नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ मा पुनः मतगणना गर्न माग

भक्तपुर, मंसिर ९
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ मा पुनः मतगणनाको माग गरेका छन । क्षेत्रीय सभापतिमा पराजित उद्धव खड्का, महाधिवेशन प्रतिनिधिमा पराजित नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष विनोद प्रकाश कायष्थ, अनिल भुजुले जिल्ला निर्वाचन समितिमा बुधवार निवेदन पेश गर्दै पुनः मतगणना गर्न माग गरेका हुन ।
तीन जनाले संयुक्तरुपमा हस्ताक्षर गर्दै पेश गरेको निवेदनमा क्षेत्रीय सभापतिमा प्रत्याशी दुवै उम्मेदवारबीच सदर र बदर मतका विषयमा सहमति भई सकेपछि एक्कासी केही व्यक्तिहरु मतगणनास्थल प्रवेश गरी कोष्ठ बाहिर संकेत गरेको मत पनि सदर हुनुपर्छ भनी विवाद गरेको उल्लेख छ ।
मतगणना जारी रहँदा ७ गते राती होहल्ला हुन थालेपछि मतगणना स्थगित गर्न पटक पटक माग गर्दा पनि मतदान अधिकृतले सुनुवाई नगरेको र त्यसपछि मतगणनास्थलबाट बाहिरिएको निवेदनमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा २(६)मा मतगणना गर्दा व्यवस्थितरुपमा सम्बन्धीत उम्मेदवार वा निजको वारेसको रोहवरमा गर्नुपर्छ भन्ने व्यवस्था हुँदाहुँदै भक्तपुर क्षेत्र नं. १ को मतगणनास्थलमा आफ्ना प्रतिनिधि वा वारेस नराखी एकपक्षीय ढंगबाट मतगणना गरी नतिजा घोषणा गरिएको आरोप समेत लगाईएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *