स्रोत नखुलेको ८० लाख नगदसहित बाग्लुङका पुन लोकन्थलीबाट पक्राउ

भक्तपुर, कार्तिक ४
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरास्थित वि पी बाल आखाँ, कान, नाक अस्पताल नजिकबाट प्रहरीले बुधवार राती स्रोत नखुलेको ८० लाख रुपैंयाँ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी स्थाई घर भई हाल काठमाण्डांै महानगरपालिका–३२ कोटेश्वर बस्ने ३६ वर्षिय चित्र बहादुर पुन हुन ।
स्रोत नखुलेको ठूलो परिणामको रकम बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा आँखा अस्पताल नजिक सुरक्षा जाँचका क्रममा पुनलाई बा. ४९ प ८५६५ नं. को स्कुटीको डिकी भित्र नगद ३० लाख रुपैंयाँ लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा पुनले आफ्नो कोठामा थप ५० लाख नगद लुकाई राखेको भन्ने खुल्न आएपछि प्रहरीले पुनको कोटेश्वरस्थित कोठामा छापामारी थप ५० लाख बरामद गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
पुनलाई बरामद भएको नगद र स्कुटरसहित थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोक ललितपुर पठाईएको प्रनाउ गिरीले बताउनुभयो । अनुसन्धानका क्रममा पुनले गैरकानुनी कारोवार गर्ने गरेको खुल्न आएको प्रनाउ गिरीले जानकारी दिनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *