५ सय किलो पटका सहित एक जना पक्राउ

भक्तपुर, भदौ ३
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले करिव ५ सय किलो आतिसवाजी पतकासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–१९ घरभई हाल ललितपुरको सानेपा बस्ने २८ वर्षिय जितेन्द्र कुमार जैसवाल रहेका छन ।
ललितपुरमा केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटका, भुईचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिवार ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोल कानदेवतास्थानबाट जैसवाललाई पक्राउ गरिएको हो ।


प्रहरीले जैसवालले भाडामा लिई गोदाम बनाई राखेको कोठाबाट ३१ वटा बोरामा रहेका रकेट बम, किङ कोबरा, फायर वर्क र सिभकासी लेखिएको करिव ५ सय किलो विभिन्न किसिमका आतिसबाजी एवम् पटकाहरू बरामद गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले बताउनुभयो ।
जैसवाललाई थप कारवाही र अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको एसपी रेग्मीले जानकारी दिनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *