मध्यपुर थिमिमा कांग्रेसले अग्रता बढाउँदैं

भक्तपुर, बैशाख ३१
मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को ८ सय मत गणना भएको छ । जसमध्ये नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ४३७ मत प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले २८६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले २९६, नेकपा एमालेका उत्तरा नेपालले ३६६ मत प्राप्त गरेको छ ।
त्यस्तै वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोलले ४१३, नेकपा एमालेका कृष्णकुमार प्याथले १९३ मत प्राप्त गरेको छ । महिला सदस्यमा कांग्रेसका सरस्वती खड्काले ४०३, नेकपा एमालेका राधा हुमागाईंले ३०८, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियारले ४०७, एमालेका खुस्बु परियारले ३०२, खुल्ला सदस्यमा कांग्रेसका कान्छाराम द्धारेले ३८४, नेकपा माओवादी केन्द्रमा रमेश तामाङले २२८, एमालेका श्याम प्रजापतिले ३६६ र सुरेश बुढाथोकीले ३१५ मत प्राप्त गरेका छन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *