आँखा पाक्ने रोगका कारण सूर्यविनायक नगरपालिकाका विद्यालय दुई दिन बन्द

भक्तपुर, साउन ३१
आँखा पाक्ने रोग (भाइरल कन्जंक्टिभाइटिस)को संक्रमण विद्यार्थीहरुमा पैmलिएपछि सूर्यविनायक नगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा शाखाले बुधवार एक सूचना जारी गर्दै साउन ३२ र भदौ १ गते गरी दुई दिन विद्यालय बन्द निर्णय गरेको जनाएको हो ।
नगर शिक्षा शाखाका उपसचिव रत्न बहादुर कटुवालले जारी सूचनामा विद्यालयका बालबालिकाहरुमा विगत केही दिनयता आँखा पाक्ने रोग देखापरी पठनपाठनमा असहज भएकोले हिउँदे विदाबाट कट्टा हुने गरी मिति २०८० साउन ३२ देखी भदौ २ गतेसम्म यस पालिका मातहतका सम्पूर्ण शैक्षिक संस्थाहरु बिदा दिईएको उल्लेख छ ।
नगरपालिकाले आगामी भदौ ३ गतेदेखी सबै विद्यालय पुर्ववतरुपमा सञ्चालन हुने समेत जानकारी दिएको छ ।
आँखा पाक्ने रोगका कारण विद्यालय बन्द गर्ने सूर्यविनायक नगरपालिका जिल्लाको दोस्रो पालिका हो । यसअघि मध्यपुर थिमि नगरपालिकाले पहिलो चरणमा गत साउन २९ र ३० गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । दुई दिनमा संक्रमण नियन्त्रणमा नआएपछि मंगलवार नगरप्रमुख स्तरिय निर्णय गर्दै मध्पुर थिमि नगरपालिकाले साउन ३१ गतेदेखी भदौ २ गतेसम्म थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *