नलिञ्चोकमा टिफरले बसलाई ठक्कर दिँदा १३ जना घाईते

भक्तपुर, चैत्र १६
भक्तपुरको नलिञ्चोकमा गएराती यात्रुबहाक फोर्स गाडीलाई टिफरले ठक्कर दिँदा १३ जना सामान्य घाईते भएका छन । जगातीबाट साँगातर्फ जाँदै गरेको बा ५ ख ८०२२ नं को फोर्स गाडी बिग्रिएर बनाउदै गरेको अवस्थामा बुधवार राती सवा १ बजे ग २ ख ४३१ नं को टिफरले पछाडीबाट ठक्कर दिँदा फोर्स गाडी सडकबाट करिव ३ मिटर तल खसेको थियो ।
घटनामा बसमा सवार सर्लाही कपलाछी–१ बस्ने ४५ वर्षिया कान्ती देवी ठाकुर, २९ वर्षिय प्रविन ठाकुर, ६३ वर्षिय किसन ठाकुर, ८० वर्षिय महेन्द्र ठाकुर, ६० वर्षिय फुलकुमारी ठाकुर, ६० वर्षिया तित्रीदेवी ठाकुर, ३० वर्षिया ममता ठाकुर, २६ वर्षिया विनिता ठाकुर, ३० वर्षिया कविता ठाकुर, ४२ वर्षिय विरेन्द्र ठाकुर, ५० वर्षिय विरेन्द्रश्वर ठाकुर र २३ वर्षिय अविनाश ठाकुर सामान्य घाईते भएका छन ।


घाईतेको भक्तपुर अस्पतालमा उपचार भएको प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिनुभयो । घटनामा संलग्न दुवै सवारीसाधन र बसचालक उदयपुर कटारी नगरपालिका २ बस्ने ३२ वर्षिय को नवराज खड्का प्रहरी वृत जगातीको सम्पर्कमा रहेको र टिफर चालक फरार भएको एसपी केसीले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *