सेवाग्राहीलाई घरमै नागरिकता प्रदान

भक्तपुर, पौष १७
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतवार एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ बस्ने १९ वर्षिया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
हिँडडुल गर्न, बस्न बोल्न नसक्ने सुप्रिया अशक्तताको कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाए पछि प्रजिअ शर्मा आपैंm घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
अशक्तहरुलाई घरदैलोमा नै सेवा उपलब्ध गराउने सरकारी नीति अनुरुप सुप्रियालाई घरमै पुगेर नागरिकता प्रदान गरेको प्रजिअ शर्माले बताउनुभयो । “सेवाग्राहीले सहज र सरल तरिकाले सेवा पाउनुपर्छ भन्ने सरकारी नीति हो । सोही अनुरुप अशक्त असाह्यलाई घरदैलोमा सेवा प्रदान गर्दै आएका छौं,” उहाँले भन्नुभयो ।


नागरिकता प्रदान गर्न प्रजिअ शर्मासँगै सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रशासकीय अधिकृत उर्मिला खतिवडा, नागरिकता फाँटका नायव सुब्बा विमल काफ्लेको टोली सुप्रियाको घर पुग्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख श्रेष्ठले प्रशासनको कार्यको प्रशंसा गर्दै जनतालाई सहज र सरल रुपमा सेवा सुविधा उपलब्ध गराउन नगरपालिका पनि कतिवद्ध रहेको बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *