साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय महिला टोलीको घोषणा

भक्तपुर, भाद्र ११
काठमाण्डौंको दशरथ रंगशालामा हुने साफ च्याम्पियनसिप महिला फुटबलका लागि शनिवार २३ सदस्यीय टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए ।
घोषित टोलीमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ तथा रक्षकमा हिराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विके रहेका छन ।
त्यसैगरी मिडफिल्डमा विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी छन भने फरवार्डमा अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ रहेका छन । नियमित कप्तान अभ्यासका दौरान घाईते भएपछि टोली बाहिर रहेका छन । उनको स्थानमा कसलाई कप्तानको जिम्मेवारी दिने भन्ने बारे मुख्य प्रशिक्षक थापा र एन्फा दुवैले हालसम्म कुनै निर्णय गरेको छैन ।
दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने च्याम्पियनसिप भदौ २१ गतेबाट असोज ३ गते सम्म हुनेछ । नेपालले पहिलो खेल भुटानसँग पहिलो दिन खेल्नेछ । त्यसपछि श्रीलंकासँग दोस्रो खेल भदौ २७ गते खेल्नेछ । समूह एमा साविक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।
फिफाले शुक्रबार निलम्बन फुकुवा गरेसँगै भारतको पनि साफ च्याम्पियनसिप खेल्ने बाटो खुलेको छ । यद्दपी यस विषयमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आधिकारिक निर्णय भने आउन बाँकी छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । पछिल्लो पटक विराटनगरमा आयोजित च्याम्पियनसिपको फाइनलमा भारतले नेपाललाई हराएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *