नशाको लतदेखि सावधानीबारे वि‌‍ज्ञसँग शिक्षकहरुको अन्तरक्रिया

भक्तपुर, चैत्र २८ ।

समाजमा नै नशालु पदार्थको सेवन र सम्बन्धित बिकृति र बिकारको जरा गहिरो रुपमा गाडिएको हुनाले यसको समस्या भयावह हुने र यसको सामना सबले सचेत सजग र अति गम्भीर भएर गर्न आवश्यक भएको कुरा बरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले औंल्याउनुभयो ।

शिक्षकहरुको संगठन इशानद्वारा भक्तपुर, ख्वप छेँमा आज शिक्षकहरूका लागि सम्पन्न अन्तरक्रियामा प्रा.डा. शाक्यले नशालु, मादक, लागू पदार्थको सेवनबाट पैदा हुने लत, मानसिक, स्नायु लगायत अरु शारीरिक समस्याहरुको बारेमा चर्चा गर्दै ब्यवस्थापनका विविध पक्षमा प्रकाश पार्नुभयो । यसको रोकथाम, उपचार, पुनर्स्थापनामा नागरिक, परिवार, विद्यालय, शिक्षक, समाज, सरकारले आ-आफ्नो तर्फबाट सचेत, सजग र जागरुक हुनुपर्ने औंल्याउँदै सो प्रशिक्षण सत्रमा प्रा.डा. शाक्यले सहभागी सम्पूर्ण शिक्षकहरुलाई यो सचेतना अभियानमा परिवर्तनका सम्बाहकका रुपमा भुमिका निभाउन आव्हान पनि गर्नुभयो ।

ईशान, भक्तपुरका अध्यक्ष प्रेमजंग थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संघका सल्लाहकार सरोजराज गोसाइँले आफ्नो धारणा र नववर्ष २०८१को शुभकामना मन्तव्य राख्नुभएको हो । विभिन्न विद्यालयहरुका शिक्षकहरुले उक्त प्रशिक्षणबाट लाभान्वित भएको आशा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *