चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन शुरु

भक्तपुर, पौष २६
चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन शुरु भएको छ । नगरपालिकाको सभाहल तपादम्फोमा शुरु भएको अधिवेशनको पहिलो दिन मंगलवार नगर उपप्रमुख रमेश बुढाथोकीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संशोधिन नीति तथा कार्यक्रम र अर्धवार्षिक समिक्षा सर्वसम्मतले पारित गरेको छ ।
नगर प्रमुख जीवन खत्रीले सञ्चालन गरेको सभामा उपप्रमुख बुढाथोकीले चालु आर्थिक वर्ष नगरपालिकाको प्रस्तावित योजना ५३० वटा रहेकोमा हालसम्म २०२ वटा योजना सम्झौता भई कार्यान्वयनको चरणमा पुगेको जानकारी दिनुभयो । उपभोक्ता समितिमार्फत् एक सय ७५ र ठेक्का प्रक्रियामार्फत २७ वटा योजनाहरु सम्झौता भई काम शुरु भएको बताउनुभयो ।
सभामा उपप्रमुखको प्रतिवेदन वाचन गर्दै वडा नं. ५ का वडाअध्यक्ष जयन्द्र खड्काले नगरपालिकाको उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत् सार्वजनिक निर्माण सम्बन्धी कार्यविधि २०७९ कार्यपालिकाबाट २०७९ भदौ २६ मा स्वीकृत भई कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।
खड्काले आयव्यय विवरणका साथै शिक्षा तथा खेलकुद, महिला शशक्तीकरण बालवालिका तथा अन्य लक्षित कार्यक्रम, संघसंस्था समन्वय परिचालन, सामाजिक सुरक्षा भता वितरण, घटना दर्ता वितरण, स्वास्थ्य, सूचना प्रविधि, खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम, सहकारी, पशुपंक्षी सेवा, कृषि सेवा, सहरी विकास तथा भबन निर्माण, रोजगार सेवा केन्द्र, न्यायिक समिति लगायतका उपशीर्षकहरुमा प्रगति प्रतिवेदन वाचन गर्नुभयो ।
सभामा लेखा समितिको प्रतिवेदन वडा नं. ७ का वडाअध्यक्ष धनबहादुर लामा, नगरको सडक सम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन वडा नं. ९ का वडाअध्यक्ष गणेश त्यात, शिक्षा ऐन संशोधन वडा नं. ८ का वडाअध्यक्ष जनक खत्री, नगरको आर्थिक विधेयकमा राजश्व सम्बन्धी शिर्षक थप गर्ने सम्बन्धी प्रस्ताव कार्यपालिका सदस्य भारतीले प्रस्तुत गर्नुभयो ।

प्रस्तुत गरिएका विभिन्न प्रतिवेदन र प्रस्तावहरु माथि नगरसभाका सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । अधिवेशनको अर्को बैठक पौष २८ गते बस्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरामणी सुवेदीले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *