स्व. खड्काको स्मृतिमा पुष्पार्पण

भक्तपुर, पुस २८
नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. १ ईकाइ समितिले शनिवार प्रजातन्त्र सेनानी कमलबहादुर खड्काको स्मृतिमा पुष्पार्पण कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेसको नेता समेत रहनुभएका स्व. खड्काको ४१ औं स्मृति दिवसको अवसरमा सो पुष्पार्पण कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा स्व. खड्का सहयात्री नेपाली कांग्रेस काभ्रेका नेता एवम् पूर्व सांसद ईन्द्रमणी अधिकारीले स्व. खड्का किसानहरुको हकहितको लागि सधै अग्रमोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेका नेता भएको बताउनुभयो ।
“कमल बहादुर सधैं जमिन जोत्नेको हुनुपर्छ । जमिनको तलसीँ अर्थात जग्गाधनी हुनुहुँदैन । किसानलाई मोहियानी हकका साथै जग्गाको मालिक बनाउनुपर्छ भन्ने विचार राख्नुहुन्थ्यो,” अधिकारीले भन्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र केन्द्रीय सदस्य एवम् सांसद रमा कोइराला, महाधिवेशन प्रतिनिधि एवम् जिल्ला नेता अष्ट कवे, महासमिति सदस्य उमेश खड्का, नेपाली कांग्रेस भक्तपुरका पूर्व सभापति गणेशमान चक्रधर, अर्को पूर्व सभापति महेश श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, नेपाली कांग्रेस भक्तपुरका सहसचिव यादवप्रसाद अधिकारी, नेपाली कांग्रेस प्रदेश सभा समिति भक्तपुर २ ख का सभापति ओमप्रकाश श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापतिलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
वि. सं. २०८० जेठ ६ गते जन्मनु भएका खड्काको निधन २०३९ पुस २८ गते भएको हो । स्व. खड्काले प्रजातन्त्र पुनःस्थापनाको लागि आन्दोलनको नेतृत्व गर्ने क्रममा २०१७ साल माघ १९ गतेदेखी २०३२ पुस १४ गतेसम्म करिव १७ वर्ष जेल जीवन बिताउनुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *