परियत्ति केन्द्रका केन्द्राध्यक्ष तथा सुपरिवेक्षकहरुका लागि परीक्षा सम्बन्धि अभिमुखिकरण तालिम

काठमाण्डौ, असार १० गते ।
परियत्ति केन्द्रका केन्द्राध्यक्ष तथा सुपरिवेक्षकहरुका लागि परीक्षा सम्बन्धि अभिमुखिकरण तालिम हिजो आइतवार काठमाण्डौस्थित विश्व शान्ति विहारमा सम्पन्न भएको छ ।
नेपाल बौद्ध परियत्ति शिक्षाको परीक्षा तथा दीक्षान्त उपसमितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समितिका संयोजक भिक्षु बोधिज्ञान महास्थविरले अनलाइनबाट केन्द्राध्यक्षहरुले नयाँ विद्यार्थीहरुको दर्ता प्रक्रिया, नयाँ तथा पुराना विद्यार्थीहरुको परीक्षा फाराम भर्ने तरीका सिकाउनु भएको थियो ।
उपसमितिका सहसंयोजिका अमिता धाख्वाले यस किसिमको तालिमले परियत्ति केन्द्रहरुले भोग्नु परेका समस्याहरुलाई परस्पर छलफलद्वारा समाधान गर्न सहज हुने बताउनुभयो ।
सदस्य देवेन्द्र बज्राचार्यले परीक्षा आवेदन, परीक्षा तालिका, परीक्षा सम्बन्धि नीति नियमहरुको जानकारी केन्द्राध्यक्ष तथा सुपरिवेक्षकहरुलाई दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न स्थानका परियत्ति केन्द्रका केन्द्राध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *