खाजाघरमा तास खेल्ने ६ जना पक्राउ

भक्तपुर, असोज २५
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सूर्यविनायकस्थित एक खाजा घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले बुधवार साँझ ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सूर्यविनायक बस्ने सिन्धुपाल्चोक चौतरा नगरपालिका–१० का ३५ वर्षिय माला तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ ज्यामिरेका २५ वर्षिय राजु खड्का, काभ्रेपलाञ्चोक देउराली गाउँपालिका–५ का ३१ वर्षिय पार्वती तामाङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–२ का दिल तामाङ, दोलखा शैलुङ गाउँपालिका–२ का ३६ वर्षिय सिटुक तामाङ र भक्तपुर चाँगुनारायण नगरपालिका–५, छालिङ बस्ने ३३ वर्षिय बिनोद लगेजु छन ।
पक्राउ पर्ने मध्ये पार्वती खाजाघरका सञ्चालिका हुन । उक्त खाजाघरमा तास खेलिरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी वृत जगातीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३८ हजार रुपैंया र एक बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *