सहकारीका प्रबन्धकलाई कालोमोसो दल्ने ५ जना पक्राउ

भक्तपुर, बैशाख ६
भक्तपुरको एक सहकारीका प्रबन्ध निर्देशकलाई कालोमोसो दलेको अभियोगमा प्रहरीले ५ जनालाई मंगलवार पक्राउ गरेको छ । जिल्लाको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशकलाई कालोमोसो दलेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मध्यपुर थिमि नगरपालिका–७, धुन्चेपाखा बस्ने ४४ वर्षिय ४४ मुरारी नेपाल, ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर ३६ वर्षिया प्रेम कुमारी तामाङ, झापा कोहोरा गाउँपालिका–२ घर भई हाल गठ्ठाघर बस्ने ३९ वर्षिय कृष्ण संग्रौला, मध्यपुर थिमि नगरपालिका–९ बोडे बस्ने ६३ वर्षिय गोरख बहादुर गिरी र ओखलढुङगा लिखु गाउँपालिका–४ घर भई हाल मध्यपुर थिमि नगरपालिका –३, कौशलटार बस्ने ३४ वर्षिया पबित्रा तामाङ छन ।
सो सहकारीका प्रबन्ध निर्देशकलाई हातपात गरी कालोमोसो समेत दली जुत्ताको माला लगाइएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी नायव निरिक्षक केशव बशादुर कार्की र प्रहरी हवल्दार सञ्जिव कुमार चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी प्रजित केसीले बताउनुभयो ।
विगत १२ वर्षदेखी सञ्चालनमा रहेको उक्त सहकारी केही महिना यता संकटग्रष्ट अवस्थामा सञ्चालन भइरहेको छ । सहकारीले सदस्यहरुको निक्षेप फिर्ता गर्न सकेको छैन । सहकारीका सदस्यहरुले उजुरी दिएपछि मध्यपुर थिमि नगरपालिकाले उक्त सहकारीका सबै सम्पत्ति रोक्का राखेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *