अवैध लागु औषधसहित एक पक्राउ

भक्तपुर, असोज २४
जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले मंगलवार अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका–२ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि सुरक्षा जाँच गर्ने क्रममा सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक बस्ने २८ वर्षिय सुशान्त अवाललाई पक्राउ गरेको हो ।
डेकोचाबाट कालोपाटीमोड तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३४ प. २३२५ नं. को स्कुटीलाई जाँच गर्ने क्रममा स्कुटीको डिकीमा लुकाई छिपाई राखेको अवैध लागु औषधसहित अवाललाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।
उहाँका अनुसार अवालको साथबाट नोर्फिन४५ एम्पुल, डाईजोपाम ४५ एम्पुल, फेनेरागन ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज १ थान र प्रयोग भएको सिरिन्ज ६ थान बरामद भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *