नेकपा एमालेका महेश बस्नेतबीच कडा प्रतिष्पर्धा देखिएसँगै मत परिणाम रोचक बन्दै गएको हो ।
    प्राप्त पछिल्लो परिणाम अनुसार थापा र बस्नेतबीच ७७७ मतान्तर भएको छ । थापाको मत २३ हजार ५० पुगेको छ भने बस्नेतले २२ हजार २७३ मत भएको छ ।
    यसैगरी नेमकिपाका अनुराधा थापामगर ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ८२८ र राप्रपाका मोहन केसी २ हजार ४५६ मत प्राप्त गरेको छ । भक्तपुर २ मा ६२ हजार २०४ मत गणना भइसकेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो । बदर मत संख्या एक हजार ९९६ पुगेको छ ।

     

  • भक्तपुर क्षेत्र नं. २, अग्रता बढाउँदैं थापा

    भक्तपुर, मंसिर ७
    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाएको छ । सार्वजनिक पछिल्लो मत परिणाम अनुसार थापाले २२ हजार ६९४ मत प्राप्त गरेको छ ।
    उहाँका निकतम प्रतिष्पर्धी नेकपा एमालेका महेश बस्नेतले २२ हजार ६ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो । थापा र बस्नेतबीचको मतान्तर ६८८ रहेको छ ।
    यसैगरी नेमकिपाका अनुराधा थापामगर ६ हजार १६६, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ७९२ र राप्रपाका मोहन केसी २ हजार ४१५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पराजुलीले बताउनुभयो ।

     

  • भक्तपुर क्षेत्र नं. २ प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतगणना पुनः शुरु

    भक्तपुर, मंसिर ७
    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना पुनः शुरु भएको छ । समानुपातिकको पनि प्रत्यक्षसँगै समानान्तर रुपमा गणना गर्ने निर्वाचन आयोगको परिपत्रका कारण निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्षतर्फको मतगणना स्थगित गरेको थियो ।
    निर्वाचन अधिकृत लोकनाथ पराजुलीले प्राविधिक कारण प्रत्यक्षतर्फको मतगणना रोकिएको जस्तो देखिएपनि वास्तवमा त्यस्तो नभएको र मतगणना सहज ढंगले अघि बढेको बताउनुभयो । उहाँले मतगणना रोकिएको भन्ने हल्ला निराधार भएको र विवादरहित रुपमा निरन्तर सञ्चालन भइरहेको बताउनुभयो । उहाँले मतगणनाका लागि एक स्थान थप गरिएको र प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको मतगणना भइरहेको जानकारी दिनुभयो ।
    निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले मतगणनाका क्रममा विभिन्न स्थानमा प्रत्यक्षको मतपत्र समानुपातिक र समानुपातिकको मतपत्र प्रत्यक्षतर्फको बाकसमा खसालेको भेटिएको र त्यसैका कारण विवाद उत्पन्न भएकोले मतगणनालाई विवादरहित बनाउन आयोगले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना समानान्तररुपमा लैजान परिपत्र गरिएको बताउनुभयो ।
    मतगणना रोकिएपछि लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापा मतगणना स्थल बोडेको कृषि विकास तालिम केन्द्र पुगेर मतगणना सुचारु गर्न आग्रह गरेका थिए । उहाँले निर्वाचन अधिकृतले मतगणनालाई प्रभावित बनाउन खोजेको आरोप लगाउँदै उनको नियतमाथि शंका व्यक्त गर्नुभयो । “कुनै विवाद छैन । मतगणना सूचारु भइरहेको अवस्थामा अहिले आएर समानुपातिक पनि गन्नुपर्छ भन्दै प्रत्यक्ष तर्फको गणना नगर्ने कार्य आपत्तिजनक छ,” उहाँले भन्नुभयो, “मतगणना तुरुन्त सुचारु गरियोस ।”
    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापा र नेकपा एमालेका महेश बस्नेतबीच कडा प्रतिष्पर्धा चलिरहेको छ ।
    पछिल्लो घोषित मत परिणाम अनुसार थापा बस्नेत भन्दा ६०५ मतले अघि छन । थापाले २२ हजार २४८ मत प्राप्त गर्नुभएको छ भने बस्नेतले २१ हजार ६४३ मत प्राप्त गर्नुभएको छ ।

     

     

     

     

  • भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाका सुवालको फराकिलो अग्रता

    भक्तपुर, मंसिर ७
    भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले फारकिलो अग्रता बनाउनुभएको छ । प्राप्त पछिल्लो परिणाम अनुसार सुवालले निकतम प्रतिष्पर्धी नेकपा एमालेका नवराज गेलालसँग १३ हजार ७८० मतको फारकिलो अग्रता बनाउनुभएको हो ।
    सुवालले २४ हजार ६१६ र गेलालले १० हाजर ८३६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले जानकारी दिनुभयो । त्यसैगरी राप्रपाका भरतबहादुर खड्काले ८ हजार ५४३ मतसहित तेस्रो, सत्ता गठबन्धनका सुनिल गोठेल ४ हजार ५४३ मतले चौथो स्थानमा छन ।

     

     

  • भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा २ राजेन्द्रमानलाई ९६ मतको अग्रता

    भक्तपुर, मंसिर ७
    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमिमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले झिनो मतको अग्रतालाई कायम राख्नुभएको छ । पछिल्लो मत परिणाम अनुसार कलम चिन्हका राजेन्द्रमान प्रतिष्पर्धी नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठ भन्दा ९६ मतले अघि रहनुभएको छ ।
    राजेन्द्रमानले ५ हजार ६०३ मत प्राप्त गर्नुभएको छ भने चन्दनकृष्णले ५ हजार ५०७ मत प्राप्त गर्नुभएको छ ।
    यस्तै नेमकिपाका रमेश वैद्यले ४ हजार ४७५, राप्रपाका पञ्चकृष्ण श्रेष्ठले २ हजार ६८५, राप्रपा नेपालका श्रीकृष्ण नेपालले २०५ मत प्राप्त गरेका छन ।

     

  • भक्तपुर १ को प्रदेश १ मा कांग्रेसका सुरेश श्रेष्ठ बिजयी

    भक्तपुर, मंसिर ७
    भक्तपुर क्षेत्र नं १ को प्रदेश सभा १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस सुरेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले ९ हजार ४ सय २४ मत प्राप्त गरेको मूख्य निर्वाचन कार्यालयले जनाएको छ ।
    उहाँका निकतम प्रतिष्पर्धी नेकपा एमालेका मोहनवीर श्रेष्ठले ८ हजार २ सय १२ मत प्राप्त गर्नुभयो । त्यसैगरी नेपाल मजदुर किसान पार्टीका मिनबहादुर बाटाले ८ हजार २ सय १ र राप्रपाका राजु कुइँकेलले ५ हजार ९ सय ४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताउनुभयो ।

     

  • भक्तपुर क्षेत्र नं. २ मा दुर्लभ थापा ७४१ मतले अघि, १० हजार १२९ मत गन्न बाँकी

    भक्तपुर, मंसिर ७
    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा झिनो मतान्तरले हार जित हुने देखिएको छ । यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेकोमा बिहान ४ बजेर ४५ मिनेटसम्म ५५ हजार ७९० मत गणना भएको छ ।
    सार्वजनिक पछिल्लो मत परिणाम अनसार लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले नेकपा एमालेका महेश बस्नेतलाई ७४१ मतले पछि पार्नुभएको छ । थापाले २० हजार ८५२ र बस्नेतले २० हजार १०९ प्राप्त गर्नुभएको छ । यहाँ १० हजार १२९ मत गन्न बाँकी रहेको छ ।
    त्यसैगरी नेमकिपाका अनुराधा थापामगर ५ हजार ६१३, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ४८९ र राप्रपाका मोहन केसी २ हजार १०२ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो ।

  • भक्तपुर २ मा थापा अघिअघि बस्नेत पछिपछि

    भक्तपुर, मंसिर ६
    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता कायम राख्नु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अहिले साँझ ९ बजे सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार थापाले १८ हजार २६१ मत प्राप्त गर्नुभएको छ ।
    उहाँ निकतम प्रतिष्पर्धी नेकपा एमालेका महेश बस्नेतको १७ हजार ४२३ मत रहेको छ । थापा बस्नेत भन्दा ८५८ मतले अघि रहेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो ।
    त्यसैगरी नेमकिपाका अनुराधा थापामगर ४४६८ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३०९१ मतका साथ चौंथो र राप्रपाका मोहन केसी १८४६ मतका साथ पाँचौं स्थानमा छन ।
    भक्तपुर २ मा ६५ हजार ९१९ मत खसेको थियो । यहाँ ४८ हजार १६० मत गणना भएको छ । भक्तपुर २ मा हालसम्म एक हजार ५३७ मत बदर भएको पराजुलीले बताउनुभयो ।