लाईसेन्स परीक्षामा संलग्न पाँच नक्कली परीक्षार्थी पक्राउ

भक्तपुर, भाद्र २३
सवारी चालक अनुमति पत्र (लाईसेन्स)को प्रयोगात्मक परीक्षामा संलग्न पाँच जना नक्कली परीक्षार्थीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । लाईसेन्स परीक्षाका परीक्षार्थीहरुको नक्कली नागरिकता र नक्कली प्रवेश बनाई मध्यपुर थिमि नगरपालिका ५ राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरमा ट्रायल दिएको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका वडा नं.११ टाँडी भई हाल चाबहिल काठमाण्डौं बस्ने २० वर्षिय मनिष श्रेष्ठ, सिन्धुलीको दुधौली नगरपालिका वडा नं.४ घर भई हाल तिनकुने बस्ने २० वर्षिय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका १ घरभई हाल भक्तपुर कटुञ्जे बस्ने २४ वर्षिय ईन्द्र बहादुर शाही, सिन्धुली दुधौली नगरपालिका वडा नं.१४ बस्ने २१ वर्षिय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गाउँपालिका वडा न.१ बस्ने २२ वर्षिय राज कुमार श्रीमल रहेका छन् ।
प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
पक्राउ गरिएका पाँचै जनालाई लिखत सम्बन्धि कसुरमा थप अनुसन्धान भइरहेको प्रनाउ पाण्डेले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *