वल्र्ड नेवाः अर्गनाइजेशनको जर्मन शाखामा पुनः नापित

भक्तपुर, बैशाख १०
वल्र्ड नेवाः अर्गनाइजेशनको जर्मन शाखाको अध्यक्षमा पुनः कुमार नापित चयन भएको छ । जर्मनीको लुबेक शहरमा सम्पन्न अर्गनाइजेशनको भेलाले नापितलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । अध्यक्ष नापित भक्तपुर नगरपालिका–५ क्वाछें टोलका हुन ।
गरिवीका कारण सानै उमेरमा संघर्षपूर्ण जीवन जिउन बाध्य भएका नापित अवसरको खोजीमा जर्मन पुग्नु भएको हो । जर्मनीमा नापितले नेवाः कला संस्कृति र नेपाल भाषाको संरक्षण, सम्वर्धनका लागि निरन्तर कार्य गर्दै आइरहनुभएको छ ।
संस्कृति र सम्पदाका जिवित संग्रहालयका रुपमा परिचित भक्तपुर नगरपालिकामा जन्मेर नेवाः संस्कृति भेषभुषा र नेवारी परिकारमा राम्रो दखल भएका नापितले जर्मनीमा बसोवास गर्ने नेवाःहरुलाई नेवाः भाषा, संस्कृति, भेषभुषा, नेवाः खानेकुराको परिकारका बिषय सिकाउने लगायत प्रचार प्रसारका कार्य गर्दै आइरहनुभएको छ ।
नेवाः कला संस्कृति र भाषाप्रतिको उहाँको लगावका कारण उहाँलाई पुनः अध्यक्षमा चयन गरिएको हो । अर्गनाइजेशन जर्मन शाखाको उपाध्यक्ष्यमा रामकाजी गोसाँई, सचिव डा. देव नापित, कोषाध्यक्ष शिर्षक श्रेष्ठ, साँस्कृतिक संयोजक उर्मिला श्रेष्ठ बदगामी, सदस्यहरुमा अमित कुमार वासुकला, पदम श्रेष्ठ, जीवन श्रेष्ठ, अन्जना श्रेष्ठ, बिन्दिरा बोहजु, सलोनी श्रेष्ठ, रक्षा श्रेष्ठ कपाली, सल्लाहाकारहरुमा बिकाश मान प्रधान, गणेशमान ताल्चाभडेल, डा.मलखा श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, राजेन्द्र, श्रेष्ठ दिनेश प्रधान, शिव श्रेष्ठ, अम्रित श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा वल्र्ड नेवाः अर्गनाइजेशनका केन्द्रिय अध्यक्ष संयुक्त श्रेष्ठले संस्थाको महत्व, आवश्यकताका र विशेषताका बारेमा स्पष्ट पार्दै नेवाः समुदाय एकजुट भई नेवाः संस्कृति, भाषा, भेषभुषा, खाना लगायत नेवाः समुदायको प्रवद्र्धन तथा भावी पिढीलाई हस्तान्तरण हुने गरि विश्व सामु चिनाउँदै जानुपर्ने बताउनुभयो ।
यस्तै उपाध्यक्ष रजनी प्रधानले सबै नेवारहरु संगठित रुपमा हातेमालो गरि एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । नवगठित कार्यसमितिका तर्फवाट उपाध्यक्ष्य रामकाजी गोसाँईले नेवाः समुदाय र गैरनेवाः समुदायसँग समन्वय गरि समझदारीमा शाखालाई अगाडि बढाउने वचन दिनुभयो ।
त्यस्तै शाखाका सल्लाहाकार नरेन्द्र श्रेष्ठले अर्गनाइजेशनको जर्मन शाखालाई बिश्व सामु चिनाउन सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । शाखाका नवनिर्वाचित अध्यक्ष नापितले संस्थालाई सबैको भावना अनुरुप अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *