सूर्यविनायकको दार्जिलिङ हाइटमा तास खेल्ने ५ जना पक्राउ

भक्तपुर, असोज २६
भक्तपुरको सूर्यविनायक नगरपालिका ८ दार्जिलिङ हाइटमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले बुधवार ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका–१० बस्ने ४२ वर्षिय नबराज दंगाल, सिन्धुपाल्चोक लिसङखुपाखर गाँउपालिका–५ का ४१ वर्षिय सुर्य बहादुर श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ का ४२ वर्षिय डावाङ लामा, सिन्धुपाल्चोक बलेफी गाँउपालिका–३ घर भई हाल दार्जलिङ हाईट बस्ने ६७ वर्षिय डिल बहादुर लामा र स्याङजा हरिनाथ गाँउपालिका–५ घर भई सूर्यविनायक गणेश मन्दिर नजिक बस्ने ४७ वर्षिय पिताम्बर आले छन ।
जस्ताले बनेको २ तल्लाको टहरोमा तास खेलिरहेको छन् भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उक्त टहरोमा छापा मार्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट ४५ हजार रुपैंया र ३ बुक तास समेत बरामद गरिएको पाठकले जानकारी दिनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *