छालिङ त्रिशुलडाँडाबाट नगद ६ लाखसहित २० जना पक्राउ

भक्तपुर, चैत्र २०
चाँगुनारायण नगरपालिका–५, छालिङ त्रिशुलडाँडामा रेल कुमार तामाङले सञ्चालन गरेको रुद्राक्ष होटलबाट प्रहरीले ६ लाख नगदसहित २० जनालाई सोमवार राती पक्राउ गरेको छ । उनीहरुलाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा होटल सञ्चालक भक्तपुर चाँगुनारायण नगरपालिका–४ बस्ने ४१ वर्षिय रेल कुमार तामाङ, काभ्रेपलान्चोक बनेपा नगरपालिका–१० बस्ने ४४ वर्षिय दिपेन्द्र थापा, काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका–५ बस्ने ३१ वर्षिय विद्या सागर ढकाल, ४० वर्षिय सागर नाकलानी र ४० वर्षिय राजु लामा, मकवानपुर कैलाश गाउँपालिका–६ बस्ने ३१ वर्षिय राजु मोक्तान, काभ्रेपलान्चोक पनौती–३ बस्ने ४९ वर्षिय कैलाश तिमिल्सिना, चाँगुनारायण–५ बस्ने ६६ वर्षिय मन बहादुर थापा, भक्तपुर नगरपालिका–२ बस्ने ३० वर्षिय सुमन कासुला र काठमाण्डौ शंकरापुर नगरपालिका–९ बस्ने ५८ वर्षिय मणिराम थापा छन ।
यसैगरी काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–६ बस्ने ४२ वर्षिय अर्जुन तामाङ, काभ्रेपलान्चोक बनेपा नगरपालिका–५ बस्ने ३२ वर्षिय रबिन थापा, चाँगुनारायण नगरपालिका–४ बस्ने ४४ वर्षिय रामेश्वर गौतम, धुलिखेल नगरपालिका–६ बस्ने ३४ वर्षिय राम कुमार नेपाल, बनेपा नगरपालिका–८ बस्ने ४४ वर्षिय अनिल कुमार मुख्याजु, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ बस्ने २८ वर्षिय राम बहादुर तामाङ, चाँगुनारायण नगरपालिका–४ बस्ने ४२ वर्षिय छैकु तामाङ, काभ्रेपलान्चोक नबोबुद्ध नगरपालिका–८ बस्ने ३५ वर्षिय प्रेम श्रेष्ठ, धुलिखेल नगरपालिका–६ बस्ने ४० वर्षिय राम कुमार अधिकारी र बनेपा नगरपालिका–९ बस्ने ३४ वर्षिय महेश शाक्य रहेका छन ।
उक्त होटलमा पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापामारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट नगद ६ लाख ७ हजार ५ सय र ६ बुक तास समेत गरेको छ । उनीहरुलाई प्रहरी परिसर भक्तपुरमा राखी जुवा सम्बन्धी मुद्दामा थप कारवाही भइरहेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *