बागमती प्रदेश स्तरिय धिमे बाजा प्रतियोगितामा लुँनिभाः धिमे खल प्रथम

भक्तपुर, चैत्र २४
प्रथम बागमती प्रदेश स्तरिय धिमे बाजा प्रतियोगितामा भक्तपुरको सूर्यविनायक नगरपालिका १ सिरुटारस्थित लुँनिभाः धिमे खल प्रथम भएको छ । केन्द्रीय मानन्धर संघले काठमाण्डौं महानगरपालिकाको सहकार्यमा भक्तपुरको दत्तात्रयमा शनिवार आयोजित प्रतियोगितामा लुँनिभाः प्रथम भएको हो ।
लुँनिभाःले उपाधिसँगै नगद २५ हजार, धिमे बाजा दुई वटा र भुस्या र सिछ्या बाजा एक एक जोर पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा चाँगुनारायण नगरपालिका–९ ताथलीको ताथली धिमे खलः द्धितिय भएका छन । ताथलीले नगद १५ हजार, धिमे बाजा एक वटा र भुस्या बाजा एक जोर पुरस्कार प्राप्त गरे । यसैगरी मध्यपुर थिमिको श्री राज गणेश धिमे खलःले तृतिय स्थान हासिल गरे । श्री राज गणेशले नगद १० हजार र एक वटा धिमे खलः पुरस्कार पाए ।


प्रतियोगितामा जात्राया मालिक श्री श्री श्री विष्णुवीर धिमे खलः थिमि चौंथो, श्री नासः हैमा धिमे खलः भक्तपुर पाचौं, श्री नासः धिमे खलः सिरुटार छैंटौं, चिथु धिमे खलः किर्तिपुर सातौं, युथ सायमिज् थिमि आठौं, श्री बालकुमारी धिमे खलः नवदुर्गा स्थान भक्तपुर नवौं र बाख्यो दाफा भजन खलः बनेपाले दशौं स्थान हासिल गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा मध्यपुर थिमिको श्री कोशि इनाय धिमे खलः पोवुलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । उक्त धिमे खलःबाट प्रतिष्पर्धीहरु बालबालिकाहरु थिए । सानो उमेरमा पनि धिमे बाजाप्रतिको लगावलाई प्रोत्साहन गर्न उक्त पुरस्कार प्रदान गरेको हो ।


प्रतियोगितामा उत्कृष्ट हाउभाउ लुँनिभाः धिमे खलः सिरुटार र उत्कृष्ट भेषभुषा श्री नासः धिमे खलः सिरुटारले हात पारे ।
प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाका ५३ वटा धिमे खलः, पुचः, समुह, गुठीको सहभागिता रहेको थियो । प्रतियोगितामा न्हुँछे बहादुर डंगोल, विष्णु बहादुर मानन्धर, मोहन व्यञ्जनकार, राजेन्द्र महर्जन र बाल मुकुन्द प्रजापतिले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *