साँगामा बस दुर्घटना हुँदा १० जना घाईते

भक्तपुर, साउन ३
भक्तपुरको साँगा भञ्ज्याङमा आज (बुधवार) साँझ बस दुर्घटनामा हुँदा १० जना घाईते भएका छन । घाईते मध्ये ३ जनाको मध्यपुर अस्पताल थिमिमा उपचार भइरहेको छ भने ७ जना उपचारपछि घर फर्किएका छन ।
काठमाण्डौंबाट धुलिखेल जाँदैं गरेको बा. ४ ख. ९३९६ नं. को बस सडकबाट अन्दाजी ३० मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनामा घाईते भएका बस चालक सिन्धुली घ्याङलेख गाउँपालिका–१ घर भई हाल काठमाण्डौं नयाँ बसपार्क बस्ने ३१ वर्षिय पुर्ण बहादुर पाख्रिन, सुनसरी बराहक्षेत्र नगरपालिका–१ घर भई हाल काठमाण्डौं बसुन्धारा बस्ने ४४ वर्षिय खत्री र काभ्रेपलान्चोक बनेपा नगरपालिका–१३ साँगा बस्ने ५९ वर्षिय अर्जुन खड्काको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी काभ्रेपलान्चोक बनेपा–७ बस्ने रितिका श्रेष्ठ, सिन्धुली घ्याङलेख गाउँपालिका–१ घर भई हाल भक्तपुर सूर्यविनायक पाण्डुबजार बस्ने ३० वर्षिय सुर्य बहादुर पाख्रिन, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई हाल काभ्रेपलान्चोक बनेपा बस्ने ३९ वर्षिय अमर लामाको मध्यपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन ।
घाईते मध्ये काभ्रेपलान्चोक बनेपा–३ बस्ने २२ वर्षिया सुस्मिता श्रेष्ठ र काभ्रेपलान्चोक बनेपा–१३ बस्ने २० वर्षिय विनय जोशी र बनेपा भैसेपाटी बस्ने २० वर्षिय दिक्षा तिमल्सिना डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि डिस्चार्ज भएका छन । यस्तै काभ्रेपलान्चोक खानिखोला गाउँपालिका–४ जगथली बस्ने १८ वर्षिय दिपक वि.क.श्री मेमोरियल अस्पताल बनेपामा उपचार पश्चात डिस्चार्ज भएको प्रनाउ पाठकले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *