Category: राजनीति

  • एमालेको समानुपातिक सांसदमा एकनाथ ढकालदेखि सुनीता बरालसम्म

    भक्तपुर, मंसिर २४
    नेकपा एमालेले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको ३४ सांसदहरुको नाम टुंग्याएको छ । एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा १२ पुरुष र २२ महिला गरी ३४ जना नाम चयन गरेको हो ।
    एमालेले चयन गरेका सांसदहरुको नामावली यसप्रकार रहेको छ ः
    आदिवासी जनजातितर्फ ः
    पुरुष तर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, महिला तर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा ।
    खसआर्यतर्फ ः
    पुरुष ः रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही ।
    महिला ; मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल ।
    थारु ः आश्माकुमारी चौधरी, शान्ति चौधरी ।
    दलित ः ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा
    मधेशी ः गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया ।
    मुस्लिम ः सराज अहमद खान

     

  • भक्तपुरकी कोइरालासहित कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद

    भक्तपुर, मंसिर २४
    नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फको सांसदहरुको नाम टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो । प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ ।
    कांग्रेसले आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी बोखिम, सिता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर र मनोरमा सेरचनको नाम चयन गरेको छ ।
    खस आर्यतर्फ अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की र प्रकाशशरण महतलाई सांसद बनाउने कांग्रेसले निर्णय गरेको छ ।
    यस्तै मधेसी तर्फ, नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगिता मण्डल, निनुकुमारी कर्ण र विमलेन्द्र निधि चयन भएका छन ।
    दलित तर्फ शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र जीवन परियारलाई सांसद चयन गरेको कांग्रेसले थारु तर्फ कल्पना चौधरी र विना कुमारी थनेत तथा मुस्लिम तर्फबाट जावेदा खातुन् जागालाई चयन गरेको छ ।

     

  • सांसदहरुले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ – अध्यक्ष नेपाल

    भक्तपुर, मंसिर २४
    नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सांसदहरुले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको कटुञ्जेस्थित सुर्यनगर टोल विकास समिति र सृजनानगर टोल विकास समितिले संयुक्त रुपमा शनिवार आयोजित जनप्रतिनिधिहरुलाई शुभकामना तथा चियापान कार्यक्रममा अध्यक्ष नेपालले सांसदहरुको काँधमा राष्ट्रिय राजनीतिको जिम्मेवारी हुने भएकोले सोही अनुसार सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको हो ।
    “प्रतिनिधि सभाका सांसदहरुको काँधमा राष्ट्रिय राजनीतिको जिम्मेवारी हुने भएकाले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर देश र देशको स्वाभिमानको रक्षा गर्ने, देशको मर्यादा माथि उठाउने र सांसद हुँ भन्ने गौरवलाई कायम राख्ने विषयमा गम्भिर ढंगले काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
    उहाँले चुनाव जित्नु मात्र ठूलो कुरा नभएको टिप्पणी गर्दै जनप्रतिनिधिहरुले जनभावना अनुरुप कार्य गर्नु ठूलो कुरा भएको बताउनुभयो । उहाँले जनप्रतिनिधि आफुप्रति इमान्दार र जनताप्रति जिम्मेवार हुनुपर्ने बताउँदैं जनताप्रति सेवाको भावनाले काम गर्ने, जनताको आवाज सुन्ने र उनीहरुको आवाजलाई सम्भव भएसम्म सम्बोधन गर्ने दायित्व जनप्रतिनिधिहरुले निभाउनु पर्नेमा जोड दिनुभयो । “जनताको आवाज, ती वेदना, ती पिडाहरुको सम्बोधन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
    कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राष्ट्रको नीति निर्माणमा भक्तपुरको जनताको प्रतिनिधिको हैसियतले यहाँका जनताको भावना अनुरुप जिम्मेवारी बहन गर्ने प्रतिवद्धता जनाउनुभयो । “यहाँका जनताले मलाई जुन विश्वासका साथ मत दिएर निर्वाचित गर्नुभएको छ, त्यो विश्वासलाई टुट्न दिने छैन । यहाँको समस्या समाधान गरी विकास निर्माणका कार्यको गति बढाउन संयोजनकारी भूमिका खेल्ने छु,” उहाँले भन्नुभयो ।
    बागमती प्रदेश भक्तपुर क्षेत्र नं. २ का सदस्य किरण थापाले विगतमा आफु सूर्यविनायक नगरपालिकाको जनप्रतिनिधिको रुपका कार्य गरिसकेको चर्चा गर्दै आफ्नो क्षेत्रको समस्याहरु बारे परिचित भएको र प्रदेश सभामा यहाँका समस्या समाधान गर्ने र भक्तपुरको आवश्यकता अनुरुपको नीति निर्माणमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    बागमती प्रदेश भक्तपुर क्षेत्र न. २ ख का सदस्य डा. राजेन्द्रमान श्रेष्ठले विगतमा पनि आफु जनताको माझमा रहेर कार्य गरेको र अहिले पनि सोही अनुरुप कार्य गर्ने बताउँदैं एउटा सांसदको हैसियतले जनताको शिर झुक्ने कार्य नगर्ने प्रतिवद्धता जनाउनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका सभापति एवम् सूर्यविनायक नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार रहनुभएका निशान ढुंगेलले विगतको निर्वाचनमा गरेको वाचा अनुरुप सधै जनताको बीचमा रहेर काम गर्ने र प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई पनि जनताको बीचमा बसेर काम गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

     

  • प्रतिनिधिसभाका १५८ सिटको नतिजा सार्वजनिक, कसको कति ?

    भक्तपुर, मंसिर १२
    मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्म १ सय ५८ सिटको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमा रहेको छ ।
    नेकपा एमालेले ४२ सिट जित्दै दोस्रो, नेकपा माओवादी केन्द्रले १७ सिट जित्दै तेस्रो र नेकपा एकीकृत समाजवादीले १० सिट जित्दै चौंथो स्थानमा रहेको छ ।
    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवार ७÷७ सिटमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रिय जनमोर्चाले एक एक सिटमा जित निकाल्दा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् ।
    निर्वाचन आयोगका अनुसार ४ स्थानमा मतगणना जारी रहेको छ । जसमा कांग्रेस र एमालेका उम्मेदवार दुई÷दुई ठाउँमा अग्रता लिएको छ । एमालेका उम्मेदवार धनुषा ४ मा रघुवीर महासेठ र सुनसरी ३ मा मञ्जु चौधरीले अग्रता लिएका छन् । त्यसैगरी सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र उदयपुर क्षेत्र नम्बर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका डा.नारायण खड्काले अग्रता कायम राख्नुभएको छ ।
    बाजुरामा स्थगित भएको स्थानमा पुनः मतदान सम्पन्न भइसकेको छ । दोलखाका १० केन्द्रमा पुनः मतदान गर्ने निर्णय आयोगले गरेको छ भने स्याङ्जा २ मा विवाद भएका मतदान केन्द्रको मतदान के हुने भन्ने बारे आयोगले निर्णय गर्न सकेको छैन ।

     

  • भक्तपुर २ मा लोकतान्त्रिक बाम गठबन्धनको धन्यवाद ¥याली

    भक्तपुर, मंसिर ११
    लोकतान्त्रिक बाम गठबन्धनले भक्तपुर क्षेत्र नं. २ का मतदातालाई धन्यवाद प्रदान गरेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र भक्तपुर क्षेत्र नं. २ (२)को प्रदेश सभा सदस्यमा जित हात पारेको गठबन्धनले विभिन्न स्थानमा ¥याली आयोजना गरी मतदातालाई धन्यवाद दिएको हो ।
    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका सभापति दुर्लभ थापा निर्वाचित हुनुभएको थियो भने प्रदेश सभा भक्तपुर २ (२)मा नेकपा एकिकृत समाजवादीका पोलिट्व्यूरो सदस्य डा. राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको थियो । गठबन्धनले भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ को सदस्य भने गुमाएको थियो । सो क्षेत्रमा नेकपा एमालेका किरण थापामगर निर्वाचित हुनुभएको थियो ।


    गठबन्धनले शनिवार सूर्यविनायक नगरपालिका २ बालकोटबाट धन्यवाद ¥याली निकालेको थियो भने आइतवार बिहान मध्यपुर थिमिको राधेराधेबाट निकालेको ¥यालीले वडा नं. ८ र ९ को विभिन्न भाग परिक्रमा गरेको थियो । यसैगरी आइतवार मध्यपुर थिमि वडा नं. ४ बालकुमारी चोकबाट निकालेको धन्यवाद ¥यालीले मध्यपुर थिमिको
    ¥यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद दुर्लभ थापाले पाँच वर्षे कार्यकालमा जनताको अभिमतको अवमूल्यन हुने कुनै कार्य नगर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “तपाईंले जुन विश्वासका साथ मत दिनुभएको छ, त्यप्रति धेरै आभार व्यक्त गर्दछ । तपाईंहरु ढुक्क र निश्चिन्त हुनुहोस । आगामी पाँच वर्ष तपाईंले दिएको मतको अवमूल्यन हुने कुनै काम गर्ने छैन ।”


    उहाँले समृद्ध भक्तपुर बनाउने अभियानमा जनतासँग हातेमालो गर्दै अघि बढ्ने र भ्रष्टाचारमा शुन्य सहनशिलता, सुशासनमा सधै आफु कतिवद्ध हुने अठोट गर्नुभयो ।
    त्यसैगरी प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले विगतमा आफुले शुरु गरेको विकास निर्माणलाई निरन्तरता दिँदैं गठबन्धनका दलहरुबीच सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

  • भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो, रास्वपा चौंथो

    भक्तपुर, मंसिर १०
    गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा एमाले दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो शक्ति बनेका छन ।
    प्रतिनिधि सभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२ हजार ९०४ र २ नंम्वर क्षेत्र बाट ७ हजार ८६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो । नेमकिपाले क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा १ (२)को सदस्यमा विजय हासिल गरेको थियो ।
    यस्तै प्रदेश सभामा एक सदस्य मात्र जितेको नेकपा एमालेले समानुपातिक तर्फ २६ हजार ७० मत प्राप्त गरी जिल्लामा दोस्रो ठूलो दल बनेको छ । एमालेले क्षेत्र नं. १ बाट ८ हजार १९४ र क्षेत्र नं. २ बाट १७ हजार ८७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताउनुभयो ।
    त्यसैगरी नेपाली कांग्रेसले २३ हजार ७६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बनेको छ । कांग्रेसले क्षेत्र नं. १ बाट ८ हजार ८७५ र क्षेत्र नं. २ बाट १४ हजार ८९४ मत प्राप्त गरेको बिसीले जानकारी दिनुभयो । रास्वपाले क्षेत्र नं. १ बाट ११ हजार ११० र क्षेत्र नं. २ बाट ११ हजार ८९६ मत प्राप्त गरेको छ ।
    यस्तै राप्रपा ११ हजार ३९२ मतका साथ पाँचौं ठूलो दल बने । उसले क्षेत्र नं. १ बाट ५ हजार ९०३ र क्षेत्र नं. २ बाट ५ हजार ४८९ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले क्षेत्र नं. १ बाट एक हजार ३६७ र क्षेत्र नं. २ बाट ५ हजार ४८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरी छैंटौं दल बनेको छ भने नेकपा एकिकृत समाजवादीले कुल २ हजार १५२ मत प्राप्त गरे ।

     

  • नवनिर्वाचित सांसद थापालाई बस्नेतको बधाई

    भक्तपुर, मंसिर ८
    नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतलाई नवनिर्वाचित सांसद दुर्लभ थापालाई बधाई तथा शुभकामना दिनुभएको छ । बस्नेतले थापा निवास कटुञ्जे सल्लाघारी पुगेर बधाई दिनुभएको हो ।
    सो अवसरमा बस्नेतले समृद्ध भक्तपुर बनाउने अभियानमा आफ्नो सधैं साथ र सहयोग रहने बताउनुभयो । उहाँले थापाको कार्यकालमा भक्तपुरमा विकास निर्माणको गति थप बढ्ने अपेक्षा गर्दै आम मतदाताको भावना अनुसार निष्पक्ष भएर कार्य गर्न सुझाव दिनुभयो ।
    त्यसैगरी थापाले पनि जनप्रतिनिधि कुनै पार्टी विशेष नहुने धारणा राख्दै भक्तपुरको विकास र समृद्धिमा कुनै सम्झौता नगर्ने बताउनुभयो । उहाँले आम भक्तपुरबासीको चाहना अनुसार अघि बढ्ने र आफ्ना कार्यमा सहयोग गर्न बस्नेतलाई आग्रह गर्नुभयो । सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा पनि सहभागी थिए ।
    यसैगरी प्रदेश सभा क्षेत्र नं. २ (१)मा विजयी हुनुभएका नेकपा एमालेका किरण थापा मगरलाई निकतम प्रतिष्पर्धी रहनुभएका नेपाली कांग्रेसका विष्णुराज कार्कीले पनि बधाई दिनुभएको छ । कार्कीले थापा निवास सिपाडोल पुगेर बधाई तथा शुभकामना दिनुभएको हो ।
    सो अवसरमा कार्कीले विकास निर्माणलगायतका कार्यमा रचनात्मक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विजयी थापा मगरले पनि राजनीतिमा प्रतिष्पर्धा भएपनि विकास निर्माणमा सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।

  • भक्तपुर १ को प्रदेश सभा १ मा नेमकिपाका गोसाईं भारी मतान्तरले विजयी

    भक्तपुर, मंसिर ८
    भक्तपुरको प्रदेश सभा क्षेत्र नं. १ (क)मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुरेन्द्रराज गोसाई भारी मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बिहिवार बिहान सम्पन्न मतगणनामा गोसाईंले २९ हजार ७०४ मत ल्याई विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
    गोसाईंका निकतम प्रतिष्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पवन भुजुले तीन हजार १६१ मत प्राप्त गर्नुभयो । त्यस्तै नेकपा एमालेका उम्मेदवार नारायणसुन्दर सिन्तकलाले दुई हजार ४२८, राप्रपाका रोशन नापितले १ हजार ९०५ मत प्राप्त गर्नु भएको बास्तोलाले जानकारी दिनुभयो ।

  • भक्तपुर १ मा नेमकिपाका सुवाल तेब्बर मतले विजयी

    भक्तपुर, मंसिर ८
    भक्तपुर क्षेत्र नम्बर १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल प्रतिष्पर्धी भन्दा तेब्बर मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल बिद्युत प्राधिकरणको तालिम केन्द्रमा बिहिवार बिहान सम्पन्न मतगणनामा सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताउनुभयो ।
    उहाँका प्रतिष्पर्धी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९५८ मत प्राप्त गर्नुभयो । सुवालले गेलाललाई ३० हजार ८०१ मतान्तरले पछि पार्नुभएको हो । त्यसैगरी राप्रपाका भरत बहादुर खड्काले ९ हजार ३०३ र सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका सुनिल गोठे ‘बासु’ले ५ हजार २८३ मत प्राप्त गरेको बास्तोलाले बताउनुभयो ।
    भक्तपुर १ मा २०७४ सालको निर्वाचनमा पनिसुवाल ३३ हजार ७६ मतका साथ विजयी हुनुभएको थियो । उहाँको प्रमुख प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ र माओवादी केन्द्रका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका थिए ।

     

     

  • भक्तपुरको विकासमा सबै राजनीतिक दलसँग हातेमालो गर्दै अघि बढ्छु – सांसद थापा

    भक्तपुर, मंसिर ८
    नवनिर्वाचित भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले जिल्लाको शिक्षा ,स्वास्थ्य र समग्र विकास निर्माणका प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । थापाले निर्वाचित भए लगत्तै एक प्रेस विज्ञप्ती जारी गर्दै जनप्रतिनिधि सबैको साझा भएकोले सबै मतदताहरुलाई आगामी दिनहरुमा निष्पक्ष रही सेवा गर्ने र भक्तपुरको शिक्षा, स्वास्थ्य र समग्र विकासमा प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको हो ।
    नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका थापाले संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने मूल ऐजेण्डालाई अनुमोदन गरेकोमा भक्तपुरका आम मतदातालाई धन्यवाद समेत दिनुभएको छ ।
    “मंसिर ४ गते सम्पन्न निर्वाचन मार्फत संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने हाम्रो मूल ऐजेण्डालाई आफ्नो मतबाट अनुमोदन गर्दै लोकतान्त्रिक वाम गठववन्धनका साझा उमेदवारहरुलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराइदिनु भएकोमा सबै मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु” विज्ञप्तीमा उल्ल्ेख छ ।
    थापाल भक्तपुरका मतदाताहरुले गर्नुभएको विश्वासलाई एउटा जिम्मेवारीको रुपमा लिएको र सो जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्न प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
    उहाँले निर्वाचनमा परिणामसम्म पु¥याउन विभिन्न तह र जिम्मेवारीमा रहेर मेहनत गर्नुहुने गठबन्धनमा रहेका सबै राजनीतिक दलका टोल, वडा, नगर, प्रदेश, क्षेत्र र जिल्ला समिति, भातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी एवम् सदस्य, आम जनसमूदाय, शुभेच्छुक तथा समर्थक र बुद्धिजीवि, मजदुर किसान वर्गको योगदानको उच्च कदर गर्दै आभार समेत व्यक्त गर्नुभएको छ ।
    त्यसैगरी निर्वाचनलाई सम्पन्न गर्न अहोरात्र खटिनु हुने निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सबैलाई धन्यवाद प्रदान गर्नुभएको छ ।