गुण्डुमा यातायात कार्यालय निर्माणको प्रक्रिया बढाउन मन्त्री भँडेलको निर्देशन

भक्तपुर माघ २७
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले भक्तपुरको गुण्डुमा यातायात कार्यालय निर्माणको कामलाई तत्काल शुरु गर्न निर्देशन दिनुभएको छ । मन्त्री भँडेलले सहरी विकास तथा पूर्वाधार कार्यालय, काठमाण्डौंका प्रमुख रमा मैया मानन्धरलाई बुधवार सो निर्देशन दिनुभएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुको हाक्के डाँडामुनी खोल्छीमा यातायात कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढेपनि हाल सो कार्य स्थगित भएको छ । माघ २४ गते सोमवार गुण्डुमा यातायात कार्यालय स्थापनाको कार्य अघि बढाउन माग लिएर गएका नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की नेतृत्वको टोलीलाई प्रमुख मानन्धरले अमुक व्यक्तिहरुको मौखिक विरोधका कारण यातायात कार्यालय निर्माणको काम रोकिएको मौखिक जानकारी दिनुभएको थियो ।
मानन्धरको सो जवाफपछि नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, प्रदेशसभा क्षेत्रीय सभापति प्रदिप कार्की, सूर्यविनायक नगरसभापति निशान ढुंगेलसमेतको पहलमा मन्त्री भँडेलले गुण्डुमा यातायात कार्यालय निर्माणको कार्य अघि बढाउन निर्देशन दिनुभएको नेपाली कांग्रेस सूर्यविनायक नगर वडा नं. ७ गुण्डु वडा सभापति जगदिश बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी गुण्डुकै बुढिगन्डकी खोलादेखिको उकालो सडक निर्माणका लागि नेपाली कांग्रेस सूर्यविनायक नगर वडा नं. ७ इकाइ समितिले सडक डिभिजन कार्यालय कटुञ्जेलाई ज्ञापनपत्र बुझाएको छ ।
सो अवसरमा बुढिगण्डकी पुल र यातायात कार्यालय निर्माणको कारणले हाललाई सडक निर्माण योजना स्थगित गरेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिएको इकाइ समितिका सभापति जगदिश बस्नेतले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *