विपन्न तथा जेहेन्दार विद्यार्थीलाई व्याग वितरण

भक्तपुर, साउन १३
भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले सामूदायिक विद्यालयका आर्थिक रुपले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री अन्तर्गत विद्यालय व्याग वितरण गरेको छ । संघको स्थापना दिवसको अवसरमा शुक्रवार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङ्गमा अवस्थित श्री गणेश माध्यमिक विद्यालयका आर्थिक रूपले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ब्याग वितरण गरेको हो ।
विद्यार्थीलाई व्याग वितरण गर्दै कार्यक्रममा मुख्य संयोजक बुद्धि कुमार मुस्याख्वले शिक्षा मात्र होईन व्यवहारिक ज्ञान पनि अहिलेको समयमा अति आवश्यक भएको बताउनुभयो । उहाँले संघले व्यवसायिक हितका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक गतिविधि गर्दै आएको जानकारी दिँदैं सोही अनुसार यसवर्ष विद्यार्थीलाई पठनपाठनमा सहज बनाउन व्याग वितरण गरिएको बताउनुभयो ।


श्री गणेश माध्यामिक विद्यालयका प्रधानाध्यापक ईन्द्र फोजुले विद्यार्थीहरुले उच्च शिक्षा हासिल गरि असल व्यक्ति भएर देशको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष गगाराम मानन्धर, पुर्व अध्यक्ष श्याम प्रसाद मानन्धर, निवर्तमान अध्यक्ष माधव प्रजापति, महासचिव राम प्रसाद खर्वुजा, सचिव अल्बर्ट ब्रजाचार्यलगायतले विद्यार्थीहरुले लगनशिल भएर शिक्षा आर्जनका साथै कर्तव्यनिष्ट नागरिकको रुपमा आफुलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा संघका उपाध्यक्ष चन्द श्रेष्ठ, कोषाध्यक्ष श्याम दुवालको पनि उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *