सुडालमा ४५ जना नेपाली कांग्रेस प्रवेश

भक्तपुर, फागुन २८
चाँगुनारायण नगरपालिका वडा नंं. ८ सुडालमा विभिन्न पार्टी परित्याग गरी ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेसको साविक सुडाल गा.वि.स. वडा नंं. ८ मा टोल समिति गठन गर्नेक्रममा शनिवार ती ४५ जना कांग्रेसमा प्रवेश गरेका हुन ।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले टिका र खाँदा लगाई स्वागत गर्नुभएको थियो । प्रवेश गर्नेहरुमा आर्यन नेपाल, रुद्र गिरी, रुपेश गिरी, कुवेर काफ्ले, शसिद सुनुवार, सविन सुनुवार, गमला पुरी, मदन पुरी, प्रतिक्षा पुरी लगायत थिए ।
सो अवसरमा जिल्ला सभापति दुर्लभ थापाले आउँदौ बैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा पार्टीलाई विजय गराउन सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । जिल्लाभर भइरहेको टोल समिति अधिवेशन उत्साहजनक रुपमा अगाडि बढिरहेको र अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढेकोले भक्तपुरमा नेपाली कांग्रेसको संगठन बलियो बन्दै गएको सभापति थापाले बताउनुभयो ।
बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले चुनावमा आफूले उठाएका विषयहरु सम्बोधनका लागि अग्रसर रहेको बताउँनुहुँदै कांगेस्रले जे बोल्छ, त्यो गर्छको नीति लिएको उल्लेख गर्नुभयो ।
देशलाई अप्ठेरो परेको अवस्थामा निकास दिने पार्टी नेपाली कांग्रेस भएकोले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं.१ का क्षेत्रीय सभापति जीवन खत्रीले आग्रह गर्नुभयो ।
स्थानीय भरथ प्रसाद नेपालको अध्यक्षतामा आयोजित भेलाले रेणुका नेपालको सभापतित्वमा २७ सदस्यीय टोल इकाई कार्यसमिति निर्विरोध चयन भएको नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका वडा नं. ८ का सभापति तिर्थराज घोरसाइनेले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सहसचिव यादव अधिकारी, सदस्य कल्पना लामिछाने, महासमिति सदस्यहरु हरिप्रसाद नेपाल, राजाराम खडका, महाधिवेशन प्रतिनिधि रविता कार्की, बागमती प्रदेश सदस्य गणेश फूयाँल, प्रदेश महाधिवेशन प्रतिनिधि संगीता दुलाल, नेपाली कांग्रेस प्रदेश (क) सचिव रोशन तिमिल्सिना, गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जनक खत्रीलगायतको उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *