नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को सम्मेलन पुस १४ गते

भक्तपुर, पुस ११
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रथम ऐतिहासिक क्षेत्रीय सम्मेलन यही पुस १४ गते शनिवार हुने भएको छ । नेपाली कांग्रेसको विधान अनुसार कांग्रेस क्षेत्र नं. २ ले क्षेत्रीय सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा भक्तपुर क्षेत्र नं. २ का दुई नगरपालिकाका १९ वटा वडाका वडासभापतिसहित क्षेत्रीय प्रतिनिधि, नगरसभापतिहरु एवम् पदाधिकारीहरु, प्रदेश सभा समितिका सभापतिहरु एवम् पदाधिकारीहरु, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, बागमती प्रदेश समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवम् सदस्य, पार्टीका शुभेच्छुक एवम् पर्यवेक्षक गरी करिव ८ सयको सहभागिता रहने क्षेत्रीय सभापति भेषबहादुर कार्कीले बताउनुभयो ।
सम्मेलनमा क्षेत्रीय समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, समितिको भावी कार्ययोजना माथि छलफल हुने सम्मेलन आयोजक समितिका संयोजक सुनिल ठकुरीले बताउनुभयो ।
सम्मेलन तयारीको लागि विभिन्न उपसमिति गठन गरेको जानकारी दिँदैं ठकुरीले सम्मेलन मध्यपुर थिमि वडा नं. ३ कौशलटारस्थित त्रिशक्ति पार्टी प्यालेसमा हुने बताउनुभयो । सम्मेलनको उद्घाटनका लागि कांग्रेस महामन्त्री गगन थापा र केन्द्रीय सदस्य चन्द्र भण्डारी आउने ठकुरीले जानकारी दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *