ईंटाभट्टामा माटो मुछ्ने क्रममा एक मजदुरको खुट्टा काटियो

भक्तपुर, बैशाख ६
भक्तपुरको एक ईंटाभट्टामा माटो मुछ्ने क्रममा मेसिनमा खुट्टा परेर मंगलवार एक मजदुर सख्त घाईते भएका छन । जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित स्वेत भैरव फिक्स ईंटा उद्योगमा ईंटा बनाउन मेसिनमा माटो मुछ्ने क्रममा रोल्पा नगरपालिका–६ घर भई हाल सोही ईंटा उद्योगमा बस्दै आएका २२ वर्षिय विशाल परियार सख्त घाईते भएका हुन ।
घाईते परियारको दुवै खुट्टा माटो मुछ्ने मिक्सचर मेसिनमा परेको र मेसिनले दुवै खुट्टाको घुँडा भन्दा मुनीको भाग काटिएको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले बताउनुभयो ।
घाईते परियारको बि एण्ड बि अस्पताल ललितपुर ग्वार्कोमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेको होशमा भएको र बोल्न सक्ने अवस्थामा रहेको एसपी केसीले बताउनुभयो । घाईते उपचारमा ईंटा उद्योगका साहु र आफन्त संलग्न रहेको प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *