ताईपेइविरुद्ध नेपालको शुरुवाती ११ सार्वजनिक

भक्तपुर, जेठ २०
कतार विश्वकप फुटबल २०२२ तथा एसिया कप २०२३ छनोट अन्तर्गत समूह चरणको चाईनिज ताईपेईविरुद्ध अहिले पौने १० बजे हुने खेलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक अव्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैदानमा उतारेको टोलीमा दुई परिवर्तन गरी ताईपेईविरुद्धको टोली घोषणा गरेको छ ।
अलमुताईरीले नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामालाई टोलीमा समावेश गरेका छन । नेपाली शुरुवाती ११ मा गोलकिपर किरण चेम्जोङ, सेन्टर डिफेन्समा रोहित चन्द र अनन्त तामाङकै जोडीले निरन्तरता पाएको छ । लेफ्ट ब्याकमा सुमन अर्याल तथा राइट ब्याकमा गौतम श्रेष्ठले दीनेश राजवंशीभन्दा अघि रहेर शुरुवात गर्नेछन । मिडफिल्डमा पुजन उपरकोटीसँग सन्तोष तामाङ र सुमन लामाले खेल्नेछन् । आक्रमणमा अन्जन विष्टलाई आशिष र सुनिल बलले साथ दिनेछन् ।
ईराकविरुद्ध डेब्यु गर्दै गोल गरेका मनिष चोटका कारण दोस्रो हापमा मैदान प्रवेश गरेका थिएन । उनको स्थानमा सुनिलले अवसर पाएका थिए । अलमुताईरीले त्यसैलाई निरन्तरता दिनएका छन भने नवयुगको स्थानमा आशिषले शुरुवात गर्दैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *