सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ

भक्तपुर, असोज १२
सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली आफ्नै महिला साथीसँग सुन र नगद ठगी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाऊँपालिका–४ लिम्खिया घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका–१० चुनिखेल बस्ने ३१ वर्षिय केदार राईलाई प्रहरीले सोमवार पक्राउ गरेको छ ।
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले राईलाई काठमाण्डौं बौद्धबाट पक्राउ गरेको महाशाखाका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।


राईले के डी गोर्खाली नामको नक्कली फेसबुक खाता खोली आफ्नै महिला साथीलाई फ्रेण्ड रिक्वेस्ट पठाई यु के को लाहुरे बनी कुराकानी गर्ने गरेको र आमा कलेजोको रोगी भई बिरामी परेर ग्राण्डी अस्पतालमा उपचाररत रहेको भन्दै नगद १ लाख ६० हजार ५ सय र सुनका बेरुवा औंठी, सुनको लकेटसहितको सिक्री ठगी गरेको एसपी कोइरालाले जानकारी दिनुभयो ।
राईले म्यासेन्जर मार्फत कुराकानी गरी श्रीमती इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएकोले एक्लै भएको, छोराछोरी लण्डलमा होस्टल राखेको बताउँदैं युके लैजाने प्रलोभन देखाएर ठगी गरेको भन्दै पिडित महिलाले किटानी जाहेरी दिएको एसपी कोइरालाले बताउनुभयो । राईलाई ठगी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी बृत बौद्धमा पठाईएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *