Category: राजनीति

  • रहेनन् मध्यपुर थिमिका बामपन्थी अभिभावक कृष्णलाल

    भक्तपुर, जेठ २६
    मध्यपुर थिमिका बामपन्थी नेता कृष्णलाल गोजा श्रेष्ठको सोमवार बिहान असामयिक निधन भएको छ । श्रेष्ठको ७३ वर्षको उमेरमा आफनै निवासमा निधन भएको हो ।
    लामो समयदेखी मधुमेहको नियमित औषधि सेवन गरिरहेका श्रेष्ठको स्वास्थ्यमा अन्य समस्या थिएन । नियमित दैनिकी जस्तै बिहान बजार गई दुध ल्याएर चिया बनाएर खाएका श्रेष्ठ आफ्नै घरको कौशीमा अचानक बेहोश भई लड्नु भएको र त्यही कारण निधन भएको पारिवारिक श्रोतले बताए ।
    मध्यपुर थिमि ४ तछुटोल निवासी श्रेष्ठ मध्यपुर थिमिका पुराना बामपन्थी नेता हुन । २०१८ सालदेखि बामपन्थी राजनीतिमा क्रियाशिल रहेका श्रेष्ठले एकता केन्द्र र जनमोर्चा हुँदै नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका थिए ।
    उहाँले वि. स २०४८ सालको स्थानीय निकायको निर्वाचनमा बालकुमारी गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचन लडेका थिए भने भक्तपुर क्षेत्र नं. २ को संसदीय निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । उहाँ नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत हुन ।
    राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल श्रेष्ठ हाल बालकुमारी विष्णुवीर सामूदायिक वन उपभोक्ता समितिको अध्यक्षको रुपमा सक्रिय थिए । उहाँ भूमि ब्यवस्था आयोग जिल्ला कार्यालय भक्तपुरका पूर्व सदस्य समेत हुनु ।
    उहाँको पार्थिव शरीरलाई सोमबार नै दधिकोटको दक्षिण बाराहीस्थित घाटमा दाहसंस्कार गरिएको छ । उहाँका दुई छोरा र दुई छोरी छन् । उहाँकी धर्मपत्नीको भने यसअघि नै निधन भइसकेको छ ।

     

  • अनेरास्ववियु मध्यपुर थिमि नगरसमितिका पूर्वअध्यक्ष विवेक भासिमासहित दर्जनौ युवा नेपाली कांग्रेसमा प्रवेश

    भक्तपुर, चैत्र १
    नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मध्यपुर थिमि नगरसमितिका पूर्वअध्यक्ष विवेक भासिमाको नेतृत्वमा एक सय भन्दा बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन ।
    नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको महाधिवेशनका लागि मध्यपुर थिमिमा जारी तरुण दलको संगठित सदस्यता वितरण एवम् यूवा भेलाका क्रममा भुलाँखेलमा आयोजित कार्यक्रममा विवेकसहितका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन ।


    काग्रेस प्रवेश गर्ने युवाहरुमा विवेकसहित निराजन प्रजापति, रिजेन शाही, सोहन श्रेष्ठ, निकेश प्रजापति, दिपेन भासिमा, अनिश प्रजापति, सोनिम अवाल, करुण श्रेष्ठ, रितेश तको, श्रीजन श्रेष्ठलगायतका छन ।
    नवप्रवेश युवाहरुलाई नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरीदास प्रजापति, नेपाल किसान महासंघ भक्तपुर सभापति ईन्द्रबहादुर प्रजापति, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजु थापालगायतले स्वागत गर्दै तरुण दलको सदस्यता समेत प्रदान गर्नुभएको थियो ।
    सो अवसरमा नगरसभापति प्रजापतिले नवप्रवेशी साथीहरुलाई उचित समयमा पार्टी र भातृ संगठनको विभिन्न जिम्मेवारी दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले यसवाहरुको प्रवेशले मध्यपुर थिमिमा कांग्रेस थप मजबुद बन्ने विश्वास व्यक्त गर्नुभयो ।

     

  • नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

    भक्तपुर, फागुन २०
    नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन हुनुभएको छ । नेमकिपाको आज (मंगलवार) सम्पन्न आठौं महाधिवेशनको आज अन्तिम दिन बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको आठौं महाधिवेशन गत फागुन १६ गते शुरु भएको हो ।
    वि. सं. २०३१ साल माघ १० गते विधिवत स्थापना भएको नेमकिपाको स्थापनाकालदेखी बिजेक्छें सर्वसम्मत अध्यक्ष रहँदै आउनुभएको छ । उमेर ८५ वर्ष पुग्नुभएका बिजुक्छेंले २०७४ को आम निर्वाचनमा संसदीय राजनीतिबाट विश्राम लिनुभएको थियो । उहाँले जित्दै आउनुभएको भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो ।
    महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति सर्वसम्मत चयन गरेको छ । यसैगरी केन्द्रीय सदस्यहरुमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाई सर्वसम्मत चयन हुनुभएको छ ।
    यस्तै रबिन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सृजना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि केन्द्रीय सदस्य चयन हुनुभएको छ ।
    महाधिवेशनले मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरुङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ ।महाधिवेशनले सात प्रदेशमा सात जना संयोजकहरु तोकेको छ । कोशी प्रदेशमा उकेश कवां, मधेशमा सुनिल प्रजापति, बागमतिमा प्रेम सुवाल, गण्डकीमा डिल्लीप्रसाद काफ्ले, लुम्विनीमा हरिसुन्दर बासी, कर्णालीमा सरोजराज गोसाई र सुदुरपश्चिममा नवराज कोइराला संयोजक तोकिएका छन । महाधिवेशनमा ५० जिल्लाहरुबाट करिव तीन सय ५० प्रतिनिधि पर्यवेक्षकहरु सहभागी भएको बताईएको छ ।
    नेमकिपाको पहिलो महाधिवेशन २०४७ पौष २८,२९ र ३० गते रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो । त्यसपछि दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२, १४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६, ७ र ८ काठमाण्डौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१, २२, २३ र २४ काठमाण्डौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३, ४ र ५ भक्तपुरमा भएको थियो ।

  • नेमकिपाको ८ औं महाधिवेशन शुक्रवार भक्तपुरमा शुरु हुने

    भक्तपुर, फागुन १५
    नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन शुक्रवारबाट भक्तपुरमा शुरु हुँदैछ । ‘देश र जनताको निस्वार्थ सेवा गरौं, समाजवादी अवधारणालाई व्यवहारमा लागू गरौं’ भन्ने मूल नाराका साथ भक्तपुरको सल्लाघारीमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन हुने नेमकिपाले जनाएको छ ।
    महाधिवेशनको उद्घाटन नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले गर्नुहुने केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताउनुभयो । महाधिवेशन उद्घाटन अघि उपत्यकाका विभिन्न ५ स्थानबाट सहभागीहरुको ¥याली निस्कने गोसाईंले जानकारी दिनुभयो ।
    उहाँका अनुसार बिहान १० बजे भक्तपुरको कमलविनायकको लाँचाफल्चा, चाँगुनारायणको पकुनेपाटी र ताथलीको पैmढोका, सूर्यविनायक चोक, मध्यपुर थिमिको बोदे चारदोबाटो र काठमाण्डौंको कोटेश्वरबाट ¥याली सुरु भई महाधिवेशन उद्घाटन स्थल सल्लाघारी जाने छ ।
    महाधिवेशनले नेमकिपाको नयाँ नेतृत्व चयन समेत गर्नेछ । वि. सं. २०३१ साल माघ १० गते विधिवत स्थापना भएको नेमकिपाको नेतृत्व अध्यक्ष नारायणमान विजुक्छें रोहितले गर्दै आइरहनुभएको छ । करिव ५ दशक नेमकिपाको नेतृत्व गर्नुभएका बिजुक्छेंको उमेर हाल साढे आठ दशक पुगी सकेको छ ।
    पार्टीको आठौं महाधिवेशनको पूर्वसन्ध्यामा नेमकिपाको नेतृत्व परिवर्तन हुन्छ की पुनः बिजुक्छेंले नै बागडोर सम्हाल्छन भन्नेमा आमचासो बढेको छ । त्यसो त नेमकिपा यस्तो विषयमा खुलेर कुरा गर्न चाहँदैन । निर्वाचनको उम्मेदवारका विषयमा होस या पार्टीको नेतृत्व, पदाधिकारी र सदस्य चयन होस अन्तिम समयमा मात्र घोषणा गर्ने नेमकिपाको परम्परा रहेको छ ।
    संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भए पश्चात सम्पन्न २०७४ को पहिलो आम निर्वाचनमा आफुले जित्दै आइरहेको भक्तपुर क्षेत्र नं. १ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएका बिजुक्छेंले संसदिय राजनीतिबाट विश्राम लिनुभएको थियो ।
    वि. सं. २०३१ साल स्थापना भएको नेमकिपाको पहिलो महाधिवेशन प्रजातन्त्र प्राप्ती पछि २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवामा भएको थियो । वि. सं. २०५१ असोज ३ र ४ गते भक्तपुरमा दोस्रो सम्मेलन भएको नेमकिपाको तेस्रो सम्मेलन भक्तपुरमा २०५५ माघ १२, १४ र १५, चौथो महाधिवशेन २०६० भदौ ११, १२ र १३ भक्तपुर, पाँचौ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाण्डौं, छैटौं महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाण्डौं र सातौ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा भएको थियो ।

     

  • भक्तपुरको विकास निर्माणका बारेमा प्रधानमन्त्री ओलीलाई साक्षी राखेर दुर्लभ थापा र महेश बस्नेतबीच जुहारी

    भक्तपुर, माघ १५
    भक्तपुरको विकास निर्माणका बारेमा प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतबीच जुहारी चलेको छ । सूर्यविनायक नगरपालिकाको प्रशासकिय भवनको सोमवार आयोजित उद्घाटन कार्यक्रममा एउटै मञ्चमा रहनुभएका कांग्रेस भक्तपुरका सभापति समेत रहनुभएका थापा र बस्नेतबीच जुहारी चलेको हो ।
    प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा ओलीलाई नै साक्षी राखेर भक्तपुरको विकासको गतिका विषयमा एक अर्काको नाम नलिई यी दुई नेताबीच एक आपसमा घोचपेच नै चलेको थियो ।
    कार्यक्रममा पहिले बोल्ने मौका पाएका पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो भन्ने खालको समाचार जबरजस्ती प्रचार गरेको र कांग्रेस एमालेको सरकार धेरै जाँदैन भन्ने ढंगले प्रचार गरिएको टिप्पणी गर्दै मन्तव्य शुरु गर्नुभएको थियो ।
    त्यसपछि उहाँले संविधान सभाको दोस्रो निर्वाचन २०७० मा उम्मेदवारीको प्रसंग कोट्याउँदैं चुनाव हारेका आफुलाई ओलीले विश्वास गरेर मन्त्री बनाएको र उद्योग मन्त्रीको रुपमा १३ महिने कार्यकालमा सेतो दौरा सुरुवालमा कुनै रंगको दाग नलगाई फर्केको बताउँदैं बस्नेतलाई चुनाव हराएर सांसद बनेका थापा मन्त्री बन्न नसकेको व्यंग्य गर्नुभयो ।
    उहाँले आफु मन्त्री भएको बेला आफ्नो क्षेत्रलाई सूर्यविनायक र अनन्तलिङ्गेश्वर गरी दुई वटा नगरपालिका बनाउँदा जनताको गाली खाएको बताउनुभयो ।
    “नगरपालिका घोषणा भएपछि स्याबासी पाईएला भनेको गाली खाईयो । किन गाली खाईयो भन्दा, न सडक छ, न ढल छ, न खानेपानी छ, न खेल मैदान छ, न व्यवस्थित स्कुल कलेज छ, न राम्रो अस्पताल छ, यस्तो ठाउँलाई नगरपालिका बनाउने ? भनेर जनताको गाली खाईयो,” उहाँले भन्नुभयो ।


    उहाँले भक्तपुरको चित्तपोलको भकारीमुलमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने अवधारणा र आफु मन्त्री हुँदा काठमाण्डौं उपत्यकामा चार वटा व्यवस्थित शहर बनाउने भनेर स्मार्ट सिटीको अवधारणा अघि बढाएको बताउनुभयो ।
    “चक्रपथ बन्यो, ललितपुर र काठमाण्डौं जोड्यो, भक्तपुर आएन । त्रिभुवन विश्वविद्यालय आएन । किर्तिपुर गयो कता गयो । भक्तपुरको कुरा सिंहदरवार पुगेन । भक्तपुरबाट जितेका जनप्रतिनिधिहरुको पहुँच सिंहदरवारमा पुग्न सकेन । बजेट नआउने,” उहाँले भन्नुभयो, “०७४ मा फेरी चुनाव लड्दा मैले भनेको थिएँ । भक्तपुरलाई सिंहदरवारमा जोड्छु, भक्तपुरको पहुँच बढाउँछु भक्तपुरमा विकासको आँधीबेहरी ल्याउँछु ।”
    उहाँले भक्तपुरमा विकास निर्माणको आँधी बेहरी ल्याएको दावी गर्दै सांसदको काम कानून र विधि विधान बनाउने मात्र नभई विकासको पहलकर्ता पनि भएको भन्दै थापा प्रति कटाक्ष गर्नुभयो ।
    “धेरैले मलाई भने सांसदले त कानून बनाउने हो । मैले भने हाम्रो जस्तो देशमा सांसद कानून निर्माता मात्र होइन विकासको पहलकर्ता पनि हो,” उहाँले भन्नुभयो ।
    उहाँले आफुले विगतमा विकासको लागि स्याण्डविचको भूमिका निर्वाह गरेको बताउनुभयो । “सूर्यविनायक र मध्यपुरमा भएका सारा विकासको जस वर्तमान र पूर्व जनप्रतिनिधिहरुलाई दिन चाहन्छु तर त्यसमा स्याण्डविच भएर महेश बस्नेतले भूमिका खेलेको छ भन्ने कुरा आम जनताले बुझेका छन ।”
    बस्नेतले अगाडि भन्नुभयो, “सूर्यविनायकका डेढसय किलोमिटर भन्दा बढी ८ मिटर, ११ मिटर र २० मिटर ९ मिटरका छन त्यो हाम्रो गौरवको विषय हो । आज सूर्यविनायका ३७ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत व्यवस्थित भवनहरु बनाएका छौं । खानेपानी बनाएका छौं । सूर्यविनायक नगर अस्पताल, चाँगुनारायण नगर अस्पताल जन्मिँदैं आइसीयु लिएर जन्मियो, क्यान्सर अस्पताललाई २ अर्व छुट्याईयो । मानव अंग प्रत्यारोपणलाई एक अर्व छुट्याईयो । विविध कारणले हामीले काम गर्न सकेनौं तर शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा हामीले चमत्कारी काम गर्यौ । सूर्यविनायकमा वर्षको ६ वटाको दरले पुल बनायौं ।”
    उहाँले आफुले चुनाव हारेपछि भक्तपुरमा विकास निर्माण ठप्प भएको दावी गर्दै भन्नुभयो, “सूर्यविनायकमा आउने हाइवे थिएन । हामीले डोलिडार मार्फत परिकल्पना ग¥यौं, मध्यपुरसम्म हनुमन्ते कोरिडोर, यता सुनकोसी जलविद्युतको परियोजनाको हाइटेनसनमा २० मिटरको सडकको परिकल्पना गर्यौ त्यसमा एडिबिले सहयोग गरेको थियो, त्यो अहिले रोकिएको छ । सिरुटारदेखी व्यासी झौखल हुँदैं थानकोट भक्तपुर प्रशारण लाईनलाई २० मिटर सडकको प्रस्ताव गर्यौ बजेटको समेत व्यवस्थापन गरेर डिपिआर बनायौं, त्यो पनि रोकिएको छ ।”
    उहाँले अहिले प्राणी उद्यान, हनुमन्ते करिडोर, बाहिरी चक्रपथ, बालकोट, रानीकोट कुसादेवी हुँदैं पनौती जाने सडकको प्रस्ताव, नगरकोट पछिको पर्यटकीय स्थल घ्याम्पे डाँडा, अनन्तलिङ्गेश्वर, काँक्राबारीलगायतका स्थानहरु जोड्ने गरी शुश्र गरिएको विकासका अलपत्र परेको बताउनुभयो ।
    उहाँले बाँकी रहेका सबै विकासका काममा पूर्व सांसद र पूर्वमन्त्रीका हैसियतले सधैं सहकार्य गर्न तयार रहेको बताउँदैं आफुले भन्दै आएको राजनीतिमा प्रतिष्पर्धा र विकासमा ऐक्यवद्धता जनाऔं भन्ने भावना अनुसार पछिल्लो चरणमा काम भयो की भएन सबैले म म भन्दै मूल्यांकन गर्न आग्रह गर्नुभयो ।
    “हाम्रो पालामा भक्तपुरमा विकासको आँधीबेहरी ल्याएका थियौं । अहिले भक्तपुरमा डेभलेपमेन्ट होली डे भनेर विकास सुतेको छ । त्यसलाई फेरी जगाउनु परेको छ । महेश बस्नेत तयार छ । सूर्यविनायक नगरपालिका तयार छ, मञ्चमा बसैका सबै तयार छ ?उहाँले थापा प्रति प्रश्न सोझ्याउँदैं मन्तव्य अन्त गर्नुभयो ।
    बस्नेत पछि मन्तव्य दिने पालो थापाको थियो । उद्घोषक रविन्द्र सापकोटाले थापालाई मन्तव्यका लागि आग्रह गर्नुभयो ।
    सो अनुसार मन्तव्य शुरु गर्नुभएका थापाले सूर्यविनायक क्षेत्रमा कटुञ्जेबाट विकास शुरु भएता पनि अहिले कटुञ्जे नै विकासमा पछाडी परेको भन्ने विषयमा जानकार रहेको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “विकास कटुञ्जेबाटै शुरु भएको हामीलाई थाहा छ । बाटो कटुञ्जेबाटै बन्न शुरु भएको थियो । खानेपानी पहिला हामीले नै बनाएका थियौं । बोर्डिङ स्कुल पहिले हामीले नै पढेका थियौं । अहिले कटुञ्जे विकासमा पछि परेको छ, त्यो हामीलाई पनि थाहा छ ।”


    उहाँले देशको आर्थिकस्थितीका बारेमा प्रधानमन्त्री, देशका तमाम बुद्धिजिवीहरु र जनप्रतिनिहिरु सबै जानकार रहेको बताउँदैं विकासले एउटा गति लिइरहेको र दावी गर्दै विकासका काम निरन्तर एउटा प्रक्रियामा रहेको र निरन्तर अगाडि बढीरहेको बताउनुभयो ।
    त्यसपछि थापाले बस्नेततर्फ इंगित गर्दै रातारात खल्तीबाट विकास ल्याएँ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने सुझाव दिनुभयो । “काँही कतै कोही जनप्रतिनिधि, कसैलाई के लाग्छ भने रातारात मैले खल्तीबाट विकास निकाले र यो विकास मैले गरें । मैले मेरो घर खेतबाट विकास गरें जस्तो लागेको छ भने यो भ्रमको खेती आजै बाट अन्त्य गर्नुपर्छ भन्ने मलाई लाग्छ,” थापाले भन्नुभयो, “हामीले हेरेका छौं । हामीले देखेका छौं र हामी निरन्तर विकासका प्रक्रियासँग जोडिएका छौं । हामी निरन्तर राजनीतिमा पनि छौं । राजनीतिमात्र गरिरहेका छैनौं राजनीतिमा प्रतिष्पर्धा मात्र गरिरहेका छैंनौं विकासमा ऐक्यवद्धता पनि गर्दै आइरहेका छौं ।”
    “विगतमा साथीहरु जनप्रतिनिधि हुनुहुन्थ्यो होला । आज म जनप्रतिनिधि छु । हिजो साथीहरु जनप्रतिनिधिहरु रहँदै गर्दा हामीले विकास निर्माणका गति र प्रक्रियामा कँही कतै साथ र सहयोग नगरेको भए एउटा कुरा रहन सक्छ । तर अहिले भक्तपुरमा विकास हरायो रे । विकास खोज्दै म सम्माननीय प्रधानमन्त्री यही हुनुहुन्छ । कहाँ नेर विकासका प्रक्रिया रोकियो । प्रधानमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु” भन्दै थापाले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भन्नुभयो, “ भक्तपुरको विकास तपाईंले कहाँनेर अड्काउनुभयो । म प्रश्न गर्न चाहन्छु ।”
    थापाले भक्तपुरमा कुनै राजनीतिक दल र नेताको लागि मात्र विकास निर्माण अडकिएको हो त्यसको जिम्मेवारी सरकारको नेतृत्व गरेको दलले लिनुपर्ने तर्क राख्नुभयो, “म तमाम भक्तपुरबासीलाई सोध्न चाहन्छु र भन्न चाहन्छु, के विकासको गति सरकारको नेतृत्व गरेको दलले लिने की नलिने ?”
    थापाले कांग्रेस र एमाले अहिले एउटै बाटोमा र सरकारमा पनि रहेकोले विकास निर्माण रोकिएको हो भने सरकारमा प्रतिनिधित्व गर्ने दलको प्रतिनिधि सभाको सदस्यको हैसियतले विकास निर्माणको गाठो कहाँ नेर अडकियो फुकाइदिन आग्रह गर्नुभयो ।
    उहाँले भन्नुभयो, “हामीले पञ्चायत नदेखेका होइनौं । विकास पञ्चायतमा पनि नभएका होइन । त्यसपछि हामीले २०४६ सालको आन्दोलनपछि एउटा खालको विकासका प्रक्रिया अगाडि नबढेको पनि होइन । त्यसपछि २०५१ सालमा नेकपा एमालेको सरकार बनीसकेपछि पनि विकासका प्रक्रिया अघि नबढेका होइन । यो विकास निर्माणका प्रक्रिया र गतिलाई कसैले मैले मात्रै गरेको हो भन्ने लाग्छ भने यो भ्रमबाट मुक्त हुनका लागि म हार्दिक हार्दिक अनुरोध गर्दछु ।
    भक्तपुरमा पाँच तल्ले मन्दिर भुपतिन्द्र मल्लले, ५५ झ्याले दरवार रणजित मल्लले बनाएको र भक्तपुरमा राणाले बनाएको खानेपानी अहिले पनि उपभोग गरिरहेको, र जर्मनले बिछ्याएको ईंटा निकालेर ढुंगा विछ्याएको अवस्थालाई भक्तपुरमा जस्तो विकास अन्त छैन भन्ने गरेको टिप्पणी गर्दै थापाले भन्नुभयो, “भक्तपुरको विकास हेर्दा ख्वप इञ्जिनियर कलेज हेर्ने की ? ख्वप विश्वविद्यालयको बारेमा छ । भक्तपुरको विकास बागेश्वरी स्कुल मात्र हेर्ने हो की भक्तपुर बहुमुखी क्याम्पसको बारेमा नबोल्दिने हो ? पद्य हाइ स्कुलको बारेमा नबोल्ने हो विद्यार्थी निकेतन स्कुलको बारेमा नबोल्दिने हो भने के विकास निर्माण भनेको ख्वप विश्वविद्यालय मात्रै हो ? ख्वप इञ्जिनियर कलेज मात्रै र केही सानातिना कामलाई विकास ठान्ने हो ? कँही कतै यस्ता भ्रमको खेती गरेर दिवा सपना देखेर राजनीति गर्न खोज्नु छ भने मेरो भनाई केही छैन ।”
    उहाँले कांग्रेसको जिल्ला सभापति ९ वर्ष रहँदै गर्दा कुनै पनि राजनीतिक दलसँग सहकार्य नगरेको हो भने पुष्टि गर्न चुनौती दिँदैं संविधान संशोधनको चर्चा भइरहेको प्रसंग उठाउनुभयो र संविधान संशोधन गरेरै भए पनि भक्तपुर सानो जिल्ला भएका कारण चार वटा पालिकालाई मिलाएर एउटै महानगरपालिका बनाउनु पर्ने धारण राख्नुभयो । एउटै महानगर भएपछि काग्रेस, एमाले, नेमकिपा र अन्य दल एक ठाउँमा बसेर भक्तपुरको विकासका बारेमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
    उहाँले ठूला भवन बन्दैमा जनताले विकास र छिटो छरितो न्याय नपाउने बताउँदैं विकास भनेको जनताले समयमा न्याय पाउने, कानूनी उपचार पाउने, जनताले समयमा शिक्षा, स्वास्थ्य र रोजगारी पाउनुपर्ने विषयलाई आधारभुत विकास ठानेको बताउनुभयो ।
    उहाँले विगतमा सडक निर्माणको नाममा जग्गा व्यापारलाई फाइदा प्र्याएको टिप्पणी गर्नुभयो । “हामीले जग्गाको व्यापार गर्दै गर्दा आफ्नै सालीलाई पनि कमिशन खाएका छौं, जग्गा देखाई सकेपछि माननीयलाई फोन गरेर यो बाटो बन्छ होइन भन्दा बन्छ भनेको पनि थाहा छ । ३ लाख आनाको जग्गा ९ लाखमा बचेको पनि थाहा छ,” उहाँले भन्नुभयो, “जग्गा किन्ने गोरेटो बाटोमा अनि जनप्रतिनिधिहरुले रातारात बाटो खोल्दिनु पर्ने परिस्थिती अब नआओस भन्ने अनुरोध गर्छु ।”
    उहाँले भक्तपुरमा मेघा आयोजनाको रुपमा महादेव खोला बहुउद्देश्य परियोजना र प्राणी उद्यानलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदैं ओलीले नै शिलान्यास गरेको प्राणी उद्यानका लागि आगामी वर्ष बजेट हाल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ओलीले नै शिल्यान्यास गर्नुभएको प्राणी उद्यान मेरो कारणले रोकिएको हो जस्तो मलाई लाग्दैन । सरकारमा हामी सँगै छौं अब भक्तपुरमा २ वटा मेघा प्रोजेक्टको रुपमा एउटा महादेव खोला खानेपानी बहुउद्देश्य परियोजना र अर्को सूर्यविनायकको प्राणी उद्यान अगाडि बढाउनका लागि म अनुरोध गर्दछु ।
    उहाँले विगतका जनप्रतिनिधिहरुसँग पनि हातेमालो गरेर अगाडि बढ्न चाहेको बताउँदैं कहाँ कहाँ विकास रोकिएको छ, कुन कुन ठाउँमा रोकिएको छ, के के कारणले रोकिएको छ । त्यसको हिसावकिताव बसेर छलफल गर्न तयार रहेको बताउनुभयो ।
    “कुन कुन विकास कहाँ रोकियो, रंगशाला कहाँ रोकियो, भक्तपुर अस्पताल कहाँ निर रोकियो युनिभसिर्टी कहाँ रोकियो, यी सारा कुराको हिसाब किताव गर्न म तयार छु । यही ठाउँमा उभिएर छलफल गर्न तयार छु,” उहाँले भन्नुभयो ।
    उहाँले निर्वाचनमा हार जित हुने बताउँदैं सबै राजनीतिक दलहरु एक ठाउँमा बस्नुपर्नेमा जोड दिनुभयो । “सबै साथीहरु एक ठाउँमा बसौ । राजनितिमा प्रतिष्पर्धा गरौं । हार जित भनेको हुन्छ । हारिन्छ निर्वाचनमा गइसकेकपछि हारिन पनि सकिन्छ । जितिन पनि सकिन्छ । जित्ने मात्र राजनीति र हार्ने राजनीति होइन भने विगतमा साथीहरुले जुन प्रकारको राजनीति शुरु गर्नुभयो हामी भ्रममा छौं ।”

     

  • विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्छौं – प्रधानमन्त्री ओली

    भक्तपुर, माघ १४
    प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउन दुई ठुला दलको सहकार्यमा बनेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको हो ।
    राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको बताउँदैं उहाँले लोकतन्त्र यताका विकास निर्माणको गति बेग्लै भएको बताउनुभयो ।
    “अब नेपाल विकासको क्रममा अगाडी बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नेछ,” उहाँले भन्नुभयो ।


    उहाँले सत्ता साझेदार कांग्रेसको बलियो साथ रहेकोले यो सरकारले कसैले छात्ति पिटेर बिलौना गर्दैमा नढल्ने बताउनुभयो । “सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ,” उहाँले भन्नुभयो ।
    प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गर्नुभयो । उहाँले संसदको हिउँदें अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गर्नुभयो ।
    प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भन्नुभयो, “मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसियु कक्षमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।”
    प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो ।


    प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतंकको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापाले आफु जनप्रतिनिधि हुँदा विकासको मूल फुटेको र अहिले नहुँदा विकास रोकिएको भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले विकास निर्माण नियमित प्रक्रिया भएको बताउँदैं भन्नुभयो, “यदि भक्तपुरमा विकासको गति रोकिएको भए कहाँ, कसरी, कसले रोक्यो प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ ।” उहाँले अमूक व्यक्ति सत्तामा हुँदा मात्र वा जनप्रतिनिधि हुँदा मात्र विकास हुन्छ भन्ने भ्रम पनि नराख्न आग्रह गर्नुभयो ।
    उहाँले विकास निर्माण कसैको खल्तीको पैसाले नभई राज्यको ढुकुटी प्रयोग गरेर हुने चर्चा गर्दै कोभिड महामारीपछिको समयमा आर्थिक गतिविधि सुस्ताउँदा राज्यको आर्थिक अवस्था कमजोर भएकाले पनि विकास निर्माण असर परेको बताउनुभयो ।
    उहाँले सूर्यविनायकमा बन्ने भनेको प्राणी उद्यानलाई तत्काल अघि बढाउन आगामी वर्षको बजेटमा आवश्यक बजेट विनियोजन आग्रह गर्नुभयो । उहाँले विगतमा जग्गा प्लटिङ गर्नेको स्वार्थमा सडक बन्ने गरेको टिप्पणी गर्दै विकासमा सहकार्य र राजनीतिमा प्रतिपष्र्धा गर्न तयार रहेको बताउनुभयो ।


    पूर्वमन्त्री महेश बस्नेतले आफु निर्वाचन हारेर पनि मन्त्री भएको स्मरण गराउँदैं १३ महिना उद्योग मन्त्री हुँदा भक्तपुरमा विकासको वृजारोपण गरेको र पछि निर्वाचन जितेर सांसद हुँदा भक्तपुरमा विकासको मूल फुटाएपनि अहिले ठप्प भएको दावी गर्नुभयो । उहाँले अन्तराष्ट्रिय रंगशाला निर्माणमा केही राजनीतिक दलको विरोधका कारण सम्भव नभएको बताउँदैं नगरपालिका घोषणा हुँदा कुनै पूर्वाधार नभएको सूर्यविनायकमा अहिले जताततै बाटोघाटो, खानेपानीको सूविधा आफ्नै पहलमा भएको दावी गर्नुभयो ।
    कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले ६ रोपनी जग्गा मध्ये ३ रोपनीमा फैलिएको भवनमा दुईवटा लिफ्ट, तीन सय जना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय, एउटा तालिम कक्ष र ९२ वटा कार्यकक्ष रहेको जानकारी दिनुभयो ।
    उहाँले नयाँ भवन बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भ्याटबाहेक २० करोड ४१ लाख ५२ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको बताउनुभयो । कोभिडका कारण भवन निर्माणमा दुई वर्ष ढिला भएको जानकारी दिँदैं उहाँले दुई साँगुरा कोठाबाट शुरु भएको सूर्यविनायक नगरपालिकाको दैनिक कार्य हाल अत्याधुनिक भवनबाट शुरु हुँदैं गर्दा जनताले सरल र सहजरुपमा सेवा प्राप्त गर्ने विश्वास दिलाउनुभयो ।
    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, काठमाण्डौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबू महर्जनलगायतले सम्बोधन गर्नुभएको थियो ।

     

  • भक्तपुरमा नगर र वडा स्तरमा शुरु नै नभई सकियो कांग्रेसको सय दिने अभियान

    भक्तपुर, पुस १६
    नेपाली कांग्रेसको सय दिने विशेष अभियान भक्तपुरका कतिपय स्थानीय तहको वडा र पालिकामा शुरु नै नभई मंगलवार समापन गरिएको छ । गत असोज ७ गते शुरु भएको सय दिने अभियान ४९ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर पार्टी कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा समापन गरिएको हो ।
    पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी कांग्रेसले सय दिने अभियान शुरु गरेको थियो ।
    अभियान मार्फत जिल्ला पुगेका केन्द्रीय नेताले विधान बमोजिम नियमित बैठक÷सम्मेलन राख्ने, जिल्ला मातहतका निकायमा प्रतिनिधि खटाउने, पार्टीका वडा, पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय समितिहरुको बैठक राख्न लगाउने जस्ता कार्य योजना थियो ।
    अभियान अन्तर्गत भक्तपुरमा केन्द्रीय सदस्य बलबहादुर केसी प्रतिनिधिको रुपमा खटिनु भएको थियो । बडादशैं, तिहार जस्ता ठूला चाडपर्वका कारण प्रभावित बनेको अभियानका कार्यक्रम केन्द्रीय प्रतिनिधि केसीको अस्वस्थताका कारण पनि भक्तपुरमा अभियान प्रभावित भएको थियो ।


    भक्तपुरमा कांग्रेसको सय दिने अभियानका कार्यक्रम मध्यपुर थिमि, चाँगुनारायण र भक्तपुर नगरभित्र शुरु नभएको वडा सभापतिहरुले बताएका छन । अभियान अन्तर्गत जिल्ला समितिको बैठक बस्ने, जिल्लामा विभिन्न भातृ तथा शुभेच्छुक संघ संस्थाको संयुक्त बैठक बस्ने, सूर्यविनायकमा पालिका र वडा स्तरमा अभियान सञ्चालन, चाँगुनारायणमा नगरसमिति, क्षेत्रीय समितिको संयुक्त बैठक बस्ने कार्यहरु भएका छन ।
    तर भक्तपुर र मध्यपुर थिमिमा नगर समितिको बैठक समेत बस्न नसकेको कांग्रेस नेताहरुले बताएका छन । यस्तै चाँगुनारायणका वडा समितिमा पनि कार्यक्रम नभएको बताईएको छ ।
    सूर्यविनायकमा भने सय दिने अभियानका क्रममा ‘टोल टोलमा कांग्रेस’ अभियान सञ्चालन गरी संगठन बिस्तारको कार्य गरेका छन । सो अभियानमा प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, स्थानीय जनप्रतिनिधि र स्थानीय कार्यकर्ताबीच अन्तरक्रिया, छलफल गर्नुका साथै पार्टी भित्र रहेका विविध समस्याका बारेमा समेत छलफल भएको नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका प्रवक्ता रमेश खड्काले बताउनुभयो ।
    अभियानको समापन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मदन कृष्ण श्रेष्ठले कांग्रेसले जननायक विपि कोइरालाले देशको सार्वभौम सत्ताको रक्षाको लागि आफ्नो जीवनलाई दाउमा राखेर मेलमिलाप नीति लिएर निर्वासनबाट स्वदेश फर्किएको बताउनुभयो ।
    जिल्ला सभापति एवं संघीय सांसद थापाले पार्टीको क्रियाशिल नविकरण सन्तोषजनक नभएको गुनासो गर्दै पार्टीका केन्द्रीय सदस्य, पुर्वसभापतिहरुले नै क्रियाशिल सदस्यता नविकरण नगरेको बताउनुभयो ।
    उहाँले जनप्रतिनिधिको रुपमा रहेका वडाअध्यक्षहरुले फोन नउठाउने गरेको गुनासो बढी आउने गरेको चर्चा गर्दै जनप्रतिनिधिहरुलाई जनताको काममा ध्यान दिन निर्देशन दिनुभयो । उहाँले पार्टीको सय दिने अभियानका क्रममा सहभागी नहुने नेताहरूलाई निर्वाचनमा भोट नदिन समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।

     

  • “मध्यपुर महोत्सव – २०८१” पुष १२, १३ र १४ गते

    सुनीता तुलाधर,
    मध्यपुर थिमि, पुष ५ गते ।

    मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालीन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ यही पुष १२ गतेदेखि १४ गतेसम्म गर्न लागिएको “मध्यपुर महोत्सव – २०८१” को तयारी भईरहेको जानकारी हिजो मध्यपुर थिमिको लाय्कूमा गरिएको पत्रकार सम्मेलनमा दिइएको छ । मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको सो पत्रकार सम्मलेनमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय मौलिक सँस्कृति, जीवनशैली र यससँग सम्बन्धित विभिन्न कार्यहरुको प्रदर्शनी तथा स्थानीय उत्पादनहरुको व्यापारिक प्रदर्शनी समेत गर्न लागिएको बताउनुभयो ।
    नगरप्रमुख श्रेष्ठले “न्यूजअफ” सँग कुराकानी गर्नुहुँदै महोत्सवको विशेषता भनेको नै मध्यपुरको सभ्यतालाई उजागर गराउनु रहेको र यसको इतिहास, सँस्कृतिबारे थप जानकारी दिन विज्ञहरुको समूहद्वारा छलफल कार्यक्रम पनि सञ्चालन गर्न तयारी भइरहेको जानकारी दिनुभयो ।

    साथै उहाँले संयुक्त राष्ट्र संघमा नेपालको पहिचान स्थापित गर्न भूमिका खेलेको लिपि नेपालको “रञ्जना लिपि” लेखनको तालिम २ वर्षदेखि नगरपालिकाले सञ्चालन गरिरहेको र उक्त तालिममा सहभागीहरुद्वारा नै थिमि लाय्कू परिसरमा रञ्जना लिपि लेखनको प्रदर्शनी पनि गर्न लागिरहेको बताउनुभयो ।
    यो महोत्सव नयाँ थिमिको शंखधरचोकबाट शुरु भई बालकुमारी, चापाचो, नगदेश, बोदे हुँदै तिगनीको निलबाराही क्षेत्रसम्म महोत्सवका विभिन्न प्रदर्शनीहरु सञ्चालन हुनेछ । स्थनीय कला सँस्कृति, पेशा, व्यवसाय, खेल तथा नेवाः भ्वय् लगायत विभिन्न नेवाः परिकारहरुको मिठो स्वाद पनि यस महोत्सवमा चाख्न सकिनेछ ।

  • गणेशमान त्याग र निष्ठाको प्रतिमूर्ति – कांग्रेस नेता केसी

    भक्तपुर, कार्तिक २४
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले लौह पुरुष एवम् सर्वमान्य नेता स्व. गणेशमान सिंह त्याग र निष्ठाको प्रतिमूर्ति भएको बताउनुभएको छ । स्व. सिंहको ११० औं जन्मजयन्तीको अवसरमा शनिवार नेपाली कांग्रेस भक्तपुरले गणेशमान सिंह स्मृति वाटिका एवम् प्रतिमा संरक्षण समितिको संयोजनमा गणेशमान वाटिका कटुञ्जेमा आयोजित माल्यापर्ण कार्यक्रममा नेता केसीले सो बताउनुभएको हो ।


    उहाँले सिंहले देखाएको बाटोमा अग्रसर हुन सके कांग्रेस र समग्र मुलुकले लक्ष्य हासिल गर्न सक्ने बताउनुभयो । उहाँले अहिलेको राजनीतिलाई गणेशमान जस्तो नेताको खाँचो रहेको बताउँदैं सिंहको योगदानलाई पार्टीले मात्रै नभई सिङ्गो देशले भुल्न नहुनेमा जोड दिनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सिंहको लामो, कठिन र सङ्घर्षशील राजनीतिक जीवनका विविध पक्षबारे चर्चा गर्दै प्रजातन्त्र प्राप्तिमा सिंहको योगदानको चर्चा गर्नुभयो ।


    यस्तै गणेशमान सिंह स्मृति वाटिका एवम् प्रतिमा संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेत र पाटी जिल्ला सहसचिव यादव अधिकारीले स्व. सिंहको विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।
    प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर स्व. सिंह १९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मेका थिए भने सिंहको २०५४ असोज २ गते निधन भएको थियो । सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भएका थिए ।


    राणाशासन विरोधी अभियानमा लागेपछि तत्कालीन सरकारले उनलाई लामो समय जेल राखेको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेर २०१५ सालमा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका थिए ।
    वि. सं. २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहलाई त्याग गर्दै सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेको घटना नेपाली राजनीतिमा नमूनाको रुपमा लिइँदै आएको छ ।

  • आलोचना र विरोधबाट सरकार आत्तिनु पर्ने अवस्था छैन ः काग्रेस सभापति देउवा

    भक्तपुर, कार्तिक १७
    नेपाली कांग्रेसका सभापति एबं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आलोचना र विरोधबाट सरकार आत्तिनु पर्ने अवस्था नभएको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले नेपाल संवत ११४५ को अवसरमा शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रममा सभापति देउवाले विश्वमा जुनसुकै देशमा पनि सरकारको आलोचना हुने हुँदा यहाँ पनि विपक्षी पार्टीहरुले सरकारको आलोचना गर्नु स्वभाविक भएको बताउनुभयो ।


    उहाँले आलोचनालाई खराब मान्न नहुने र त्यसलाई तथ्यपरक ढंगले सरकारले ध्यान दिने बताउदै सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पुरापुर सहयोग हुने बताउनुभयो ।
    उहाँले विपक्षीबाट आएका आलोचनालाई पनि गम्भिरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने औल्याउदै यसका लागि प्रधानमन्त्रीलाई आफूले पनि प्रोत्साहन दिइरहने बताउनुभयो ।
    सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा राम्रो काम गरेको बताउँदैं सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अबरोध नहुने स्पष्ट पार्नुभयो ।


    उहाँले भन्नुभयो, “अहिले देशमा संयुक्त सरकार छ, केपी ओली प्रधानमन्त्री हुनु हन्छ, उहाँले राम्रो काम गर्नु भएको छ । हामी सरकार भएको कारण मैले उहाँलाई भनेको होईन साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानु हुनेछ ।” प्रधानमन्त्री ओलीलाई आफूले पनि सल्लाह, सुझाब दिएर सहयोग गरिरहेको बताउनुभयो ।
    दुई देशको शक्ति सन्तुलनलाई भने प्रधानमन्त्री ओलीले लिाएर लैजानु पर्ने औल्याउदै सभापति देउवाले भन्नुभयो, “ हाम्रो देश ठूला दुई देशको बिचमा रहेको छ, मलाई विश्वास छ, प्रधानमन्त्री ओलीले दुई देशको शक्ति सन्तुलनलाई मिलान लैजानु हुनेछ ।”


    उहाँले संयुक्त सरकार बनेयता देशभरका पार्टी पंक्तिमा खुसी रहेको बताउदै वर्तमान सरकारलाई पुरा समयसम्म सफल पार्न आएका समस्यालाई समाधान गर्न काँग्रेस लाग्ने र सरकार सहमति अनुसार पुरा अबधी सञ्चालनमा रहने बताउनुभयो ।
    भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसमा डोजर लगाएको सन्दर्भमा बोल्दै पार्टी सभापति देउवाले भन्नुभयो, “भक्तपुरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ हुनुहुन्छ, जिल्लाका सबै पार्टीलाई मिलाएर लैजानु पर्ने उहाँको दायित्व हो, भक्तपुर मात्रै हाम्रो हो भन्ने ठान्नु भएन र भक्तपुरमा जे पनि गर्न पाइन्छ भन्न पनि पाइदैन ।”


    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कांग्रसले अहिले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुबै गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेस, एमालेको संयुक्त सरकार छ, त्यसर्थ हामी सहकार्यमा छौँ, तर वडा तहदेखि पालिका, प्रदेश र केन्द्रीय सरकारमा रहेका सबैले एमाले भन्दा राम्रो काम कसरी गर्ने भनेर काम र प्रगतिमा प्रतिस्पर्धा भइरहेको छ, त्यसैले सबै जनप्रतिनिधिदेखि मन्त्रीसम्मले राम्रो काम गरेर देखाउन पर्छ ।”
    जिल्ला सभापति तथा संघीय साँसद दुर्लभ थापाले भक्तपुरलाई सबै पार्टीका केन्द्रले पनि नारायणमानको किल्लाको रुपमा लिएको भन्दै भक्तपुर वास्तवमा त्यस्तो भने नरहेको बताउनुभयो । भक्तपुरमा नेमकिपाको क्रियाकलापले जनताले धेरै दुःख पाएको उहाँले बताउनुभयो ।


    उहाँले भन्नुभयो, “भक्तपुर क्याम्पसको यहीँ प्राङ्गणमा भक्तपुर नगरपालिकाले भर्खरै भौतिक आक्रमण गरेको छ । एकातिर सरकारी क्याम्पसमाथि आक्रमण गर्ने, अर्कोतर्फ ख्वप विश्वविद्यालय चाहियो भनेर माग्ने, पद्य मावि, विद्यार्थी निकेतन माविजस्ता राम्रा विद्यालयहरु बन्द गराउन खाज्ने र अर्कोतर्फ ख्वप कलेज र पाटी निकटका विद्यालयहरुलाई उद्योग व्यापारको रुपमा विकास गर्ने लिएर नारायणमानको दस्तावेज पढाउने विद्यालय बनाउदै छ, यसतर्फ सबै पार्टीको ध्यान जानु जरुरी छ ।”
    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले, पार्टीका बागमति प्रदेश सभापति ईन्द्र बाँनियाँ, जिल्ला नेता रबिन्द्र प्रधान, यादब प्रसाद अधिकारीलगायतले कांगे्रसले जनतामा छाएको निराशालाई चिर्दै जनतामा आशाको किरण छर्नुपर्नेमा जोड दिनुभयो ।