गठ्ठाघरमा बसले स्कुटीलाई ठक्कर दिँदा एकको मृत्यु, अर्को घाईते

भक्तपुर, असार २१
मध्यपुर थिमि–३, गठ्ठाघरको ट्राफिक प्रहरी कार्यालय अगाडि बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छ । भक्तपुरबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा. ४ ख. २२१२ नं. को बसले सोही दिशातर्फ जाँदै गरेको बा. ७८ प. १०८३ नं. को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार युवतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रामेछाप घर भई हाल काठमाण्डौ जडिबुटीस्थित बर्गर हाउसमा काम गर्ने २४ वर्षिया रेजिना तामाङ हुन । दुर्घटनामा गम्भिर घाईते भएकी तामाङलाई उपचारका लागि कौशलटारस्थित भक्तपुर ईन्टरनेशनल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सोही दुर्घटनामा घाईते भएका स्कुटी चालक दोरम्बा गाउँपालिका ५, रामेछाप घर भई काठमाण्डौं जडिबुटी बस्ने सिद्धार्थ मगरको भक्तपुर ईन्टरनेशनल अस्पताल उपचार भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
प्रहरीले दुवै सवारी साधन र बसका चालक तिमाल गाउँपालिका ५ नारायणस्थान, काभ्रेपलाञ्चोकका ५० वर्षिय पोते तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *