कृतिसरा बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट

भक्तपुर, जेठ ७
कृतिसरा अधिकारी एक खेल अगावै बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट भएको छ । भक्तपुरको सूर्यविनायकमा जारी राष्ट्रिय बुद्धिचाल बि छनौट प्रतियोगितामा महिलातर्फको ७ चरणको खेल मध्ये छैंटौं चरणको समाप्तीमा ५ जित र एक बराबरी खेल्दै कृतिसरा ५.५ अंकका एक खेल अगावै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको हो ।
यसैगरी ५ अंक बनाएकी पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, ४ अंक बनाएका पोखराकी पूजा भण्डारी र काठमाडौंकी रिया श्रेष्ठ पनि छनोट हुने निश्चित भएको छ ।
कूल ९ जना छनौट हुने महिला खेलाडीहरुमा बिनिता कपाली, रुपन्देहकी नमन सेढाई र झापाकी पुनम प्रसाईं ३.५ अंक जोडेर छनौटको नजिक पुगेका छन् । ३ अंक हुनेमा भक्तपुरका अन्सु दिल प्रजापती, प्रश्ना किबानायो र चितवनकी लक्ष्मी कँडेललाइ अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ ।


नेपाल बुद्धिचाल महासंघको क्यालेण्डर राष्ट्रिय छनौट नेशनल बी प्रतियोगितामा काठमाडौका युवा तथा उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल अपराजित रहन सफल भएका छन् । उनले ६ चरणको खेलवाट ५.५ अंक हासिल गर्दै खुल्ला तर्फ एकल अग्रता कायम गरेका छन् । यससंगै राष्ट्रिय प्रतियोगिताका लागि सिलवाल छनोट हुने निश्चित भएको छ ।
भक्तपुर जिल्ला बुद्धिचाल संघको स्थानीय व्यवस्थापन एवं सहआयोजनामा चलिरहेको पुरुष समूहतर्फ दोलखाका राजीव कार्की, झापाका प्रकाशचन्द्र नेपाल, कोसी प्रदेश च्याम्पियन एआईएम शुश्रुत दाहाल, लोकसागर साम्भा, काभ्रेका सिएम मिलन लामा, रौतहटका सुशील चौधरी, काठमाडौंका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी र झापाकै भुपेन्द्र निरौला ४.५ अंक संकलन गर्न सफल भएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *