नेपाल युक्रेन बन्न सक्छ – नेता खनाल

भक्तपुर, फागुन २८
नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाल युक्रेन बन्न सक्ने खतरा रहेको बताउनुभएको छ । नेकपा एकिकृत समाजवादी भक्तपुर नगर समितिले शनिवार आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेपालले अमेरिकासँग घनिष्ठता बढाउने र भारत र चीनलाई चिढ्याउने गर्दा नेपाल पनि युक्रेन बन्न सक्ने खतरा रहेको बताउनुभएको हो ।
“कुनैपनि देशले परका देशसँग मित्रता छिमेकीहरुसँग शत्रुता ग¥यो भने परिणाम के हुन्छ भन्ने कुरा युक्रेनबाट सिक्नुपर्छ । यहाँका नेताहरुले पनि के बुझ्नुपर्छ भने अमेरिकासँग अँगालो मार्ने, चीन भारतसँग भने रुष्टता र शत्रुता बढाउने ग¥यो भने भोली गएर नेपाल युक्रेन बन्दैन भन्न सकिँदैन । त्यसकारण हामीले होसियारीपूर्वक जानु पर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।
उहाँले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदुरीमा रहेर परराष्ट्र नीति अंगाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले अमेरिकी साम्रज्यवादी शक्ति रक्षात्मक बन्दै गएको र विश्वमा समाजवादी शक्ति पहिले भन्दा अघि बढ्न सक्ने परिस्थिती बन्दै गएको बताउनुभयो ।
नयाँ संविधान अनुसार सम्पन्न निर्वाचनमा दुई वटा कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएर अगाडि बढ्ने अवसर जुट्यो र त्यो अवसरका आधारमा झण्डै दुई तिहाई बहुमत प्राप्त गरी सरकार निर्माण गर्दा जनताको आकांक्षा सगरमाथा जस्तै चुलिएको चर्चा गर्दै नेता खनालले के पी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ खाएको दिनदेखी पार्टीलाई बेवास्ता गर्ने, पार्टीको निर्देशन नमान्ने प्रवृत्ति देखिएको, देश र जनतालाई धोखा दिएको आरोप लगाउनुभयो ।
“जुन पार्टीले प्रधानमन्त्री बनायो त्यो पार्टीको नीति बिर्सियो, त्यो पार्टीको कार्यदिशा बिर्सियो, त्यो पार्टीका कार्यक्रम बिर्सियो, त्यो पार्टीका प्रतिवद्धता बिर्सियो, जनतासँग निर्वाचनमा गरेका सारा प्रतिवद्धता पनि बिर्सियो । जनतालाई धोखा दियो र आफ्ना मात्र हित हुने, दलाल पुँजीपतिका हित हुने नीतिहरु लागु गर्न थाल्यो,” उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनप्रति, पार्टी प्रति एक पछि अर्को प्रहार गर्न थालेपछि नेपालको कम्युनिष्ट आन्दोलनमा बडो दुभागर््यपूर्ण स्थिती सिर्जना भयो, शक्तिशाली संसद दुई दुई पटक विघटन भयो र कम्युनिष्ट आन्दोलनलाई धोखा दिन थालेको सिलसिलामा नयाँ कम्युनिष्ट पार्टी नेकपा एकिकृत समाजवादीको जन्म भएको हो ।”
उहाँले राष्ट्रिय परिस्थितीमा रहेको प्रतिकुलतालाई बदलेर जानुपर्ने र त्यसका लागि शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६१ जना युवाहरु नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई नेता खनालले टिका र खाँदा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *