क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा पक्राउ

भक्तपुर, फागुन ४
क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा र दैलेख भगवतीमाईका तोपेन्द्र सिंह रहेका छन ।
थापालाई झापा कमल गाउँपालिका–७ ठुलो बाराघारी बस्ने ४० वर्षिय सोमनाथ उप्रेतीको १९ लाख ९० हजार रुपैयाँ ठगेको आरोपमा पक्राउ गरेको हो । थापाले उप्रेतीलाई २३ लाख रुपैयाँमा क्यानडा पठाउने भन्दै पटक पटक गरेर १९ लाख ९० हजार रुपैयाँ लिएर फरार भएको प्रहरीको दावी छ । थापालाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ ।


यसैगरी सिंहलाई ६ लाख रुपैयाँ खर्चमा वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले बताउनुभयो ।
गोंगबुबाट पक्राउ परेका सिंहलाई गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ (१) र (२)बमोजिमको कसूरमा कानुनी कारबाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा राखिएको प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *