साईनिङ्ग स्टार्स सेकेण्डरी स्कुलले जित्यो चेस उपाधि

भक्तपुर, साउन १८
एकेडेमिक एण्ड लर्निङ्ग एचिभमेण्ट थ्रो रियल म्यानेजमेण्ट (अलार्म) नेपालको मूल आयोजनामा सम्पन्न एक दिने विद्यालय स्तरिय ¥यापिड बुद्धिचाल प्रतियोगितामा ललितपुरको साईनिङ्ग स्टार सेकेण्डरी बोर्डिङ स्कूलले उपाधि जितेको हो ।
ललितपुर प्याव्सन अन्तर्गतका २५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा साईनिङ्गले खुल्ला र महिला दुवै विधामा २२ अंक जोड्दै उपाधि जितेको हो ।
प्रतियोगितामा किडल्याण्ड बोर्डिङ स्कूलले १६.५ अंक बनाएर दोश्रो स्थान हात पारेका छन् । त्यस्तै नाजारथ बोर्डिङ स्कूलले १५.५ अंक बनाएर तेश्रो बन्न सफल भए ।
प्रतिस्पर्धामा खुल्ला तर्फ साईनिङ्ग स्कूलका यमन खड्काले सात चरणको खेलमा अपराजित रहँदै आफूलाई अब्बल साबित गरेका छन् । यमनले ७ अंक जोडेर शतप्रतिशत नतिजा आत्मसाथ गर्दै प्रथम स्थान हासिल गरे । मेघा बोर्डिङ स्कूलका एञ्जल अधिकारीले ६ अंक बनाएर दोश्रो स्थान प्राप्त गरे भने किडल्याण्ड बोर्डिङ स्कूलका सिमोन पौडेलले ५.५ अंक जोड्दै तेस्रो भए ।
यसैगरी अमर कान्ति स्कूलका जेबिल डंगोल चौथो, मेघा स्कूलका गौरव हुमागाई पाँचौ, यशस्वी गुरुकुलका डेभिड कुशु कटुवाल छैटौं, साईनिङ्गका रियाज तण्डुकार सातौं, पिस गार्डेनका बिएस माझी आठौं, न्यू लाइफ स्कूलका ईश्वर श्रेष्ठ नवौं र नाजारथ स्कूलका आर्य खड्का दशौं स्थानमा रहन सफल भए ।


साईनिङ्गकै प्रबज्योति कोर अरोराले ५.५ अंक जोडेर महिला तर्फ च्याम्पियन बनिन् । अरोरासंग झिनो अन्तरले पछि परेकी नाजारथ बोर्डिङ स्कूलकी अनुष्का श्रेष्ठ ५.५ अंक नै जोडेर पनि दोश्रो स्थानमा रहे । यस्तै किडल्याण्डकी शलिना राई ५ अंक बनाएर तेश्रो भए ।
त्यस्तै प्याराडाइज स्कूलका सोफिया खत्री चौथो, पिस गार्डेनका श्रीजला महर्जन पाँचौ, साईनिङ्गका युनिका श्रेष्ठ छैटौं, नव पर्वत सेकेण्डरी स्कूलका सुजाता थापा मगर सातौं, अमर कान्ति स्कूलका अंकिता तामाङ्ग आठौं, एकता एकेडेमीका सुविज्ञा श्रेष्ठ नवौं र माउण्ट हार्मोनका युनिका श्रेष्ठ दशौं भएकी छिन् ।
प्रतियोगिताको समापन समारोहमा प्याव्सन नेपालका केन्द्रीय सचिव रविनसन शर्माले विजेता विद्यालयलाई आकर्षक ट्रफि वितरण गरे । कार्यक्रममा ललितपुर जिल्ला प्याव्सनका उपाध्यक्ष तारा खनाल, नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारलगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिता प्रमुख निर्णायक सिनियर आर्विटर सरोज ताम्राकारको रेखदेखमा सम्पन्न भएको थियो भने कूल २५ विद्यालयका ५८ विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *