कांग्रेस नेता चक्रधरद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

भक्तपुर, मंसिर २३
नेपाली कांग्रेस भक्तपुरका पुर्वसभापति गणेशमान चक्रधरले पार्टीको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । चक्रधर पार्टीको १२ औं महाधिवेशनमा भक्तपुर जिल्ला सभापति बन्नुभएको थियो ।
वि. सं. २०३३ सालदेखी कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएका नेता चक्रधर पहिलो पटक केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्दै हुनुहन्छ । पार्टीलाई केन्द्रसम्म जोड्ने र भक्तपुरलाई केन्द्रीय पहुँचमा पुर्याउने उद्देश्यका साथ आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको नेता चक्रधरले बताउनुभयो ।
कांग्रेसलाई बलियो र सशक्त संगठनको रुपमा अघि बढाउन आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको उहाँले बताउनुभयो । ‘भक्तपुरमा पार्टी कमजोर अवस्थामा छ । नेतृत्वको ध्यान संगठन निर्माणमा भन्दा अन्यत्र ज्यादा देखिन्छ,’ उहाँले भन्नुभयो, ‘कांग्रेसलाई भक्तपुरमा पहिलो पार्टीको रुपमा स्थापित गराउने लक्ष्यका साथ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’
जननायक वि पि कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर नेपाल फर्किएको बेला स्वागत गर्न पुगेका चक्रधरले २०४२ सालको सत्याग्रहमा ९१ दिन भद्रगोल जेलमा बन्दी जीवन बिताएका थिए । वि सं. २०४३ मा जिल्ला सदस्य बनेका चक्रधरले दुई कार्यकाल जिल्ला सचिव र दुई कार्यकाल कार्यबहाक जिल्ला सभापतिको जिम्मेवारी बहन गर्नुभएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *