Category: खेलकुद

  • मध्यपुर थिमिमा हुने राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको तयारी पुरा

    भक्तपुर, पुस २६
    २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भोली (मंगलवार)देखी मध्यपुर थिमिमा शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ले जानकारी दिए ।
    प्रतियोगिताका लागि खेलाडी आउने क्रम जारी रहेको अध्यक्ष श्रेष्ठले बताए । ‘८० प्रतिशत खेलाडी आईसके । केही आउनेक्रम जारी छ । मंगलवार बिहानसम्म सबै खेलाडी आइपुग्छन,’ उनले भने ।
    तीन दिन सञ्चालन हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष÷महिला, युथ पुरुष÷महिलाको विभिन्न वजन समूहमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथीको केजी समूहको प्रतिष्पर्धा हुनेछ । त्यस्तै युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुने संघका अध्यक्ष राम श्रेष्ठ बोसले जानकारी दिए ।
    त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी मार्थिको तौल समूहका खेलहरु हुनेछ ।
    प्रतियोगितामा विभिन्न जिल्ला र विभागीय गरी कुल २३ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० सहित कुल १८० पदकको लागि प्रतिष्पर्धा हुनेछ ।

  • भारोत्तोलनको राष्ट्रिय च्याम्पियनसिप भक्तपुरमा हुने

    भक्तपुर, पुस १५
    भक्तपुरको मध्यपुर थिमिमा भारोत्तोलनको राष्ट्रिय च्याम्पियनसिप हुने भएको छ । नेपाल भारोत्तोलन संघले बिहिवार मध्यपुर थिमिमा पत्रकार सम्मेलन गरी यही पुस २७ गतेदेखी २९ गतेसम्म २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०७८ मध्यपुर थिमिमा आयोजना हुने जानकारी दिएको हो ।
    प्रतियोगितामा जनियर तथा सिनियर पुरुष÷महिला, युथ पुरुष÷महिलाको विभिन्न वजन समूहमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथीको केजी समूहको प्रतिष्पर्धा हुनेछ । त्यस्तै युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुने संघका अध्यक्ष राम श्रेष्ठ बोसले जानकारी दिए ।
    त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी मार्थिको तौल समूहका खेलहरु हुनेछ ।
    प्रतियोगितामा झापा, उदयपुर, मोरङ्ग, सप्तरी, महोत्तरी, सिराहा, धनुषा, बारा, पर्सा, चितवन, कास्की, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, भक्तपुर, ललितपुर, काठमाण्डौं जिल्ला टिम र विभागिय टिमहरु नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेना गरी २३ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा करिव २ सय जना खेलाडीको सहभागिता रहने जनाएको छ ।
    प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० सहित कुल १८० पदकको लागि प्रतिष्पर्धा हुनेछ ।
    प्रतियोगिता सञ्चालन गर्न करिव ५१ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । खेलाडीहरुको आतेजाते यातायात खर्च र प्रतियोगिता अवधीभर खानेबस्ने व्यवस्था आयोजकले गर्ने जनाएको छ ।
    पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अन्तराष्ट्रिय प्रतियोगितामा सबै भन्दा धेरै पदक जित्न सफल भारोत्तोलन खेललाई राज्यले सधैं उपेक्षा गर्दै आइरहेको बताए । उनले भने राष्ट्रको शिर उचो बनाउन सफल खेल भारोत्तोलनको विकासका लागि सरकारको ध्यान जान सकेको छैन । उनले भारोत्तोलनको विकासको लागि स्थानीय सरकारहरुले पनि चासो दिनुपर्ने बताए ।
    मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रको विकास एवम् खेलाडीहरुको वृत्ति विकासका लागि विभिन्न प्रतियोगिता र खेलाडी सम्मान कार्यक्रमलाई सहयोग गर्दै आइरहेको जानकारी दिँदैं भारोत्तोलनको लागि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए । उनले भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता मध्यपुर थिमिमा हुनु मध्यपुरकै लागि गौरवको विषय भएको बताए ।

  • विद्यालयस्तरीय भक्तपुर कप फुटबलमा मदरल्याण्ड च्याम्पियन

    भक्तपुर, पुस १३
    मदरल्याण्ड स्कुल दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिताको च्याम्पियन बनेको छ । स्थानीय महेश्वरी खेल मैदानमा मंगलवार सम्पन्न फाइनलमा सहआयोजक स्प्रिङडेल इङ्गलिस बोर्डिङ्ग स्कुल लिवालीलाई ०–१ गोलले पराजित गर्दै मदरल्याण्ड च्याम्पियन बनेको हो ।
    मदरल्याण्डको जितमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको पहिलो हापमा स्प्रिङडेलका खेलाडीले गरेको आत्मघाती गोलले नै मदरल्याण्डलाई च्याम्पियन बनाएको हो ।


    सिद्धि स्मृति प्रतिष्ठानको सहयोगमा भक्तपुर एफसी ११ र स्प्रिङडेलले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितामा उपाधी जित्ने मदरल्याण्डले नगद १० हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरे । दोस्रो हुने स्प्रिङडेलले नगद ५ हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरे । विजयी टिम र खेलाडीलाई बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले पुरस्कार वितरण गरे ।
    फाइनलमा स्प्रिङडेलका आजाद प्रजापति म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा विजेता मदरल्याण्डका सुदिल थुयाजु उत्कृष्ट खेलाडी, सुनिल लामा उत्कृष्ट गोलकिपर र अतित तामाङ उत्कृष्ट रक्षक घोषित भए भने उदियमान खेलाडीमा स्प्रिङडेलका अतित लामा घोषित भए । ख्पप्रिङ स्कुलले फेयर प्ले अवार्ड हात पारे ।

  • एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप – उज्वेकिस्तानलाई हराउँदै नेपालद्धारा उपाधी रक्षा

    भक्तपुर, पुस १३
    साविक विजेता नेपालले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधी रक्षा गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको हो ।
    नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० को जित निकाल्दै उपाधी रक्षा गर्न सफल भएको हो । नेपालले यसअघि बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा पहिलो अन्तराष्ट्रिय उपाधी जितेको थियो ।
    फाइनलमा नेपाल पहिलो सेटमा एक समय १२–१७ ले पछि परेको थियो तर नेपालले उत्कृष्ट पुनरागमन गर्दै २६–२४ को रोमाञ्चक जित निकाल्न सफल भयो । दोस्रो सेटमा नेपालले कुनै पनि समय अग्रता बनाउन सकेन र अन्ततः २४–२६ ले उज्वेकिस्तानलाई नतिजा सुम्पियो ।


    रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा १५–१६ को अवस्थामा लय गुमाएपछि नेपाल १९–२३ ले पछि परेको थियो । उज्वेकिस्तानका प्रशिक्षकले रातो कार्ड खाएपछि नेपालले एक अंक थप्दै खेलमा फर्किएको संकेत दिदा ३ अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा ल्याए । त्यसपछि नेपालले एक अंक जोड्दा उज्वेकिस्तानले दुई पटक सेट प्वाइन्ट लिदै खेल २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
    तेस्रो सेटमा ११–११ को स्थितीबाट नेपालले लगातार ७ अंक जोड्दै खेललाई १८–११ को अवस्थामा पुर्याए । त्यसपछि नेपालले थप ७ अंक जोड्दै २५–१५ को सहज जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले सेट २२–२५ ले गुमाउन पुग्दा खेल पाँचौ सेटमा लम्वियो । प्रतिस्पर्धात्मक पाँचौ सेटमा ७–७ को बराबरीबाट अघि बढेको नेपालले १३–९ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । त्यसपछि उज्वेकिस्तानले दुई अंक र नेपालले दुई अंक जोड्दै १५–१० को सेटमा च्याम्पियन बन्न सफल भयो ।

    यसपटक नेपालले च्याम्पियनसिपमा कुल ६ खेलमा २१ सेट खेल्दा १८ सेटमा जित र ३ सेटमा हारको नतिजा निकाल्यो । नेपालले राउण्ड रोविनको लिगमा श्रीलंकासँग २ तथा उज्वेकिस्तानसँग एक सेट गुमाएको थियो ।

  • भक्तपुर जिल्ला लिग फुटबल शुरु, पहिलो खेलमा भक्तपुर युनाईटेड विजयी

    भक्तपुर, पुस ११
    भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ मा भक्तपुर युनाइटेड फुटबल क्लवले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमिको सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा शनिवार शुरु भएको जिल्ला लिगमा युनाइटेडले जनप्रेमी स्पोटर्स क्लव कौशलटारलाई पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
    प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेडले जनप्रेमीलाई ५–० ले पराजित गरे । युनाइटेडले पहिलो हापमा एक गोलले अग्रता बनाएको थियो भने दोस्रो हापमा ४ गोल थपेको थियो ।
    युनाइटेडको तुलनामा निक्कै कमजोर देखिएको जनप्रेमीले खेल अवधीभर गतिलो आक्रमण समेत बुन्न सकेन । शारीरिकरुपले पनि कमजोर देखिएको जनप्रेमी अधिकांश समय युनाइटेडलाई रोक्न मै व्यस्त बने । खेलको अधिकांश समय बल जनप्रेमीको गोलपोष्ट नजिक घुमिरहेको थियो । केही अवसरमा जनप्रेमीका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै टोलीलाई लज्जास्पद हारबाट जोगाएका थिए ।
    यसअघि प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जिल्लामा फुटबल विकासका लागि एन्फाले जिल्ला लिगको अवधारणालाई थप परिस्कृत गरेको बताए । उनले जिल्लामा नकआउट लिगबाट ६ वा ८ क्लव जिल्ला ए डिभिजन लिगको लागि छनोट हुने र अर्को वर्ष सोही ६ वा ८ टिमबीच जिल्ला लिग हुने जानकारी दिए । त्यसैगरी जिल्ला लिगको लागि छनोट हुन नसकेका टोली र खुल्ला विज्ञापनबाट आवेदन दिएका टोली समावेश गरी जिल्ला नकआउट लिग हुने अध्यक्ष शेर्पाले बताए ।


    उनले भक्तपुर जिल्ला फुटबल संघलाई खारेज नगरी अघिल्लो कार्यसमितिले एन्फाको विधान, नीति र निर्देशनको पालना नगरेकोले त्यसलाई प्रतिष्ठापन गरी नयाँ तदर्थ समितिलाई लिग सञ्चालन गर्ने जिम्मेवारी दिएको बताए ।
    केन्द्रदेखी जिल्लासम्म फुटबलमा रहेको सिण्डिकेट तोड्न आफुले भरमग्दुर प्रयास गरिरहेको बताउँदैं उनले एउटै व्यक्ति २० वर्षसम्म अध्यक्ष हुने प्रवृत्तिले फुटबलको विकास नभएको जिकिर गरे ।
    कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले खेलकुदलाई अतिरिक्त क्रियाकलापका नभई अनिवार्य क्रियाकलापको रुपमा विद्यालय तहदेखी बिस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले खेलकुदमा राजनीति घुसायो भने यसको विकास हुन सक्दैन भन्दै खेललाई राजनीतिबाट मुक्त बनाएर खुल्ला रुपमा सहयोग गर्ने बताए ।
    नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राजनीतिक दल चुनावी मैदानमा प्रतिस्पर्धा गरेपनि खेल क्षेत्रको विकासका लागि एक अर्काबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।


    कार्यक्रममा एन्फाका उपाध्यक्ष एवं मध्यपुर युथ एशोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले मध्यपुर युथ एशोसिएन ए डिभिजनमा उक्लिसकेको भए पनि आर्थिक अभावका कारण त्यसमा टिकाउन नसकेको तितो अनुभव सुनाए । उनले आगामी फागुनमा हुने बि डिभिजन लिगबाट ए डिभिजनका उक्लने गरि तयारी गरिरहेको जानकारी दिँदैं नेपालमा ग्रासरुट फुटबलको विकासमा मध्यपुर पहिलो स्थानमा रहेको बताए । उनले फुटबलको विकासका लागि राजनीतिक हस्तक्षेप नभई सहयोग हुनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, बिज एजुकेशनका निर्देशक हरिकृष्ण कार्की, संघका वरिष्ठ उपाध्यक्ष अनिल हेका, अध्यक्ष किशोर हेकाले फुटबल खेलको विकासमा भक्तपुरले गरेको प्रगतिको चर्चा गरे ।
    संघले लिग कम नकआउटको आधारमा सञ्चालन गरेको प्रतियोगितामा भक्तपुर जिल्लाका १३ वटा टिमको सहभागिता रहेको छ । १४ वटा क्लव दर्ता भएपनि कागजपत्र नपुगेका कारण एउटा टिमको दर्ता रद्ध भएको संघका कोषाध्यक्ष निलेश आचार्यले बताए ।

  • दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगितामा सिद्धिदासको विजयी शुरुवात

    भक्तपुर, पुस ८
    भक्तपुरमा बुधबारदेखि दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेलमा सिद्धिदास मावि भक्तपुर फराकिलो अन्तरले विजयी भएको छ ।
    भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवालीले संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा स्थानीय माहेश्वरी खेल मैदानमा शुरु प्रतियोगितामा सिद्धिदासले आयोजक स्प्रिङडेललाई ५–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
    प्रतियोगिताको दोश्रो दिन बिहीबार पहिलो खेल ख्वपृङ्ग इङ्गलिस स्कुल लिवाली र मदरल्याण्ड स्कुल बाचामारीबीच हुनेछ । दोश्रो खेलमा विनायक स्कुल मध्यपुर थिमि र रोम्वस स्कुल कमलविनायकबीच प्रतिष्पर्धा हुनेछ ।


    प्रतियोगितामा पहिलो र दोश्रो हुने विद्यालयलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले जानकारी दिए । भक्तपुरको फुटबल खेललाई अगाडि वढाउने उद्देश्यका साथ प्रतियोगिता गरेको उनले बताए । ‘आजका विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भोलि मजबुद फुटबल टिम बन्ने सक्छ,’ उनले भने ।
    स्प्रिङडेल इङ्गलिस बोर्डिङ्ग स्कुलका कार्यकारी निर्देशक बिजु श्रेष्ठले प्रतियोगितामा कक्षा सातदेखि १० सम्मका विद्यार्थीको टिम सहभागी भएको जानकारी दिए ।

  • भक्तपुरमा पहिलो पटक फुटबलको जिल्ला लिग हुने

    भक्तपुर, पुस ५
    भक्तपुरमा पहिलो पटक फुटबलको जिल्ला लिग हुने भएको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा यही पुस १० देखि २८ गतेसम्म जिल्ला लिग हुन लागेको हो ।
    अखिल नेपाल फुटबल संघ (एन्फा को बार्षिक कार्यक्रम अन्तर्गत भक्तपुरमा पहिलो पटक जिल्ला लिग हुन लागेको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
    लिगमा जिल्लाका १४ वटा क्लवको सहभागिता हुनेछ । लिगकम नकाउटको आधारमा हुने प्रतियोगितामा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येका समूहमा शिर्ष दुई स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । लिगका खेल मध्यपुर थिमिको सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा हुने संघका कोषाध्यक्ष निलेष आचार्यले जानकारी दिए ।
    प्रतियोगितामा सहभागी १४ टोली मध्ये समूह ए मा जनप्रेमी स्पोर्टस क्लब, दिव्येश्वरी क्लव, लोकन्थली एफसी, वृहस्पति युवा क्लव, मध्यपुर जागरुक युवा क्लव, भक्तपुर युनाइटेड एफसी र समृद्ध नेपालको लागि युवा समाज रहेका छन ।
    त्यस्तै समूह बी मा दिव्येश्वरी युथ समाज, मध्यपुर युनाइटेड एफसी, ठिमी युथ क्लव, विश्व विनायक एफसी, वेलफेयर स्पोर्टस क्लब, बालकोट ब्वाइज, सत्य संसार, भक्तपुर युनाइटेड एफसीको सहभागिता रहेको छ ।
    प्रतियोगिता सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरेको जानकारी दिँदैं लिग संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष अनिल हेकाले लिग सञ्चालनको लागि करिव ८ लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताए ।
    लिगमा विजेता र उपविजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको संघका अध्यक्ष किशोर हेकाले बताए । उनका अनुसार हाल विभिन्न संस्थासँग प्रायोजनको बारेमा छलफल भइरहेकाले नगद पुरस्कारको राशी घोषणा नगरिएको जानकारी दिए ।

  • ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त – सन्दीप राष्ट्रिय टोलीको कप्तान नियुक्त

    भक्तपुर, पुस १
    नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित चार जनालाई अनुशासनको कारवाही गर्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । क्यानले मल्ललाई कप्तानको जिम्मेवारीबाट हटाउँदैं सन्दिप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ ।
    खेलाडी वर्गिकरणका विषयमा उत्पन्न विवादका कारण क्यानले चार जना खेलाडीलाई कारवाही गरेको हो । कारवाहीमा परेका अन्य खेलाडीमा सोमपाल कामी र कमलसिंह ऐरी छन । उनीहरु चारै जनालाई सन् २०२२ को केन्द्रीय ग्रेडमा शुरुवाती ६ महिना सहभागी नगराउने निर्णय क्यानले गरेको हो ।


    क्यानको अनुशासन उलंघन सम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिश गरे बमोजिम खेलाडी आचार संहिता उलंघन गरेको भन्दै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको हो ।
    कप्तान पारस खड्काको राजीनामापछि ज्ञानेन्द्र २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए । उनको कप्तानीमा नेपालले प्रर्दशन अन्तर्राष्ट्रिय क्रिकेटमा औसत रहँदै आएको थियो ।
    ज्ञानेन्द्र, दीपेन्द्र सिंह, सोमपाल र कमलले क्यानले ग्रेड सार्वजनिक नगर्दै एक मिडियामा त्यसबारे विरोध जनाएपछि क्यानले दुई पटक स्पष्टिकरण सोधेको थियो । सोमपालले आफू बी मा हुँदा अन्याय भएको र सी मा परेका कमलले पनि असन्तुष्ट जनाएका थिए । ज्ञानेन्द्र र दीपेन्द्र भने ग्रेड ए मा थिए । ग्रेडमा केन्द्रित रहेर खेलाडीले आलोचना गरेका थिए । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोधेको थियो ।
    खेलाडीले कात्तिक ३० मा क्यानलाई जवाफ दिए । तर क्यान सन्तुष्ट भएन । ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गिकरण बारे स्पष्टीकरण सोधेका थिए । त्यसपछि विवाद झन बढ्दै गएको थियो । क्यानले मंसिर ८ मा तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो ।
    यसैबीच चार खेलाडीलाई कारवाही गर्ने निर्णयमा क्यानका ६ बोर्ड सदस्यले असहमति जनाउँदैं नोट अफ डिसेन्ट लेखेका छन । क्यानले बुधबार भर्चुअल माध्यमबाट राखेको बोर्ड बैठकमा सहभागी मध्ये केन्द्रिय सदस्य छुम्बी लामा, करण महतरा क्षेत्री, मोहम्मद दाउद अन्सारी, ऋषिराम गौतम र अमित वीर पाण्डेले खेलाडीलाई ग्रेडमा सहभागी नगराउने निर्णयमा असहमति जनाउँदैं नोट अफ डिसेन्ट जनाएका हुन् ।

  • कांग्रेस महाधिवेशन – देउवा अग्रता बढाउँदैं

    भक्तपुर, मंसिर २८
    नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म २६७७ मतगणना भएको छ ।
    प्राप्त नतिजा
    शेरबहादुर देउवा ः १२६५
    डा. शेखर कोइराला ः ९८०
    विमलेन्द्र निधि ः १९५
    प्रकाशमान सिंह ः २०७
    कल्याण गुरुङ ः १२

  • भक्तपुर नगरब्यापी विद्यालयस्तरीय टेवल टेनिस प्रतियोगिता सम्पन्न

    भक्तपुर, मंसिर २२
    भक्तपुर नगरपालिकाद्धारा आयोजित नगरब्यापी विद्यालयस्तरीय टेवल टेनिस प्रतियोगिताका सम्पूर्ण खेलहरु मंगलवार सम्पन्न भएको छ ।
    प्राप्त परिणाम अनुसार गर्ल्स टीम इभेन्ट्समा प्रभात ई. स्कूल प्रथम , प्रोक्सिमा एकडेमी दोश्रो र माउण्ट भ्याली र जेन्यूइन सेकेण्डरी स्कूल संयुक्त रुपमा तेश्रो भए । व्वाइज टीम इभेन्ट्समा प्रोक्सिमा एकडेमी प्रथम, द राइजिङ्ग इ. स्कूल दोश्रो, जेन्यूइन सेकेण्डरी स्कूल र गोल्डेन गेट ई.स्कूलले संयुक्त रुपमा तेश्रो स्थान प्राप्त गरे ।


    व्वाइज १६ बर्षमुनी करण कपाली विद्या आर्जन प्रथम, न्युनिस सुवाल द राइजिङ्ग इ. स्कूल दोश्रो, उज्वल न्हुछे प्रोक्सीमा एकडेमी र क्रियशन सुवाल जेन्यूइन सेकेण्डरी स्कूल संयुक्त रुपमा तेश्रो भए ।
    व्वाइज १२ बर्षमुनि तर्फ बिशाल कवां प्रोक्सिमा एकडेमी प्रथम, रुकेश कवां माउण्ट भ्याली ई. स्कुल दोश्रो तथा बासु माविका सुयौढ दुवाल र माउण्ट भ्याली ई. स्कुलका शोहन गोर्खाली संयुक्त रुपमा तेश्रो भए ।
    गर्ल्स १६ बर्षमुनी तर्फ मर्मदा खाइतु प्रोक्सिमा एकडेमी प्रथम, प्रभात ई.स्कुलका शौरभि कोजु दोश्रो, तथा प्रभात ई.स्कुलकै सेफिना कोजु र प्रोक्सिमा एकडेमी प्रज्ञा भेले संयुक्त रुपमा तेश्रो भए ।


    गर्ल्स १२ मुनि प्रभात ई.स्कुलका क्रमशः प्रदिपा सुवाल प्रथम क्यारिना सुवाल दोश्रो भए । जेन्यूइन सेकेण्डरी स्कूलका वेन्डी सुवाल र माउण्ट भ्यालीका आशिका काशिछ्वा संयुक्त रुपमा तेश्रो भए ।
    मिक्स डबल तर्फ बिशाल र नर्मदाको जोडी प्रोक्सिमा एकडेमी प्रथम, प्रज्वल र प्रदीपाका जोडी प्रभात स्कूल दोश्रो र संयुक्त रुपमा सिर्जल र क्यारिनाको जोडी प्रभात स्कूल र सफल र सिरस्तीकाको जोडी प्रोक्सिमा एकडेमी संयुक्त रुपमा तेश्रो भए ।
    अन्तिम परिणाम अनुसार प्रोक्सिमा एकडेमीले ४ स्वर्ण, १ रजत र २ काश्य गरी ७ पदकका साथ समूहमा प्रथम भई प्रथम ट्रफी प्राप्त गर्नेछन् । प्रभात ई. स्कूलले २ स्वर्ण, ३ काश्य र २ काश्य पदक गरी ७ पदक प्राप्त गरी दोश्रो ट्रफी प्राप्त गर्नेछन् ।