सांसद दुर्लभ थापालाई मातृशोक

भक्तपुर, असार २७
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई मातृशोक परेको छ । उहाँको ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान ७ बजे उपचारको क्रममा मध्यपुर अस्पतालमा निधन भएको हो ।
स्वर्गीय अम्बिका थापा स्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित थिइन् । उनको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिएको छ ।
स्व. अम्बिकाका ३ छोरा र १ छोरी छन् । सांसद थापा उनकी माहिला छोरा हुन् । जेठो छोरा दुर्दम थापा सल्लाघारीस्थित एक इञ्जिनियरिङ्ग वर्कशपका संचालक र कान्छा छोरा प्रकाश थापा सिनामंगलस्थित नासा कलेजका सस्थापक अध्यक्ष रहेका छन् । स्व. अम्बिकाका ३ छोरा र छोरी शकुन्तला थापासमेत सबै सूर्यविनायक–५ सल्लाघारी निवासी हुन् ।
सांसद थापाको माता स्व. अम्बिका थापालाई श्रद्धाञ्जली अपर्ण गर्न नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार लगायतका पदाधिकारीहरु, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, गोपालमान श्रेष्ठ, उदय शमशेर राणा, जितजंग बस्नेतलगायतका केन्द्रीय सदस्यहरु, सांसदहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भक्तपुरका प्रमुख टेकराज तिमल्सिना, नेपाली कांग्रेस भक्तपुरका पदाधिकारी, क्षेत्रीय समितिका पदाधिकारीहरु, प्रदेश सभा क्षेत्रीय समिति, नगर समिति, वडा समितिका पदाधिकारीहरु, शुभेच्छुक एवम् भातृ संगठनका पदाधिकारीहरु, शुभेच्छुक नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *