ठूलो पानी गौथलीले मनोहरामा बच्चा कोरल्यो

भक्तपुर, असार १६
गतवर्ष मध्यपुर थिमि ८ बोडेस्थित मनोहरा मिनि कोशी टप्पुमा भेटिएको लोपोन्मुख चरा ठूलो पानी गौथलीले यसवर्ष बच्चा कोरलेका छन । वन्यजन्तु फोटोग्राफर तथा पंक्षीप्रेमी सञ्जय था श्रेष्ठको समूहले मनोहरा क्षेत्रमा आगन्तुक चराहरुको अभिलेख गर्नेक्रममा ठूलो पानी गौथलीले यसवर्ष बच्चा कोरलेको अभिलेख गरेको हो । श्रेष्ठको समूहमा पर्यटनकर्मी तथा वन्यजन्तु फोटोग्राफरहरु दिपक बुढाथोकी र युविन श्रेष्ठलगायतका छन ।
प्रायः सिमसार नजिकैका सुख्खा जमिनहरुमा गृष्मकालमा भेटिने चरा ठूलो पानीगौथली ३८ वर्ष पछि गतवर्ष मनोहरा क्षेत्रमा अभिलेख गरिएको थियो । अवलोकनका क्रममा दुई अल्पवयस्क सहित एक वयस्क ठूलो पानी गौथलीको तस्विर कैद गरिएको श्रेष्ठले बताउनुभयो ।
समुन्द्री सतहको ७५ देखि १३१० मिटर उचाई सम्म भेटिने यो ठूलो पानी गांैथली कुटनीतिज्ञ ब्रायन हड्सनले १९ औं शताब्दीमा नेपालको लागि पहिलो पटक अभिलेख गरेको थियो । सन् १९८८ मा पंछीबिद राजेन्द्र सुवालले बर्दिया जिल्लाको बढैया तालमा हाल सम्मकै धेरै २५ वटाको संख्यामा ठूलो पानी गौंथली अभिलेख गरेको थियो ।
नेपालको पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज देखि पूर्वमा कोशीटप्पु वन्यजन्तु आरक्ष सम्म भेटिएको यो पानीगौथली चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, जगदिशपुर जलाशय, फेवा ताल तथा संखुवासभाको तुम्लिङटारमा भेटिएको नेपालका संकटापन्न चराहरु सम्बन्धी रातो किताबमा उल्लेख गरिएको छ ।
तस्विर सौजन्य ः सञ्जय था श्रेष्ठ

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *