सानोथिमिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर, माघ १९
भक्तपुरको मध्यपुर थिमि–२ सानोथिमिस्थित विश्वविद्यालय अनुदान आयोग नजिक बिहिवार राती मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गठ्ठाघरबाट सानोथिमि जाँदैं गरेको प्रदेश नं. ३–०२–००७ प. १६६६ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई बाटोको साईडमा रहेको फलामको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुँदा दोलखा शैलुङ गाँउपालिका–७ घर भई हाल बोडे बस्ने ३३ वर्षिय गणेश गिरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका गिरीलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगिएकोमा त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो । दुर्घटना भएको मोटरसाईकल प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ पाठकले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *