Category: मनोरन्जन

  • म्युजिक भिडियो ‘रामपियारी भर्सेश रामपियारा’ सार्वजनिक

    म्युजिक भिडियो ‘रामपियारी भर्सेश रामपियारा’ सार्वजनिक

    भक्तपुर, जेठ २५
    नायिका तथा मोडल कबिता राय अभिनित नयाँ म्युजिक भिडियो ‘रामपियारी भर्सेश रामपियारा’ सार्वजनिक भएको छ । जीवन बडु र आकृती मिश्राको आवाज रहेको फास्ट फ्लेबरको यस गीतमा कबिता रायसंगै मोडल सुधिर श्रेष्ठलाई पनि फिचर्ड गरिएको छ ।
    यस गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय देख्न सकिन्छ । ¥यापर जगत तिरुवाको शब्द र संगीतमा तयार भएको यस गीतको भिडियो हालको ट्रेन्ड अनुशार निर्माण गरिएको छ । दर्जनौ म्युजिक भिडियो र थुप्रै चलचित्रमा समेत काम गरिसकेकी नायिका तथा मोडल कबिताले यस गीतबाट राम्रै आश गरिएको बताएकी छिन ।


    केहि दिनअघि मात्र नायक तथा मोडल पल शाहसँग पनि भिडियोमा काम गरिसकेकी रायले पल र सुधिर दुवै सँग काम गर्दा भिडियोमा आफुलाई धेरै सजिलो भएको बताईंन । हालै सार्वजनिक भएको यस गीतमा पनि उनलाई डान्सको राम्रै ठुम्काको साथमा हेर्न पाईन्छ । डान्स र एक्स्प्रेसनको राम्रै तारीफ पाउने गरेको सुधिरले पनि कवितासँग काम गर्दा निकै सहज भएको र अहिले भिडियो रिलिज हुँदा झन् मन आनन्द भएको बताए । ‘कबिताजीको अभिनय प्रतिको इनर्जी देख्दा मलाई नै अचम्म लागेर आउछ,’ सुधीरले भने ।
    डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले दर्शकको राम्रै साथ् पाउनेमा नायिका तथा मोडल कबिता ढुक्क रहेकी छिन । निर्देशक बिशाल कुमार महराको निर्देशनमा तयार भएको यस गीतमा गोदावरीको रमणीय झलकहरु देख्न पाईन्छ । पदम सुबेदीको सम्पादन रहेको यस भिडियोमा कलर भने मिलन बिस्वकर्माले गरेका छन् ।

  • थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक

    थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक

    भक्तपुर, जेठ २१
    थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ ।
    सप्तरीमा खिचिएको चलचित्र निपुत्रमा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडि आलम, आकाश बिक, आरके पाण्डे, सोभाकान्त चौधरीलगायातका कलाकारहरुले अभिनय गरेका छन् ।
    लोकेन्द्र राज चौधरीले निर्माण गरेको चलचित्रमा राजु राजदेब चौधरीको कथा, कोपी कान्छुको श्रृंगार, अनिल शाहको छायांकन, निरज कुमार चौधरीको सम्पादन देख्न सकिन्छ । सेबिल ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण गएको चलचित्रले निःसन्तान महिलालाइ हेर्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ । चलचित्रका अन्य २ भाग क्रमशः रिलिज हुने निर्माण पक्षले बताएको छ ।
  • ७ दिने अनलाईन बेली डान्स कार्यशाला हुने

    ७ दिने अनलाईन बेली डान्स कार्यशाला हुने

    भक्तपुर, जेठ १८
    बेली रानीले परिचित नेपालका चर्चित बेली डान्सर बिनु शाक्यले ७ दिने बेली डान्स अनलाइन कार्यशाला सञ्चालन गर्नेभएको छ । शाक्यले आफ्नो फेसबुक मार्फत कार्यशालाको जानकारी दिनुभएको हो ।
    पछिल्लो समय युवावर्गमा बेली डान्सप्रतिको अभिरुची बढ्दै गएको पाईएको र निषेधाज्ञाका बेला युवाहरुलाई व्यस्त बनाउन आफुले अनलाइनमार्फत बेली डान्सको कार्यशाला राखेको शाक्यले बताउनुभयो ।
    आफ्ना इन्स्ट्राग्राम र फेसबुकका प्लोअर्सहरुले पनि बेली डान्स सिक्ने इच्छा राखेको हुनाले पहिलो पटक कार्यशाला राखिएको उहाँले बताउनुभयो । कार्यशाला जुन ६ देखी १२ तारिख हरेक दिन बेलुकी ४ बजे देखि ५ बजे सम्म हुनेछ । कार्यशालाको पुरा जानकारीको लागि फोन नम्बर ०११–४९५१०१ मा सम्पर्क गर्नहुनु अनुरोध गरिएको छ ।

  • सुभास चन्द्र ढुङेलको ‘तँ त कस्तो भाग्यमानी’ बजारमा

    सुभास चन्द्र ढुङेलको ‘तँ त कस्तो भाग्यमानी’ बजारमा

    भक्तपुर । भक्तपुर निवासी वरिष्ठ गीतकार सुभास चन्द्र ढुङेलको रचना ‘तँ त कस्तो भाग्यमानी’ बजारमा आएको छ ।
    संगीतकार हरि लम्सालको संगीत तथा युवा प्रतिभा प्रबिन भेड्वालको स्वरमा सजिएको तँ त कस्तो भाग्यमानी बोलको नयाँ गीत बजारमा आएको छ ।

    नेपाली संगीतलाई अत्यधिक माया गर्ने हाल क्यानाडामा निवासी महेश भट्टराईको प्रस्तुति रहेको एक पृथक धारको यस गीतमा गायक प्रवीण बेडवालले आवाज दिएका छन् भने म्युजिक भिडियो चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा बिकाश लामिछाने र अप्सरा तिमिल्सिनाको सुन्दर अभिनय देख्न सकिन्छ।

    चोट के हो ब्यथा के होू, फूल झरे पनि कांडा झर्दैन , जति चोट दिन्छौ देउ मायालु, जस्ता असंख्या सदाबहार गीतका गीतकार ढुङेल यस गीत श्रोताहरुले असाध्यै रुचाउने कुरामा आशावादी हुनुहुन्छ।

    गीत Twelve Notes को युट्युव पेजबाट सार्वजनिक गरिएको छ ।

  • बैरागी मोक्तानको “छेवार” गीत सार्वजनिक

    बैरागी मोक्तानको “छेवार” गीत सार्वजनिक

    काठमाडौँ । बैरागी मोक्तानको छेवार गीत सार्वजनिक भएको छ ।
    गायक सुभास मोक्तान र गायिका शशिकला मोक्तानको सुमधुर आवाजमा तामाङ सेलो “छेवार”गीत एक कार्यक्रम बिच सार्वजनिक भएको छ ।
    संघीय सांसद कृष्ण बहादुर राईको प्रमुख आतित्थ्यतामा गायक छेवार गीत सार्वजनिक भएको हो ।
    शब्द,संगीत गायक बैरागी मोक्तानको रहेको गीतमा गायक सुवास तामाङ,चर्चित गायिका शशिकला मोक्तान ,बाविता पाख्रिनका सुमधुर आवाज रहेका छन् ।
    गीत एरेञ्ज पवन वाङ लामाले गरेको हो।
    उक्त गीतमा तामाङ समुदायको निकै चर्चित कलाकार पुरानो देखि नयाँ कलाकारले दमदार प्रस्तुति रहेको छन् ।
    सेलो चर्चित गायक प्रेम लोप्चन,चर्चित नायक अमिर दोङ,कुइसाङ रुम्बा,बैरागी मोक्तान खेम मोक्तान ,मिलन थिङ,सुस्मा मोक्तान ,पुर्णिामा थोकर,पुष्पाञ्जली लोप्चन,दिपा घिसिङ ,साइना लामाले सशक्त अभिनय गरेका छन् ।
    निर्देशक अजय स्याङतान र बाबुराज केसीले गरेको भिडियोको कोरियोग्राफर अजय स्याङतानलै नै गरेका हुन् ।दिर्गा खड्का र दुर्गा पौडेलले छायांकन गरेका थिए।
    म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ, गायिका इन्दिरा गोले, नेपाल तामाङ कलाकार संघको अध्यक्ष तथा गायक सन्जिव वाइवा, फापरे गीतका गायक प्रेम लोप्चन, नेपाल तामाङ कलाकार संघको वरिष्ठ उपाध्यक्ष विश्व दोङ, नेपाल तामाङ अन्तरर्राष्ट्रिय परिषदका वरिष्ठ महिला उपाध्यक्ष अस्मिता वाइवा, नेपाल तामाङ कलाकार संघको महासचिव विशाल काल्तेन लगाएत तामाङ समुदायको चिरपरिचित कलाकारहरुको उपस्थिति रहेको थियो ।
    म्युजिक भिडियोलाई नाम्दु मिडियाबाट सार्वजनिक गरको छ ।

  • के फेरि तहल्का मच्चाउलिन् त ऋतु अबस्थीले बलिउडमा ?

    के फेरि तहल्का मच्चाउलिन् त ऋतु अबस्थीले बलिउडमा ?

    काठमाडौं ।
    भारतीय चलचित्र बजारमा चर्चाको शिखरमा पुग्दै गरेको नाम हो ऋतु अवस्थी । नेपाली कलाकारको अन्तिम बिन्दु पनि भारतीय चलचित्रमा अभिनय गर्नु रहन्छ। संघर्षका दिनहरू कसैका सजिला हुँदैनन् । त्यसमा पनि नयाँ परिवेशमा, नयाँ देशमा , नयाँ भाषामा र नयाँ भेषमा ढलेर आफ्नो नाम बनाउन उत्तिकै कठिन। तर जहाँ समस्या त्यहीं समाधान पनि हुन्छ र त्यही समस्या सँग जुध्ने नयाँ शाहस र आत्मबल पनि बढ्दै जान्छ।तिनै समस्या र चुनौती लाई आत्मसात गर्दै भारतमा जम्न सफल भएकी एक नेपालि चेली जसले भारतीय टेलि सिरियलमा मात्र नभई बलिउडको चलचित्रमा समेत आफूलाई स्थापित गरेकी छन् ।
    ऋतुको जन्म नेपालको सुदूरपश्चिमाञ्चलको डडेलधुरामा भएको हो । आफ्नी आमालाई १२ बर्षको उमेरमा गुमाउनुको पीडाले उनको बाल्यकाल निकै पीडादायी रहेको अनुमान गर्न सकिन्छ। बुबाले नै आमाको रुपमा पालन पोषण गरेपछि शोकलाई शक्तिमा बदलेर अघि बढेकी हुन्। उनले उच्च शिक्षा हासिल गर्ने क्रममा उनी छिमेकी देश भारत पुगेकी हुन् । मेडिकल शिक्षा हासिल गर्नु एकातिर कठिन रहन्छ भने समय निकालेर आफ्नो कला प्रस्तुत गर्न झन् कठिन्। तर अबस्थीलाई कठिनाईका बाबजुद त्यहीं कडा मिहिनेतले शिक्षा सँगै अभिनयको यात्रा सहज बनायो। पेशाले उनी डक्टर हुन्, उनी भारतको मणिपाल हस्पिटलमा हाड जोर्नी सर्जनको रूपमा कार्यरत छिन् ।
    एकातिर बिरामीको सेवामा तल्लिन रहनु पर्ने अर्को तर्फ समय निकालेर अभिनयलाई जारी राख्नु पर्ने ऋतुले जस्तो सफलता कम नै व्यक्तिहरूले पाउन सक्छन् । साँच्चै नै लोभ लाग्दो छ उनको सफलता र त्यही सफलता हाँसिल गर्न उनले गरेको मेहेनत।
    डाक्टरी सँगै ग्ल्यामरस क्षेत्रमा पनि हात हालेकी उनले भारतीय चर्चित सिरियल , कनाडा फिल्म तथा सिरियल र केही टिभि एडमा समेत काम गरिसकेकी छन् । आफ्नो काम र व्यक्तित्वबाट भने धेरै निर्माता र निर्देशकलाई प्रभावित बनाउन सफल रहिन् ।
    यसै कारण उनलाई कामको कहिल्यै खाँचो भएन । उनले भारतीय सिरियल कुमकुम भाग्य, प्यार की डोरी, माँ शक्ती, कन्नड फिल्म शिवम लगायतमा काम गरिसकेकी छन्। सिरियल फिल्म सफल भएपछि उनले विभिन्न ब्राण्डहरुको बिज्ञापनमा काम गर्ने अवसर पनि हात पारिन्।
    ५ फिट ९ इन्च हाइट भएकी ऋतुको परिचय कलाकार, मोडल र डक्टर मा मात्र सीमित छैन । ३० वर्षको उमेर सम्म आइपुग्दा उनी एक सक्षम बिजनेस उमन समेत बनिसकेकी छन् । उनले आफ्नै लज समेत संचालन गर्दै आएकी छन् ।
    उनले कुनै एक शोबाट करिब ७० देखि एक करोड भारतीय रुपैयाँ सम्म पारिश्रमिक लिने गरेकी छन् । मेकअपमा सोखिन उनी कमाईको ठूलो हिस्सा आफ्नै सुन्दरताको लागि खर्चिन्छिन् । उनी वि एम डब्लु , मर्सिडिज , भेन्चा जस्ता करोडौं पर्ने कार चढ्ने गर्दछिन् । मेहनत ऋतुको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले उनी यो क्षेत्रमा ढिलो प्रवेश गरेर पनि राम्रो स्थान र नाम बनाउन सफल भइन् । डाक्टरी पेशा र अभिनय क्षेत्रको सफलताले उनको मात्र हैन नेपालकै नाम राख्न सफल भएकी छन्। विश्व कोरोनाको महामारीबाट गुज्रिरहेको अबस्थामा भारतबाट नेपाल आएर केही महिना देखि बिकट जिल्लामा सेवारत छिन्। आफ्नो सफलतालाई झन् उचाईमा पुरयाउन अबस्थी केही दिन मै भारत फर्किदै छिन्। आफ्नो लक्ष्य प्राप्ती पछि नेपाल फर्केर दिन दुःखीको सेवा गर्ने बताउछिन्। भारत फर्केपछि के तहल्का मच्चाउलिन् त ऋतु अबस्थीले बलिउडमा रु त्यो भने हेर्न बाँकी नै छ।

  • हिट जोडी राजेश हमाल र करिश्मा यादका लहरहरुमा एकै साथ

    काठमाडौं । महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर नेपाली चलचित्र जगतका हिट जोडी पुन एक पटक हामीले एकै साथ देख्न भएका छौं ।
    म्युजिक भिडियो यादका लहरहरुमा उनीहरुलाई लामो समय पछि एकै साथ देख्न पाएका हौं ।
    धेरै चलचित्रमा दर्शकले मन पराएका हिट जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ।

    ‘यादका लहरहरु’मा गायिका अन्जु पन्तको स्वर, डा।प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको छ।

    भिडियोको उत्तम हुमागाईंले छायाँकन गरेका हुन्। प्रविन श्रेष्ठले सम्पादन गरेको भिडियोको हरी हुमागाईंले निर्देशन रहेको हुन् ।

    म्युजिक भिडियोमा देखिएका राजेश र करिश्मा जोडीलाई दर्शकले राम्रा(राम्रा कमेन्ट र लाईक गरेका छन् ।