भारोत्तोलनमा सागरको तीन राष्ट्रिय किर्तिमान

भक्तपुर, चैत्र २९
थाइल्याण्डको फुकेटमा जारी आइ डब्लु एफ वल्र्ड कप २०२४ भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । उनले १०९ केजी भन्दा माथिको तौल समूह अन्तर्गत स्नाचमा १३४, क्लिन एन्ड जर्कमा १७२ गरि कुल ३०६ केजी भार उचाल्दै नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोसले जानकारी दिनुभयो ।
यसअघि सागरले चीनमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा स्नाचमा १३४ केजी भार उठाई आफ्नै नाममा रहेको १३३ केजीको किर्तिमान तोडेका थिए । त्यस्तै उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिप २०२४ मा क्लिन एन्ड जर्कमा १७१ केजीको किर्तिमान बनाएका थिए ।


भण्डारीले फुकेटमा स्नाचमा १३४, क्लिन एन्ड जर्कमा १७२ गरि कुल ३०६ केजी भार उचाल्दै तीन वटा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन । नेपाली भारोत्तोलनको इतिहासमा कुल तर्फ ३०६ केजी भार उचाल्ने सागर एक्ला खेलाडी हुन ।
यसैबीच नेपाल भारोत्तोलन संघले भण्डारीलाई बधाई तथा भबिष्यमा अझ सफलताको शुभकामना व्यक्त गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *