Category: खेलकुद

  • भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुदमा तेक्वाण्डोको प्रतिष्पर्धा सम्पन्न

    भक्तपुर, मंसिर २१
    भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिताअन्तर्गत टेक्वाण्डो खेलतर्फ २५ किलो मुनि पुरुषमा बागीश्वरी माविका डिकेन लवजू प्रथम, पारागन विद्यालयका सृमन रोकाया द्वितीय र ख्वप्रिङ एकेडेमीका सुनिट कुसी र डेमोस एकेडेमीका सोभराज तामाङ तृतीय भए ।
    पुरुषतर्फ २५–२९ केजी तौलअन्तर्गत बागीश्वरी माविका निश्चल तामाङ प्रथम, तारा माविका पंकज कुमार थाकुर द्वितीय, लिटिल वल्र्ड इङ्गलिस स्कूलका प्रेरित दुवाल र प्रोक्सिमा इन्टरनेशनल स्कूलका सोहन शत्संकार तृतीय भएका थिए । साथै २९–३३ किलो पुरुषतर्फ डेमोस इङ्गलिस स्कूलका सब्लज तामाङ प्रथम, आदर्श आजादका सुदिप वाइबा द्वितीय, मिनर्वा स्कूलका युवराज तामाङ र पारागण एकेडेमीका जेनिथ निरौला तृतीय भए ।


    पुरुषतर्फ ३३–३७ किलोतर्फ बागीश्वरीका नबिन सेनेहुर्ग प्रथम, लिटिल वल्र्डका सौरभ पौडेल द्वितीय, रोम्बसका साजन मारिखु र मिनर्वाका संस्कार गुवाजु द्वितीय भएका थिए । पुरुषतर्फ ३७–४१ केजीतर्फ बागीश्वरीका महेन्द्र आचार्य प्रथम, पारागणका राहुल दास द्वितीय, सिरिनकेनका इभान सुवाल र न्यातपोलका प्राथम कायष्ठ तृतीय भए ।
    त्यस्तै पुरुषतर्फ ४१–४५ केजीमा मेधा माविका शिशिर सुनदास प्रथम, अक्सफोर्ड इन्टरनेशनल स्कूलका किरण घिसिङ द्वितीय, बागीश्वरी माविका अन्जल खड्का र रोम्बसका सुमिट थाकुर तृतीय स्थान हासिल गरेका थिए ।


    महिला २५ केजीमुनि प्रोक्सिमा स्कूलका कृतिका देउला प्रथम, पारागणका अरिका भण्डारी द्वितीय, न्यातपोल स्कूलका प्रस्टा कार्की र स्टुडेन्ट्स एकेडेमीका साजन तामाङ तृतीय भए । २५–२९ केजी महिलातर्फ गोल्डेन गेट स्कूलका क्यारिजा लामा प्रथम, लिटिल वल्र्डका समृद्धि चौलागाइँ द्वितीय, बागीश्वरी माविका सुस्मिता शाही र द राइजिङ स्कूलका आभा श्रेष्ठ तृतीय भए ।
    महिला २९–३३ केजी बागीश्वरीका दिया लाखाजु प्रथम, ख्वप्रिङका टनिसा भैल द्वितीय, स्टुडेन्ट्स एकेडेमीका सुमिना तामाङ र प्रभातका पूर्वी सुलु तृतीय भए । ३३–३७ केजी महिलातर्फ लिटल वल्र्डका जेनिफर दुवाल प्रथम, बागीश्वरीका नम्रता सेन्चुरी द्वितीय, श्रीपद्मका सपना भण्डारी र रोम्बरका कृतिका दुवाल तृतीय भए ।


    महिला ३७–४१ केजीमा लिटिल वल्र्डका जिसा बस्नेत प्रथम, क्रियाटिभ इङ्गलिस स्कूलका प्राची किबानायो द्वितीय, न्यातापोल सेकेन्डरी स्कूलका इशा राई र द राइजिङ स्कूलका कृतिमा गोसाइँ तृतीय भए ।
    महिला ४१–४५ तर्फ श्री सैनिक आ.वि.का अनुष्का कुँवर प्रथम, बागीश्वरी माविका सन्जाली तामाङ द्वितीय, लिटिल वल्र्डका परिसा दुवाल र ख्वप्रिङ एकेडेमीका साफी कोजुले तृतीय स्थान हासिल गरे भने ४५–४९ केजी महिलातर्फ क्रियटिभ स्कूलका सोफिया त्यात प्रथम, लिटल वल्र्ड स्कूलका विवेक श्रेष्ठ द्वितीय, डेमोस्का रबिना लामा र श्रीपद्मका दिक्षा वनेम लिम्बु तृतीय भए ।

  • इटाली र पोर्चुगल मध्ये एकले मात्र विश्वकप खेल्ने

    भक्तपुर, मंसिर ११
    फिफा विश्वकप २०२२ कतारमा युरोपियन च्याम्पियन इटाली र पोचुर्गल मध्ये एकको मात्र सहभागिता रहने भएको छ । युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र इटाली एकै समूहमा परेपछि यी दुई फुटबलका महारथी मध्ये एकले मात्र विश्वकपको टिकट काट्ने पक्का भएको हो ।
    युरोपियन फुटबल महासंघले शुक्रबार गरेको समूह ड्रमा पोर्चुगल र इटाली समूह सीमा परेका छन । यी दुवै टोलीले प्लेअफको पहिलो चरणमा जित निकाले फाइनल चरणमा एक अर्कामा प्रतिष्पर्धा गर्नेछ । इटालीले प्लेअफको पहिलो चरणमा उत्तर म्यासेडोनिया तथा पोर्चुगलले टर्कीको सामना गर्नेछ ।
    प्लेअफको समूह ए मा स्कटल्याण्डले युक्रेनको सामना गर्दा वेल्स र अष्ट्रिया भिड्नेछन् । यी दुई खेलको विजेताले फाइनल खेल्नेछन् । उक्त खेलको विजेता विश्वकपमा पुग्नेछ ।
    समूह बी मा रुसले पोल्यान्डको सामना गर्नेछ । त्यस्तै स्विडेनले चेक गणतन्त्रसँग खेल्नेछ । यी दुई खेलको विजेताबीच हुने खेल जित्ने टोली कतार विश्वकपमा लागि छनोट हुनेछ । प्लेअफको पहिलो खेल मार्च २४ र २५ तथा फाइनल मार्च २८ र २९ मा हुनेछ ।

  • नेपाललाई मलेसियाको ९३ रनको लक्ष्य

    भक्तपुर, मंसिर १०
    आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत दुवईमा जारी खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । दुवईस्थित आइसीसी एकेडेमीको मैदानमा जारी खेलमा पहिले व्याटिङ गर्दै मलेसियाले ९२ रन बनाए ।
    नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै मलेसियालाई व्याटिङको निम्तो दिएको थियो । मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनायो ।
    मलेसियाकी एल्सा हन्टरले सर्वाधिक ३९ रन बनाई अविजित रहिन । उनले ४८ बलको सामना गर्दै ४ चौका सहित सर्वाधिक ३९ रन बनाएका हुन । मलेसियाका लागि मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान गरे ।
    नेपालले पहिलो ओभरमा पहिलो सफलता हात पारे । पहिलो ओभरको पाँचौं बलमा तीव्र गतिकी बलर कविता कुँवरले ओपनर तथा कप्तान विनीफ्रेड दुरासिङ्मालाई शून्यमा एलबीडब्लू आउट भएकी थिइन् । दोस्रो ओभरको अन्तिम बलमा वान जुलिया १ रनमा रन आउट भइन् ।
    युस्रिाना याकोपलाई आठौं ओभरको अन्तिम बलमा सबनम राईले १२ रनमा बोल्ड आउट गरिन् । मास एलिसालाई १५ औं ओभरमा रुविना क्षेत्रीले १४ रनमा बोल्ड आउट गरिन् । सीता रानामगरले १६ औं ओभरको पाँचौं बलमा महिरा इस्लामलाई २ रनमा बोल्ड आउट गरिन् ।
    नेपालका लागि सवनम राईले ४ ओभरमा १ मेडन सहित २७ रन खर्चेर सर्वाधिक २ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे ।

  • आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा – कुवेतमाथि नेपालको शानदार जित

    भक्तपुर, मंसिर ९
    आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ । युएईको दुवईस्थित आइसीसी एकेडेमीको मैदानमा बिहिवार बिहान सम्पन्न खेलमा नेपालले कुवेतमाथि ९९ बल बाँकी छँदै ९ विकेटको शानदार जित निकालेको हो ।
    कुवेतले दिएको २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले शुरुमै झट्का व्यहोरेको थियो । नेपालका ओपनर सिता रानामगर पहिलो ओभरमा शुन्यमा आउट भए । उनलाई मारिया जास्भीले बोल्ड आउट गरे । नेपालको जितमा ओपनर ईन्दु बर्माले सर्वाधिक ८ बलमा १३ रन बनाए । त्यस्तै कप्तान रुविना क्षेत्रीले १० बलमा १२ रनको योगदान दिए ।
    खेलमा टस जितेर पहिला व्याटिङ गरेको कुवेत २७ रनमा अलआउट भएपछि नेपालले जितका लागि २८ रनको सामान्य लक्ष्य पाएको हो ।
    कुवेती महिला टोली १५.४ ओभरमा २७ रन बनाई अल आउट भयो । कुवेतकी ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाईन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
    नेपालकी स्पिनर संगिता राईले २.४ ओभरमा २ मेडन सहित कुनै रन नदिई ३ विकेट लिइन् । स्पिनर करुणा भण्डारीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारीको नाममा १ विकेट रह्यो ।
    नेपाल आज कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

  • आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई जितको लागि २८ रनको लक्ष्य

    भक्तपुर, मंसिर ९

    आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई जितको लागि २८ रनको लक्ष्य पाएको छ । आइसीसी एकेडेमी दुबईमा जारी खेलमा टस जितेर पहिला व्याटिङ गरेको कुवेत २७ रनमा अलआउट भएपछि नेपालले जितका लागि २८ रनको सामान्य लक्ष्य पाएको हो ।

    कुवेती महिला टोली १५.४ ओभरमा २७ रन बनाई अल आउट भयो । कुवेतकी ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाईन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालकी स्पिनर संगिता राईले २.४ ओभरमा २ मेडन सहित कुनै रन नदिई ३ विकेट लिइन् । स्पिनर करुणा भण्डारीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारीको नाममा १ विकेट रह्यो ।

    नेपाल आज कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ । नेपाललाई शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्न बाँकी तीन खेलमा जित्नुपर्ने हुन्छ ।

  • नेपाल संवतले राष्ट्रिय एकतालाई मजबुद बनाएको छ – प्रधानमन्त्री देउवा

    भक्तपुर, कार्तिक १९
    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवतले विविधतायुक्त नेपाली समाजमा आपसी एकता र भाइचाराको सन्देश दिएको बताउनुभएको छ । नेपाल संवत ११४२ को अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठानले मध्यपुर थिमिको शंखधरचोकमा अवस्थित साख्वाको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवतले राष्ट्रिय एकतालाई मजबुद बनाउन र एकतावद्ध बनाउन प्रेरणा मिलेको बताउनुभएको हो ।
    साख्वाको कदमले नेपालीलाई ऋण र दासत्वको जीवन त्यागी स्वाभिमानी र स्वतन्त्र भएर बाँच्न सिकाएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले साख्वाको कार्यबाट सबैले सिक्नुपर्ने बताउनुभयो ।


    उहाँले नेपाल संवतको मोवाईल एप सार्वजनिक गर्दै यसले नेपाल संवतलाई दैनिक जीवनमा प्रयोग गर्न सहज र सरल हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले शंखधर बुलेटिन सार्वजनिक गर्नुका साथै नेपाल संवतको पात्रो तयार गर्न योगदान दिनुहुने नेपाल पञ्चांग निर्णय समिति र शंखधरचोक नामाकरण गरी शंखधरको प्रतिमा स्थापना गर्न अतुलनीय योगदान दिनुहुने मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख एवम् प्रतिष्ठानका संस्थापक अध्यक्ष मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्नुभयो ।


    सो कार्यक्रममा संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत, बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, बागमति प्रदेशका सांसदहरु रजनी जोन्छें, डा. राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटी, नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, विभिन्न राजनीतिक दलका नेतालगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा महाकाली नाचलगायतका विविध साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

  • एएफसी यू–२३ एसियन कप छनोट – नेपाल अंकका साथै गोलविहिन हुँदै बाहिरियो

    भक्तपुर, कार्तिक १४
    नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बी मा तेस्रो हारसँगै अंक र गोल विहिन हुँदैं प्रतियोगिताबाट बाहिरिएको छ । ताजिकिस्तानमा सम्पन्न प्रतियोगितामा नेपाल समूहको ३ खेलमा १४ गोल व्यहोर्दा एक गोल पनि गर्न नसकी बाहिरिएको हो ।
    नेपाल आइतवार सम्पन्न समूहको अन्तिम खेलमा लेवनानसँग ४–० ले पराजित भयो । यसअघि नेपाल पहिलो खेलमा बलियो इरानसँग ४–० र आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको थियो ।
    लेवनानसँगको खेलमा पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खाएको थियो । खेल अवधिभर दवाब झेलेको नेपालले लेबनानविरुद्ध २६ औं मिनेटमा पहिलो गोल खाएको थियो । टोलीले दोस्रो हाफको दोस्रो मिनेटमा नै दोस्रो गोल खायो । त्यसपछि लेबनानले ७४ औं र ८२ औं मिनेटमा गोल गर्दै फराकिलो जित निकालेको हो ।


    वर्तमान राष्ट्रिय टोलीका ६ र राष्ट्रिय टोलीको अनुभव बटुली सकेका अन्य ५ गरी ११ अनुभवी खेलाडी सम्मिलिन टोलीले ताजिकिस्तानमा निक्कै कमजोर प्रदर्शन ग¥यो । टोलीले ३ वटै खेलमा कुनै कसिलो आक्रमण बुन्न सकेन । फलस्वरुप नेपालले १४ गोल व्यहोरेपनि कुनै गोल गर्न सकेन र अंक तालिकाको पुछारमा रहँदै घर फर्किन बाध्य भयो ।
    नेपालले एसियन यू–२३ छनोटमा गोल गर्न नसकेको यो तेस्रो प्रतियोगिता हो । नेपालले यसअघिका दुई प्रतियोगितामा पनि गोल गर्न सकेको थिएन । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिता भर पुरै रक्षात्मक रणनीति अपनाएका थिए । उनले मिडफिल्डरलाई समेत डिफेन्समा उतारेका थिए ।
    समूहमा इरान शिर्ष स्थानमा रहँदैं अन्तिम चरणको लागि छनोट भएको छ । इरानले समूहका तीन वटै खेलमा जित हासिल गर्दै ९ अंक जोड्यो । इरानले नेपाललाई ४–०, लेवनानलाई २–० र आयोजक ताजिकिस्तानलाई ३–२ ले पराजित गरेको थियो ।
    आयोजक ताजिकिस्तान दुई खेलमा जित र एकमा हारका साथ ६ अंक जोडदै उत्कृष्ट दोस्रो टोलीको रुपमा अन्तिम चरणमा प्रवेश गर्ने सम्भावना रहेको छ । ताजिकिस्तानले नेपाललाई ६–० र लेवनानलाई १–० ले पराजित गरेको थियो ।

  • साफ च्याम्पियनसिप २०२१ – किर्तिमानी ८ औं पटक भारतलाई उपाधि, नेपाल उपविजेतामा सिमित

    भक्तपुर, असोज ३१
    पहिलो हाप गोलरहित बराबरीमा सकिएको साफ च्याम्पियनसिपको फाइनलको दोस्रो हापमा ३ गोल खाएपछि पहिलो पटक च्याम्पियन बन्ने नेपालको सपना फेरी एकपटक टुहिएको छ । माल्दिभ्सको राजधानी मालेमा शनिवार राती भएको साफ च्याम्पियनसिपको फाइनलमा चीरपरिचित प्रतिद्धन्द्धी भारतसँग ३–० ले पराजित भएपछि पहिलो पटक फाइनल खेल्दै गरेको नेपालको साफ च्याम्पियन बन्ने सपना पुनः एक टुहिएको हो ।
    साफको इतिहासमा नेपाल फाइनलमा पुगेको यो पहिलो अवसर हो । पहिलो अवसरमा नै उपाधी उचाल्ने नेपालको लक्ष्यमा भारतीय कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहुल अब्दुल समाद बाधक बने । पहिलो हाप गोलरहित बराबरीमा सकिएपनि दोस्रो हापको शुरुमै भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गरेपछि नेपाली टोलीले लय गुमाएको थियो । सुनिलले खेलको ४९ औं मिनेटमा प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गर्दै नेपालविरुद्ध अग्रता बनाए ।
    पहिलो गोल खाएर सम्हालिन नपाउँदैं भारतका लागि सुरेश सिंह वाङजामले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।
    खेलको खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए । यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना टुहिएपछि उपविजेता सिमित बनेको छ । नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो ।


    भारी वर्षाका बीच माल्दिभ्स राष्ट्रिय रंगशालामा शुरु भएको खेलमा दुवै टोलीका खेलाडीलाई बल नियन्त्रण गर्न कठिनाई परेको थियो । खेलमा तुलनात्मकरुपमा भारतले बल माथि पकड जमाएका छन । खेलको ४ औं मिनेटमा भारतले अग्रता बनाउने सुवर्ण अवसरमा नेपालका कप्तान एवम् गोलकिपर किरणकुमार लिम्बु बाधक बने । उनले यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई विफल मात्र पारेन रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई समेत उत्कृष्ट ढंगले बचाए । त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो ।


    खेलको १४ औं मिनेटमा भारतको लगातार तीन आक्रमण गरे तर नेपाली डिफेन्सले संगठित खेल पस्कँदै तीन वटै प्रहारलाई विफल पारे । पानीका कारण रोहितले सन्तुलन गुमाउँदा खेलको १७ औं मिनेटमा नेपालले अग्रता बनाउनबाट चुक्यो । रोहितले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर चिप्लेपछि प्राप्त सुवर्ण अवसरमा सन्तुलन गुमाउन पुक्दा चिप्लिएर लडेपछि गोलको अवसर खेर गएको थियो ।
    भारतीय कप्तान सुनिल क्षेत्रीले २७ औं मिनेटमा पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारलाई किरणले बचाए भने ४४ औं मिनेटमा यासिरको क्रसमा सुनिलको भली प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएपछि खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको हो ।


    फाइनलमा नेपालको सुरुवाती ११ मा गोलरक्षकमा कप्तान किरण, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका छन् । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।
    खेलको ६६ औं मिनेटमा सुनिलले नेपालको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई किरणले उत्कृष्ट बचाउ गरे । ७३ औं मिनेटमा किरणले अनिरुद्धको फ्रिकिकलाई बचाउँदै भारतलाई अग्रता बढाउने अवसरबाट रोके । खेलको ७७ औं मिनेटमा मनिष डाँगीको लामो पासमा रोहितको फ्लिक हेडर क्रसबारमा लाग्दा नेपाल खेलमा फर्कने अवसरबाट बन्चित भयो । ८० औं मिनेटमा रोहितले आफ्नो पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै उदान्त सिंहको अन्तिम प्रहारलाई विफल बनाएका थिए । ८४ औं मिनेटमा मनिषको लामो दुरीको प्रहारले पोस्टको दिशा लिन नसकेपछि नेपालको गोल फर्काउने प्रयास खेर गयो ।


    खेलमा दुई गोलले पछि परेको स्थितीमा नेपालले आक्रमण रणनीति खेल्दै पाँच खेलाडी परिवर्तन गरेको थियो । फाइनलमा नेपालको सुरुवाती ११ मा गोलरक्षकमा कप्तान किरण, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका थिए । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका थिए ।
    खेलको ५६ औं मिनेटमा नेपालले तीन खेलाडी परिवर्तन गरे । सुमन अर्याल, सुजल श्रेष्ठ र गौतम श्रेष्ठको स्थानमा विशाल राई, मनिष डाँगी र आयुष घलान मैदान प्रवेश गराउँदैं नेपालले अनन्त, दीनेश र रोहितलाई डिफेन्समा खेलाउँदै आक्रामक रणनीति लिएको थियो । ६५ औं मिनेटमा सुमन लामाको स्थानमा सुनिल बल मैदान प्रवेश गरेका थिए । ८१ औं मिनेटमा पुजन उपरकोटीको स्थानमा सन्तोष तामाङ मैदान छिरेका थिए ।


    पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो । नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो । पाकिस्तान फिफाको प्रतिवन्धका कारण र भुटान आफ्नै देशको कोभिड–१९ को प्रोटोकलका कारण प्रतियोगितामा सहभागी नभएपछि सहभागी ५ टोलीलाई राउण्ड रोविन लिगका आधारमा खेलाईएको थियो ।
    लिगका चार खेल मध्ये नेपाल दुई जित, एक हार र एक बराबरीका साथ ७ अंक सहित फाइनलमा प्रवेश गरेको हो । त्यसैगरी भारत चार खेलमा दुई जित र दुई हारकासाथ ८ अंक सहित फाइनल प्रवेश गरेको हो ।
    नेपालले समूह चरणको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–०, दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित गरेको नेपाल बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो ।
    भारत पहिलो दुई खेलमा बंगलादेशसँग १–१ र र श्रीलंकासँग गोलरहित बराबरी खेलेको भारत तेस्रो खेलमा नेपाललाई १–० र चौंथो खेलमा आयोजक माल्दिभ्सलाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

  • दोस्रो हाफको सुरुवातमै भारतलाई २–० को अग्रता

    भक्तपुर, असोज ३०
    साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनलमा दोस्रो हापको सुरुवातमै भारतले २ गोलको अग्रता बनाएको छ । पहिलो हाप गोलसहित बराबरीमा सकिएको खेलमा ४८ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता बनाएको थियो ।
    सुनिलले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गर्दै नेपालविरुद्ध अग्रता बनाए । त्यस लगत्तै सुरेश सिंह वाङजामले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।

  • साफ च्याम्पियनसिप – फाइनलको पहिलो हाफ गोलरहित बराबरी

    भक्तपुर, असोज ३०
    भारी वर्षाका बीच माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को फाइनलको पहिलो हाप गोलरहित बराबरीमा टुंगिएको छ । माल्दिभ्स राष्ट्रिय रंगशालामा जारी फाइनलमा नेपाल र भारत दुवैले गोलका केही अवसर बुने पनि फिनिसिङमा चुक्दा पहिलो हाप गोलरहित बराबरीमा टुंगिएको हो ।
    वर्षाका कारण दुवै टोलीका खेलाडीलाई बल नियन्त्रण गर्न कठिनाई परेको थियो । खेलमा तुलनात्मकरुपमा भारतले बल माथि पकड जमाएका छन । खेलको ४ औं मिनेटमा भारतले अग्रता बनाउने सुवर्ण अवसरमा नेपालका कप्तान एवम् गोलकिपर किरणकुमार लिम्बु बाधक बने । उनले यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई विफल मात्र पारेन रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई समेत उत्कृष्ट ढंगले बचाए । त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो ।


    खेलको १४ औं मिनेटमा भारतको लगातार तीन आक्रमण गरे तर नेपाली डिफेन्सले संगठित खेल पस्कँदै तीन वटै प्रहारलाई विफल पारे । पानीका कारण रोहितले सन्तुलन गुमाउँदा खेलको १७ औं मिनेटमा नेपालले अग्रता बनाउनबाट चुक्यो । रोहितले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर चिप्लेपछि प्राप्त सुवर्ण अवसरमा सन्तुलन गुमाउन पुक्दा चिप्लिएर लडेपछि गोलको अवसर खेर गएको थियो ।
    भारतीय कप्तान सुनिल क्षेत्रीले २७ औं मिनेटमा पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारलाई किरणले बचाए भने ४४ औं मिनेटमा यासिरको क्रसमा सुनिलको भली प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएपछि खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको हो ।


    फाइनलमा नेपालको सुरुवाती ११ मा गोलरक्षकमा कप्तान किरण, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका छन् । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।