साहित्यकार शाक्यको नोपाल भाषाको कविता संग्रह ‘ई व जि’ सार्वजनिक

भक्तपुर, पुस १७
साहित्यकार त्रिरत्न शाक्यको नेपाल भाषाको ‘ई व जि’ (समय र म) नामक कविता संग्रह शनिवार भक्तपुरमा विमोचन गरिएको छ । विराट नेपाल भाषा साहित्य सम्मेलन गुठी भक्तपुरले प्रकाशन गरेको कविता संग्रहमा २६ वटा नेपाल भाषाका कविता संग्रहित छन ।
उक्त कविता संग्रहको नेपाल भाषा साहित्यका बरिष्ठ साहित्यकार तथा कवि योगेन्द्र प्रधानले विमोचन गर्नुभएको हो विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष महेन्द्र गोपाल कार्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार एवं समिक्षक पुष्पाराज राजकर्णिकार, साहित्यकार नारद बज्राचार्य र शकुन्तला महर्जनलगायतले कविता संग्रहको समिक्षा गर्दै आ–आफ्नो विचार राख्नुभएको थियो ।


संग्रहमा देशमा भैरहेको विकासको नाममा सम्पदा मासिँदै गरेको, गरिव तथा जातिय दमन, राजनीतिक अस्तव्यस्ता जस्ता समसामयिक विषयमा कोरिएका कविताहरु छन । कवि शाक्यका यसअघि नेपाल भाषा कै दुई वटा कविता संग्रह प्रकाशित भइसकेको छ । उहाँद्धारा लिखित पहिलो कविता संग्रह ‘न्ह्योलं पाचिने मफुगु विश्वास’ (नेपाल संम्वत ११०९मा) र दोस्रो ‘जङ्गबहादुरया सल’ (नेपाल सम्वत ११३१) मा प्रकाशित भएको थियो ।
नेपाल भाषाका विभिन्न संघसंस्थाहरुमा आवद्ध कवि शाक्य अहिले बौद्ध संघ भक्तपुरका अध्यक्ष हुनुहुन्छ । कवि शाक्य भक्तपुर नगरपालिका भोलाछें स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं.८ लुथाँबुमा बस्दै आउनुभएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *