आचार संहिता विपरित वडा कार्यालबाटै चुनाव प्रचार प्रसार

भक्तपुर, बैशाख २२
भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक जना वडा अध्यक्ष उम्मेदवारले निर्वाचन आचार संहित उल्लंघन गरेको पाइएको छ । चानपा–३ एमालेका वडा अध्यक्षका उम्मेदवार श्याम सुन्दर धिमालले सरकारी गाडीको दुरुपयोग गर्दै वडा कार्यालयबाटै चुनाव प्रचार प्रसार गरी निर्वाचन आचार संहित उल्लंघन गरेको पाइएको हो ।
बैशाख ३० गतेको निर्वाचनका लागि वडा अध्यक्षबाट राजिनामा दिएर पुनः उम्मेदवारका रुपमा रहेका नेकपा एमालेका उम्मेदवार धिमाल वडा कार्यालयको अध्यक्षको कार्यकक्षमा बसेर चुनावी क्रियाकलापमा संलग्न भएको अवस्थामा फेला परेका हुन् । सरकारी गाडीमा(जिल्ला समन्वय समितिको सभापतिको गाडी)मा आएका उहाँले वडा कार्यालयबाट नै चुनावी क्रियाकलाप गरेपछि स्थानीयले विरोध समेत गरेका थिए । स्थानीयको विरोधपछि सरकारी गाडी भागेको थियो भने धिमालले फोटो नलिन र बाहिर कार्यकक्षबाट बाहिर निक्लन धम्की दिएका स्थानीयहरु बताउँछन् ।


निर्वाचनका लागि उम्मेदवार हुने जो कोही स्थानीय निकायका पदाधिकारीले राजीनामा दिनुपर्ने र चुनावी क्रियाकलाप वडा कार्यालयबाट गर्न नपाउने भएपनि एमालेका वडा अध्यक्ष उम्मेदवार धिमाल भने पहिलाको कार्याकक्षबाट नै निर्वाचन केन्द्रित क्रियाकलाप गर्दै छन ।
निवर्तमान वडा अध्यक्ष तथा ने.क.पा (एमाले) का तर्फबाट पुनः वडाध्यक्षका उम्मेदवार धिमाल र निवर्तमान महिला सदस्य तथा ने.क.पा (एमाले) का तर्फबाट पुनः महिला सदस्यका उम्मेदवार रमा थापाले राजिनामा दिएर छोडिसकेको वडा कार्यालयको कुर्सी तथा कार्यकक्षमा बसी चुनावी गतिविधि सम्बन्धित छलफल, उपभोक्ता समिति गठन, सञ्चार माध्यमलाई अन्र्तवार्ता दिने कार्यले निर्वाचन आचारसंहिताको ठाडो रुपमा उंलघन गरेका हुन् ।
उहाँहरुको यस्तो गतिविधिको नेपाली कांग्रेस, राप्रपा नेमकिपा लागाएतका दलले विरोध गरेका छन् । दलका उम्मेदवारले सरकारी गाडीको दुरुपयोग गर्दै वडा कार्यालयमा नै बसेर चुनावी क्रियाकलापमा भेटिनु ठाडो रुपमा निर्वाचन आचार संहिताको उलंघन भएको नेपाली कांग्रेस झौखेलका सभापति राजेश शाही ठकुरीले बताउनुभयो ।
निर्वाचनको समयमा वडा कार्यालयबाट भएको गतिविधिको स्थानीयबासी, बुद्धिजिवी तथा समाजसेवीहरुले यस प्रति आपत्ति जनाउँदा पनि निर्वतमान वडा अध्यक्ष एवं वर्तमान उम्मेदवार धिमालले धाक रबाफ देखाउने काम गरेको सभापति ठकुरीले बताउनुभयो ।
वडा कार्यालय आमजनताको सेवा सुविधा निम्ति मात्र प्रयोग गर्नुपर्नेमा दलिय हित तथा भोट कमाउने दुषित नियतले दुरुपयोग गर्न नपाउने भन्दै उहाँले निर्वाचन आयोग भक्तपुरको ध्यानाकर्षण सहित विज्ञप्ती जारी गर्नुभएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *