सांसद थापा उपचारपछि स्वदेश फिर्ता

भक्तपुर, पुस ११
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापा बुधवार स्वदेश फर्कनु भएको छ । गत कार्तिक ३० गते स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली जानुभएका थापा करि साढे दुई महिनाको दिल्ली बसाईपछि स्वदेश फर्कनु भएको हो ।
थापा लामो समयदेखी मेरुदण्ड र नसा सम्बन्धी एभिएन पेल्भिसबाट अस्वस्थ हुनुहुन्थ्यो । नेपालको भक्तपुर अस्पताल र काठमाण्डौंको ट्रमा सेन्टर गरिएको शल्यक्रियाबाट पनि स्वास्थ्यमा सुधार नभएपछि थापा गत कार्तिक ३० गते उपचारको लागि दिल्ली जानुभएको थियो ।
दिल्लीस्थित फोर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले थापाको दाहिने पट्टिको हिप रिप्लेसमेन्ट सर्जरी सफलतापुर्वक सम्पन्न भएपस्चात केहि दिन को फिजियोथेरापी पछि स्वास्थ्यमा उल्लेख्य सुधार आएको उहाँको स्वकीय सचिव सुभाषिस ढकालले बताउनुभयो ।


थापाको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि चिकित्सकको सल्लाह अनुसार अझै उहाँलाई आरामको आवश्यकता रहेको ढकालले बताउनुभयो ।
थापाको स्वागतमा नेपाली कांग्रेस भक्तपुरका कार्यबहाक सभापति विजेश अवाल, उपसभापति उर्मिला वन, जिल्ला सचिव सुशिल बस्नेत, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुर क्षेत्र नं. १ का सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, बागमती प्रदेशका पुर्वमन्त्री कृष्णलाल भँडेल, जिल्ला कार्यसमितिका पदाधिकारीहरु, नेपाली कांग्रेस सूर्यविनायकका सभापति निशान ढुंगेललगायतका नेता कार्यकर्ता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *